प्रधानमन्त्रीले लक्की शेर्पासँग तीन कराेड खाएकै हाे भने जेल काेच्नु पर्‍याे : लेखनाथ न्याैपाने



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का  केन्दीय सदस्य तथा पूर्व विद्यार्थी नेता  लेखनाथ न्यौपानेले  भर्खरै बर्खास्तमा परेकी राजदूत लक्कि शेर्पाले प्रधानमन्त्रीलाई तीन कराेड खुवाएकाे कुरा सत्य हाे भने प्रधानमन्त्री केपी ओलीलाई जेल काेच्नु पर्ने धारणा  राखेका छन् ।

 

नेता न्याैपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे धारणा सार्वजनिक गरेका हुन् ।  उनले सामाजिक सञ्जालमा लेखेका छन् -लक्की शेर्पाले भनेको ‘३ करोड ओलीलाई बुझाएकी हुँ भन्दै सञ्चार माध्यममा सघनतामा समाचार आएको छ ।

 

यदि उनले यो बिषय भनेकै हुन् भने उनलाई तुरून्तै समातेर जेल हाल्नु पर्यो । घुस खुवाएर राजदुत बन्ने अपराध सामान्य होइन । उनलाई यो बिषय प्रमाणित गर्न लगाउनुपर्यो । यदि घुस खाएर राजदुत बनाइएको सही हो भने ओलीलाई पनि जेल कोच्नु पर्यो, खुस खाने अपराध गर्ने छुट कसैलाई छैन ।

 

पार्टीभित्रका गलत प्रवृतिकाे विरुद्ध निर्मम भएर लड्दै आएका प्रभावशाली नेता न्याैपानेकाे याे कडा प्रतिक्रियासँगै राजनीतिवृतमा तर‌ंग फैलिएकाे छ  । अहिले प्रधानमन्त्री ओलीकाे बारेमा यसरी बाेल्ने हिम्मत गर्नु सामान्य विषय भने हाेइन । गत हप्ता मात्रै पनि उनले सरकार र नेताको १५ बुँदामा भण्डाफोर गरेका थिए ।

 

राजदूतबाट बर्खास्त भएपछि लक्की सेर्पाले केपी ओलीलाई राजदुत हुन ३ करोड बुझाएको समाचार सार्वजनिक भएपछि उनकाे यस्ताे प्रतिक्रिया आएकाे हाे ।  घुस लिने र दिने दुवै अपराधी हुने भन्दै नेता न्याैपानेले यदि याे समाचार नै झुट्टाे हाे भने समाचार लेख्ने पत्रकारलाई जेल हाल्नपर्ने पनि  बताएका छन् ।

 

“यदी लक्की शेर्पाले नभनेको बिषयलाई समाचार बनाएर समग्र राजनीति, पार्टी र पार्टीको तर्फबाट प्रम बनेको नेतालाई घुस जस्तो गम्भीर अपराधसँग जोड्ने र समाचारमार्फत् हद दर्जाको बदनाम गर्ने छुट पत्रकारलाई पनि हुँदैन । त्यसकारण यस्तो समाचार लेख्ने पत्रकारलाई तुरून्तै जेल कोच्नु पर्यो र त्यस्तो सञ्चार माध्यमलाई प्रतिबन्ध गर्नुपर्यो । नत्र त जसलाई जे मन लाग्यो त्यही गर्यो । परिणामः मुलुक नकारात्मक दिशातिर धकलिने स्थिति बन्ने भयो ।” उनले लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...