राजदूत लक्की शेर्पा सिआइबीको छानबिनमा



हाम्रो इकोनोमि

 

 

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले सात महिनादेखि अनुसन्धानको दायरामा राखेको खुलेको छ । अस्ट्रेलिया पठाउने भनेर ठगी गरेको आरोपमा सिआइबीबाट पक्राउ परेकी एक महिलाले राजदूत शेर्पासँगै मिलेर आफूले पैसा उठाएको बयान दिएपछि उनी अनुसन्धानको दायरामा तानिएकी हुन् ।

 

२ जेठमा पक्राउ परेकी सोलुखुम्बु गोरखानी गाउँपालिका–२ घर भएकी ३० वर्षीया फुल्हम शेर्पाले राजदूत शेर्पासँगै मिलेर आफूले अस्ट्रेलिया पठाउन व्यक्तिहरूसँग पैसा उठाएको बयान दिएकी थिइन् ।

 

फुल्हम राजदूत शेर्पाका पूर्वचालक ओङछु शेर्पाकी श्रीमती हुन् । फुल्हमविरुद्ध ठगी आरोपमा सिआइबीले पक्राउ गरी अनुसन्धान गरेपछि श्रीमान् ओङछु र राजदूत लक्कीको समेत मिलेमतो रहेको बताएकी थिइन् ।

 

सिआइबीले फुल्हम र ओङछुविरुद्ध २० लाख ६० हजार रुपैयाँ ठगीको आरोपमा जेठको अन्तिम साता मुद्दा दायर गरेको थियो । ओङछुलाई फरार अभियुक्त बनाएर मुद्दा दायर गरिएको छ । उनी हालसम्म अस्ट्रेलियामै छन् । उनलाई नेपाल ल्याउन प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिससमेत जारी गरिसकेको छ ।

 

‘चालक ओङछुलाई पक्राउ गर्न नसक्दा हामी राजदूतसम्म पुग्न सकेनौँ,’ अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारीले भने, ‘नेपालबाट तीनजना लैजाने क्रममा राजदूत शेर्पा र चालक ओङछुबीच विवाद भएको देखिन्छ । दुईजनाको विवादकै कारण ती तीनजना जान नसकेको जस्तो देखिन्छ ।’ राजदूतले भान्छे, चालक तथा सहयोगीका रूपमा केही कर्मचारी लैजाने सक्ने प्रावधान छ ।

 

 राजदूत शेर्पाले भनेपछि तीनजनासँग पैसा उठाएको फुल्हमको बयान
सिआइबीका अनुसार फुल्हम शेर्पाविरुद्ध तासी ल्यामु शेर्पा, निमदावा शेर्पा र निम्बुटी शेर्पाले जाहेरी दिएका थिए । तासीसँग चार लाख, निमदावासँग आठ लाख र निम्बुटीसँग १२ लाख रुपैयाँ उठाएको खुलेको छ । उनीहरू सबैलाई राजदूतको सहयोगीका रूपमा लैजाने भनेर पैसा उठाइएको थियो ।

राजदूत शेर्पाले आफूले तीनजना व्यक्ति कामदारका रूपमा दूतावासमा ल्याउन पाउने र त्यसका लागि पैसा उठाउन भनेको फुल्हमले बयान दिएकी छिन् ।

निमदावा शेर्पासँग लिएको ८ लाख आफ्नो श्रीमान्ले राजदूतलाई दिइसकेको उनको भनाइ थियो । उठाएको २० लाख ६० हजारबाट राजदूत लक्कीका श्रीमान् डवाङ सोनाम शेर्पाले आफूलाई एक लाख रुपैयाँ दिएको फुल्हमले बताएकी थिइन् ।

तर, त्यसको कुनै प्रमाण नभेटेपछि प्रहरीले डवाङलाई अनुसन्धानमा तान्न सकेन । राजदूत शेर्पाका पूर्वचालक ओङछु पक्राउ परेपछि मात्र यसमा उनको मिलेमतो रहेको–नरहेको प्रस्ट हुने सिआइबीका अधिकारी बताउँछन् ।

 

