‘क्रिसमस टोपी’ बारे श्रृंखलाले भनिन् : रमाइलो गरेको हो, धर्मप्रचार होइन



हाम्रो इकोनोमि

मिस नेपाल श्रृंखला खतिवडाले चेपाङ गाउँका बच्चाहरुलाई क्रिसमस टोपी’ बाँडेको तस्वीर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ । कतिपयले उनलाई क्रिस्चियानिटीको प्रवर्द्धन गरेको भनेर आलोचना गरेका छन् ।

मकवानपुरस्थित दुर्गम कैलाश गाउँपालिकामा रहेको चेपाङ गाउँ ताम्लाङमा श्रृंखलाले हेल्थ पोष्ट निर्माण गर्र्दैछिन् । त्यसैको सिलसिलामा उनी क्रिसमस आसपासको समयमा सो गाउँ पुगेकी थिइन् । उनले गाउँलेहरुका लागि ब्ल्यांकेट, लुगाफाटासहितका सामग्री लगेकी थिइन् । सार्वजनिक भएको तस्वीर त्यही वितरण गर्दाको हो ।

तस्वीरमा उनी सोलार बत्तीको उज्यालोमा क्रिसमस टोपी लगाएर गाउँका बच्चाहरुसँग रमाइरहेकी देखिन्छिन् । बच्चाहरुले पनि क्रिसमस टोपी लगाएका छिन् । यसैलाई लिएर कतिपयले ‘मिस नेपालले क्रिस्चियानिटीको प्रचार गरेको’ भन्दै आलोचना गरेका हुन् ।

तर, श्रृंखलाले भने धर्म प्रचारको उद्देश्यले नभई रमाइलोका लागि बच्चाहरुलाई क्रिसमस टोपी लगाइदिएको बताइन् । अनलाइनखबरसँगको संक्षिप्त कुराकानीमा उनले भनिन्, ‘थेम्स कलेजका केही विद्यार्थीहरुले बच्चाहरुलाई सानो उपहारका रुपमा ती टोपीहरु उपलब्ध गराउनुभएको हो । त्यसलाई मैले बाँडेकी हुँ । बच्चाहरु रमाए । के गल्ती भयो ?’

‘म हिन्दू हुँ तर अरु धर्मका चाडपर्वलाई पनि सम्मान गर्छु,’ श्रृंखलाले थपिन्, ‘धर्मनिरपेक्ष मुलुकमा क्रिसमस टोपीलाई लिएर विवाद गर्नु आवश्यक छैन । फेरि यो कुनै क्रिस्चियन संस्था वा आइएनजीओले प्रायोजन गरेको पनि होइन ।’

इन्टाग्राममा श्रृंखलाले उक्त अवसरको तस्वीर राख्नासाथ धेरै प्रतिक्रियाहरु आएका थिए । कतिपयले उनको शैलीबाट दुखी भएको बताएका छन् भने कतिपयले उनको बचाउ गरेका छन् । एकजनाले लेखका छन्, ‘क्रिसमस टोपीले बच्चाको जाडो थेग्छ ? न्यानो टोपी दिएको भए हुन्थ्यो नी ।’ यद्यपि, श्रृंखलाले ब्ल्याङ्केट र न्यानो कपडाहरु पनि बाँडेकी थिइन् ।

गाउँमा श्रृंखलाले एउटा हेल्थपोष्ट निर्माण गर्दैछिन् जसको फिनिसिङको काम भइरहेको छ । उनले तीन महिनाभित्र हेल्थ पोष्ट सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताइन् । साथै उनी गाउँमा चाँडै बिजुली बत्ती पुर्‍याउन पनि प्रयासरत छिन् ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...