राष्ट्र असफल बनाउने तत्वको डा. केसी गोटी नबन्नुुहोस् -नेता योेगेश भट्टराई



हाम्रो इकोनोमि

 

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता योगेश भट्टराइले राष्ट्र बिरोधी र षड्यन्त्रकारीहरुको गोटी नबन्न डा. गोविन्द केसीलाई सार्वजनिक आग्रह गरेका छन् । संसदीय समितिबाट चिकित्सा शिक्षा बिधेयक पारित भएको केही घण्टामै डा. केसी इलाम पुगेर अनशन बसेपछि नेता भट्टराईले यस्तो सुझाव दिएका हुन् ।

 

सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई धोका दिएको भन्दै डा. केसीले १६ औं अनशन थालेका छन् । तर शिक्षा तथा स्वास्थ्य समितिका सदस्य समेत रहेका भट्टराइले डा. केसीको जित हुँदा हुँदै अनशन बसेर षड्यन्त्रकारीको गोटी बनेको बताएका छन् ।

 

डा. केसी र सरकारबीच भएका २४ बुँदे सहमति मध्ये २१ बुँदा जस्ताको जस्तै र तीन बुँदा परिभाषासहित पारित गरिएको छ । तरपनि डा. केसीले नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिरुद्ध अराजक अभिब्यक्ति दिँदै अनशन सुरु गरेका छन् ।

 

डा. केसीको अनशन राष्ट्रलाई सफल भन्दा असफल बनाउनेतिर केन्द्रीत भएको ठहर नेता भट्टराईले गरेका छन् । ‘असफल राष्ट्र बनाएर आफ्नो स्वार्थको रोटी सेक्न चाहनेहरुले नेपालको लोकतान्त्रिक गणतन्त्र र दुई ठुला पार्टीको एकीकरणलाई रुचाएका छैनन्’, भटु्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ‘एमाले र माओवादी बीचको पार्टी एकता र बहुमतको कम्युनिस्ट सरकारले राष्ट्र असफल बनाउने तत्वलाई रिँगटा नै छुटेको छ ।

 

आफ्नो करतुत लुकाउन अनि समाजमा अराजकता मच्चाउन आफूले नसक्ने भएपछि सामाजिक प्रतिस्ठा कमाएका सिलेबल मानिस तिर उनिहरुले आँखा लगाए । हिम्मतिलो, हठी र मुढी स्वभाबका डा. गोबिन्द केसी उनिहरुको नजरमा परे । डा. केसीको सामाजिक ईज्जत, प्रतिस्ठा र भबिस्यका बारेमा उनिहरुलाई कुनै चिन्ता छैन् । छ त केवल डा केसीलाई दाउमा राखेर अराजकता मच्चाउने षड्यन्त्र ।’

 

नेता भट्टराई जस्तै वरिष्ठ कानुनबिद् युवराज संग्रौलाले पनि केही तत्व देशलाई असफल बनाउन सक्रिय भएको बताएका छन् । ‘केसीले ऐनमा लेखेको कुरा नै बुझेनन्, चिकित्सा शिक्षा राजनीतिक ब्यापार बनाउने खोज्नेको गोटी बने’, संग्रौलाले भने । संग्रौलाले चिकित्सा शिक्षा ऐनको ब्यापक बहस र छलफल गर्न सरकार र केसी तयार हुनुपर्ने धारणा राखेका छन् ।
नेता भट्टराईले डा.केसीलाई गुमराहमा राखेर फेरी अनसन बसालेको बताएका छन् ।

 

चिकित्सा शिक्षा बिधेयक बहाना मात्र थियो भएको बताउँदै नेता भट्टराईले अनसन बस्नुअधि प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्डसहितका नेकपा नेतामाथी केसीका मूखबाट तुच्छ र घटीया शब्द बग्न लगाएको बताए । ‘यो नेपाल राष्ट्र, जनता र नेकपा बिरुद्धको सुनियोजित प्रपन्च हो भन्ने कुरा नेकपाका सबै सदस्यहरुले बुझ्नु जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...