छाेरासंगै एउटै कक्षामा कानुन विषय पढ्दै आमा

सुर्खेत, । उनको जीवनमा करिब दशकअघि बन्द भएको शिक्षाको ढोका बल्ल खुलेको छ । कक्षा ११ र १२ मा सुर्खेतमा कानुन विषय पढाइ हुन थालेपछि उनी उत्साह बोकेर पुन: भर्ना भएकी छन् । आफू मात्र होइन, एसएलसी पास भएकै वर्ष जन्मिएको छोरा सुशान्तलाई पनि सहपाठीका रूपमा कानुन अध्ययनमा डोर्‍याएकी छन् कमलाले ।

 

वीरेन्द्रनगर, पिपिराका कमला र १४ वर्षीय छोरा सुशान्त वीरेन्द्रनगरस्थित एडभान्स बेटर स्कुलमा कक्षा ११ मा कानुन अध्ययन गरिरहेकाे खवर अाजकाे कान्तिपुर दैनिकमा छ । ‘म कानुन पढेर आफूजस्तै हिंसा खेपेका र अन्यायमा परेका महिलाको पक्षमा वकालत गर्न चाहन्छु,’ कमलाको यस्तो जवाफ सुनेपछि सँगै बसेका छोराले भने, ‘म भविष्यमा न्यायाधीश बनेर पीडितलाई न्याय दिन्छु ।’

आमाछोराको सपना फरकफरक भए पनि उनीहरूको कानुन प्रेरणा भने कमलाले खेपेको हिंसा नै हो । बिहेलगत्तै कमलाले जुन किसिमको हिंसा खेपिन्, त्यसले उनलाई जीवनप्रति निकै निराश बनायो । उनको मनमा ‘पढेर के काम ?’ भन्ने निराशाले डेरा जमायो । ‘अहिले सुर्खेतमै कानुन विषय आएको थाहा पाएपछि मैले पढाइलाई फेरि जोडेँ,’ उनले भनिन्, ‘यो पढेपछि अन्यायमा परेका महिलालाई कानुनी सहायता गर्ने र भविष्यमा स्वरोजगार हुने योजना बनाएकी छु ।’

 

आमाछोरा सँगसँगै पढेको लाभ निकै छ । कक्षाकोठामै अभिभावक हुँदा सुशान्त ढुक्क छन् । उनको ध्यान पढाइबाहेक अन्यत्र जाँदैन । ‘कापीकलम किन्ने, भर्नालगायत शुल्क कहिले तिर्ने, कसरी तिर्ने भन्ने ‘टेन्सन’ नै छैन,’ उनी भन्छन्, ‘ममी सँगै भएपछि मलाई पढाइबाहेक अन्यत्र ध्यान दिनै पर्दैन ।’कमलालाई पनि सजिलो छ ।

 

कहिलेकाहीँ घरव्यवहारले पढाइ छुट्यो भने के गर्ने भन्ने चिन्ता हुँदैन । साताअघि छोरी (सुशान्तको बहिनी) बिरामी पर्दा कमला दुई दिन गयल भइन् । शिक्षक गीता कोइरालालाई चिन्ता लाग्यो अब कमलालाई छुटेको पाठ कसरी पढाउने ? ‘म यहीबारे सोचिरहेकी थिएँ, उनले (कमलाले) त स्कुलमा पढाइ भएको सबै नोट छोराले दिइसक्यो पो भनिन्,’ कोइरालाले भनिन्, ‘आमाछोरा सँगसँगै पढ्दाको फाइदा योभन्दा बढी के हुन सक्छ र ?’ साउन ३१ । यो दिन कमला– सुशान आमाछोराको जीवनमा विशेष थियो । उनीहरू पहिलोपटक एउटै कक्षामा एउटै विषय सँगसँगै पढ्दै थिए ।

कक्षाकोठाभित्र पस्नेबित्तिकै आमाछोरा पहिलो बेन्चमा सँगै बसे ।दोस्रो दिन ? फरक थियो । सुशान्त आमासँग होइन, अर्कै केटा साथी बनाएर उनैसँग बस्न पुगे ।

 

आमा पनि के कम, उनी छात्राको लाइनमा पुगेर केटी साथीसँगै लहसिइन् तर अहिले पनि आमाछोरा सँगैसँगै स्कुल जान्छन् । एउटै कोठामा, तर फरकफरक बेन्चमा बसेर पढ्छन् । फर्किंदा भने सँगसँगै फर्किन्छन् । कमला भन्छिन्, ‘हामी आमाछोराको गन्तव्य एउटै हो, कानुन पढेर सामाजिक न्यायमा योगदान दिने ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...