घरबिदामा गएका सैनिकले मारे दुई छोरासहितकी श्रीमती



हाम्रो इकोनोमि

 

बर्दियाको गुलरिया स्थित कृष्णसार टोलकी शुस्मा कुवँर बोहोरालाई आफ्नै श्रीमान मोहन बोहोराले हत्या गरेका छन ।

आफ्नै घरमा घरेलु हतियारको प्रयोग गरि २४ बर्षीया सुष्मा कुँवरको सोमबार राति हत्या भएको हो ।

श्रीमतीको हत्या अभियोगमा मृतककै पति ३५ बर्षीय मोहन बोहोरा सहित ससुरा टिकाराम बोहोरा र सासु दिज्जु बोहोरालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

हत्या गरि भागिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलिले खैरापुरबाट मोहन बोहोरा समात्न सफल भएको छ।

बोहोरा जवरजङ्ग गण बुटवल रामनगरमा सिपाही पदमा कार्यरत रहेको खुल्न आएको छ ।

मध्य राती ११ बजे तिर घरमा झगडा भएको चिच्याएको आवाज सुनेपछि छिमेकीहरु जान डराएर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी त्यहा पुग्दा मोहन बोहरा प्रहरीलाई छलेर भाग्न सफल भएका थिए ।

त्यस लगत्तै प्रहरी र स्थानीय भएर वरपर खोज्दा तलास गर्दा फेला परेनन् ।

तर करिब ४ घन्टा पछी गुलरिया नगरपालिकाको खैरापुर एरियामा भागि रहेको अबस्थामा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको थियो।

अभियुक्त तथा मृतकका दुई छोरा छन् ।

घटना के कारणले भयो थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीकार्यालय बर्दियाका प्रहरी उपरिक्षक सुरेन्द्र प्रसाद मैनालीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...