सकियो श्रीमान–श्रीमतीको सम्बन्ध



 

पहिला–पहिला ‘लोग्ने स्वास्नीको झगडा–परालको आगो’ भनिन्थ्यो । तर, अचेल तन्नेरी पुस्ताका ‘लोग्ने–स्वास्नीको झगडाचाहि“ मूढाको आगो बन्न’ थालेको छ । पहिला ह्वार्र बलेर एकै क्षणमा सामसुम हुन्थ्यो । अचेलका झगडाचाहि“ अदालत पुगी पारपाचुकेमा परिणत हुने क्रम डरलाग्दो बन्दै गएको छ । काठमाडौं जिल्ला अदालतमा १९ देखि २५ वर्ष उमेर समूहका तन्नेरी दिनमै १० देखि १२ जनासम्म डिभोर्सको अनुमति पाऊ“ भन्दै धाइरहेका छन् ।

 

भदौ १ गतेदेखि पुरानो कानुनलाई विस्थापित गर्दै आएको नया“ मुलुकी देवानी संहिताले पुरुषलाई समेत महिलासरह सम्बन्धविच्छेदको बाटो रोज्ने अधिकार छ । यो ऐन कार्यान्वयनमा आएकै महिना ९६ पुरुष बबरमहलस्थित जिल्ला अदालत पुगेका थिए । अदालतको कात्तिक २५ गतेसम्मको तथ्यांकअनुसार तीन महिना पूरा नहु“दै १ सय ८८ पुरुषले सम्बन्धविच्छेदको निवेदन हालेका छन् । यस बीचमा ३ सय ७२ महिलाले श्रीमान्स“ग छुट्टीभिन्न हुन चाहेका छन् ।

 

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद नेपालका अनुसार भदौमा केटाबाट ९६ वटा सम्बन्धविच्छेदका निवेदन दर्ज भएका छन् । असोजमा ३९ जनाले सम्बन्धविच्छेदको लागि निवेदन दिएकोमा कात्तिक २५ सम्म केटाको तर्फबाट ५३ वटा निवेदन दर्ता भएको छ । कसैले श्रीमती घरमा नबसेको कारण देखाएका छन् भने महिलालेचाहि“ खान–लाउन नदिएको, शारीरिक र मानसिक यातना पाएको जिकिर लिएका छन् ।

 

५ वर्षअघि २१ सयले सम्बन्धविच्छेदको बाटो रोजेका थिए । त्यसयता वार्षिक त्यो संख्या झण्डै १४ सयले बढेको छ । अदालतका अनुसार ०७०÷७१ मा सम्बन्धविच्छेदका लागि २१ सय ८ वटा मुद्दा दर्ता भएको थियो । आर्थिक वर्ष ०७१÷७२ मा अघिल्लो आर्थिक वर्षको भन्दा १ सय ८४ जना थपिएर कूल २२ सय ५६ ले पारपाचुकेको बाटो रोजेका छन् ।

 

यस्तै, ०७२÷७३ मा अघिल्लो आर्थिक वर्षको भन्दा १ सय ९५श्रीमान्÷श्रीमतीले छुट्टीभिन्न हुन चाहेका छन् । त्यो वर्ष २४ सय ५१ वटा सम्बन्धविच्छेदसम्बन्धी मुद्दा परेको छ । उक्त आर्थिक वर्षको भन्दा ४४४ वटा मुद्दा थपिएर ०७३÷७४ मा २ हजार ८ सय ९४ ले डिभोर्सको बाटो रोजेका छन् । अघिल्लो आर्थिक वर्ष सम्बन्धविच्छेदको बाटो खोज्नेको संख्या ३५ सय २ थियो । साउनदेखि कात्तिक २५ सम्ममात्र ४ सय ६३ जनाले सम्बन्धविच्छेदका लागि अदालतलाई गुहारेका छन् ।

 

पत्नीकोचाहि“ जिन्दगी नै हुन्न प्रभू ?

 

रोगले लिंग, जात, धर्म, पेशा केही पनि भन्दैन तर हाम्रोमा भने पुरुष बिरामी भए महिलाले ज्यान जोखिममा पारेर बचाउने अनि स्त्री बिरामी परेमाचाहि“ मरे अर्की बिहे गरौंला नि भन्ने विकृत चिन्तन हावी गर्ने बिडम्बनापूर्ण अवस्था छ । जनसंख्या महिला र पुरुषको ५०÷५० प्रतिशत अर्थात् बराबरी हो ।

 

तर पुरुषको जीवन बचाउन महिला ९० प्रतिशत लागि पर्ने र पुरुष भने महिलाका लागि १० प्रतिशत मात्र अघि सर्ने गरेको डरलाग्दो तथ्यांक भेटिएको छ । श्रीमतीको किड्नी फेल हु“दा लोग्नेले नदिने, तर लोग्ने मानिसको बिग्रिएमा श्रीमती, छोरी, आमा सबै अघि सर्ने । अझ सेना, प्रहरीको तल्लो तहमा त पत्नी बिरामी भएमा किड्नी दिएर या महंगो उपचार खर्च व्यहोरिरहनुको सट्टा बरु मरे अर्की भिœयाउ“ला भन्ने मान्यताले काम गरेको पाइएको छ ।

