पत्याउनै गार्हाे , यी हुन् संसारमा सबैभन्दा बढी यौन व्यापार हुने ७ देश !!



हाम्रो इकोनोमि

 

देहव्यापार संसारकै सबैभन्दा पुरानो ब्यापार मानिन्छ। संसारमा हुने देहब्यापारबारे एक संस्थाले अनौठा विवरण सार्वजनिक गरेको छ। हाभोस्कोप रिसर्ज इन्स्टीच्युटले गरेको शोधपछि प्रकाशित रिपोर्टमा संसारका सबैभन्दा बढि हुने देशका बारे अनौठा तथ्यहरु बाहिर आएका हुन्। रिपोर्टका अनुसार सबैभन्दा बढी देहव्यापार हुने देशहरु यस्ता छन्।

 

१. चीन : संसारमा सबैभन्दा बढी देह ब्यापार हुने देश हो। चीनमा वर्षेनी ७३ मिलियन डलरको देहब्यापार हुन्छ। तर रमाइलो कुरा के भने चीनमा देह ब्यापार अवैध मानिन्छ।

 

२. स्पेन : शोध अनुसार संसारमा सबैभन्दा बढी देहब्यापार गर्ने देशको सूचीमा दोश्रो नम्बरमा स्पेन छ। स्पेनमा वर्षेनी करिब २६ दशमलव ५ अर्व डलर बराबरको यौन ब्यापार हुन्छ।

 

३. जापान : जापान संसारमा सबैभन्दा बढी देह ब्यापार हुने देशको तेश्रो नम्बरमा छ। जापानमा वर्षेनी २४ अर्व डलर बराबरको यौन ब्यापार हुन्छ। जापानमा कानूनीरुपमा देह ब्यापारबारे अलमल छ।

 

४. जर्मनी : यो संस्थाको शोध अनुसार चौथो ठूलो यौन ब्यापार भएको देशमा जर्मनी पर्छ। जर्मनीमा यौन ब्यापार कानूनीरुपमा बैध छ। जर्मनीमा वर्षेनी १८ अर्व डलर बराबरको देह ब्यापार हुन्छ।

 

५. दक्षिण कोरिया : विश्वमा सबैभन्दा बढी देह ब्यापार हुने देशको टप फाइभको अन्तिम सूचीमा दक्षिण कोरिया छ। यहाँ वर्षेनी १२ अर्व डलर बराबरको देह ब्यापार हुन्छ।

 

६. अमेरिका : विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिका पनि देहब्यापारमा अगाडी छ। अमेरिकामा वर्षेनी १४ दशमलव ६ अर्व डलर बराबरको देहब्यापार हुन्छ। अमेरिकामा देह ब्यापारलाई कानूनी मान्यता छ।

७. भारत : देह ब्यापार हुने देशमा छिमेकी देश भारत पनि अग्र स्थानमै छ। यो संस्थाको सूचीमा भारत ७ नम्बरमा परेको छ । भारतमा वर्षेनी ८ दशमलव २ अर्व डलर बराबरको देहब्यापार हुन्छ । स्मरण रहोस् भारतमा ठूलो संख्यामा नेपाली चेलीहरु यौन ब्यापारमा संलग्न रहेको बताइन्छ

– एजेन्सी

 

७०० वर्ष पुरानो यो चमत्कारीक मन्दिर, जो सयौं पल्ट डुब्दा पनि जस्ताको तस्तै रहनुको यस्तो रहस्य

चीनको इजोऊ प्रान्तमा यांग्त्से नदीमा बनेको यो मन्दिर ७ सय वर्ष पुरानो हो । मन्दिर अहिलेसम्म सयौं पटक नदीमा आएको बाढीमा डुबिसकेको छ । तर, यो मन्दिरलाई बाढीले कुनै नोक्सान पुरयाएको छैन ।

यो मन्दिर चीनका सोन्ग वंशका शासकले बनाएका हुन् । ती शासकहरुले यो मन्दिरलाई नदीको बीचमै बनाउन लगाएका थिए । विगत केही दिनदेखि यो नदी पूरै पानीमा डुबेको थियो ।

अहिले पानीको सतह घटेपछि केही भाग देखिएको छ । नदीमा मन्दिरको आधा भाग भने १२ महिना नै डुबिरहेको हुन्छ । मानिसहरु डुंगामा चढेर यहाँ पुग्छन् । केही तस्विरहरु हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...

इजरायल र लेबनानबीच तीन साताको लागि युद्धविराम

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि...

काठमाडौं उपत्यकाका सुकुमबासी बस्ती खाली गर्ने सरकारको तयारी

    सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्ने तयारी...