 

नेपालमा किड्नी प्रत्यारोपण शुरु भएको ५ वर्षभन्दा बढी भयो । मृर्गौलामा समस्या आए यसको परिक्षणलगायत कार्यमा लाखभन्दा बढी खर्च गर्नुपर्छ । शुरुवाती समयमा सेना तथा प्रहरीका जागिरेले श्रीमतीको किड्नीमा समस्या देखिंदा डायलोसिसमा धेरै रकम लाग्ने भएकोले सो पैसा जुटाउनतिर लाग्नुको सट्टा बरु अर्की बिहे गर्छु भन्ने अवस्थासम्म थियो ।

 

चार वर्षअघि वीर अस्पतालमा किड्नी प्रत्यारोपण शुरु गर्दा अप्रेसन थिएटर, स्वास्थ्य सहयोगी नदिने, एनेस्थेसिया नै छैन भनी हैरान पार्ने स्थिति थियो । बेलायतबाट स्वदेश फर्केर बिरामीलाई लाखौं लाख खर्च गरी भारत पठाउने हैन कि नेपालमै जीवनदान दिनुपर्छ भन्ने डा. पुकारचन्द्र श्रेष्ठको लगन र परिश्रमबाट प्रभावित भएका डा. प्रवीण मिश्र स्वास्थ्य सचिव भएपछि उनले नै त्यहा“ किड्नी प्रत्यारोपण केन्द्र स्थापना गरिदिएका हुन् ।

 

शुरुमा ९० प्रतिशत किड्नी दिने महिला र लिनेमा पुरुष थिए । महिला सदस्यको किड्नी खराब भए परिवारका कुनैपनि पुरुष सदस्य त्यागी नहुने अवस्था हाम्रो समाजमा अझै विद्यमान छ । श्रीमान्लाई प्रभुसरह नै मान्ने परम्परा र पति बा“चेमा मेरो पनि जीवनको अर्थ छ भन्ने सोचसमेत बलशाली छ ।

 

त्यसपछि केन्द्रले महिलाका लागि किड्नी दिने परिवारका पुरुषलाई प्रोत्साहित गर्न ५० हजार नगद दिने प्रस्ताव ल्यायो । किड्नी खराब भएकै कारण महिलाले सहजै ज्यान गुमाउने अवस्थाको अन्त्य गर्न यही अनुभवका कारण अहिले नया“ नियम बनाइएको छ ।

 

हालसम्म नेपालमा जम्मा ६ सय ५० जति किड्नी प्रत्यारोपण गरिएको छ । यसमा ९९ प्रतिशतभन्दा बढी सफलता प्राप्त भएको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठ बताउ“छन् । शुरुका ३ सय किड्नी प्रत्यारोपण सय प्रतिशत सफल भएको र त्यसपछिका ९९ प्रतिशत भन्दा बढी सफलता प्राप्त भएको डा. पुकार बताउ“छन् । भारतमा एउटा किड्नी प्रत्यारोपण गर्दा ३० देखि ४० लाख खर्च गर्नुपर्दछ । तर नेपालमा भने यो सबै सित्तैंमा हुन्छ । गत वर्ष भक्तपुरमा डेढसय जनाको किड्नी प्रत्यारोपण गरियो । यो साल २ सय पुग्ने आ“कडा छ ।

 

नेपालमा अझै पनि मानव अंग प्रत्यारोपण आफन्त वा अरुले दिएमा मात्र हुने नियम छ । विकसित मुलुकमा भने ८० प्रतिशत ब्रेन डेथ भएका मानिसको अंग निकालेर हुने गरेको छ । जलाएर खरानी बनाइने तथा गाडेर कुहाइने अंगबाट अर्को मानिसले जीवन पाउने कुरामा समेत हामी सचेत हुन र मानवीय हुन सकेका छैनौं ।

 

ब्रेन डेथ भएकाको दिमाग न नचलेको हो, शरीरका अरु सबै अंग त सक्रिय नै हुन्छन् । तर मानिसहरू आफन्तका ती अंग अरुलाई दान दिएर पुण्य कमाउन चाह“दैनन्, बरु हतार हतार लगेर जलाउ“छन् । हालसम्म ब्रेन डेथबाट २ जनाको जम्मा ४ वटा किड्नी आएका छन् । जबकि हरेक वर्ष काठमाडौं उपत्यकामा मात्र १ हजारजतिको ब्रेन डेथका कारण मृत्यु हुने गरेको छ ।

 

जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस
रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्ने

    कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान

बालेनको पत्र प्राप्त भएको छैन, जरिवाना तिर्ने कुरा पनि हुँदैन: एमाले

    काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको नेकपा एमालेले

माइडिया, नेपाली घरहरूका लागि चिसो मौसमको नयाँ परिभाषा

  माइडिया ब्रान्डले नेपाली बजारमा भरपर्दो र गुणस्तरीय चिसो मौसमकोलागी बिभिन्न इलेक्ट्रोनिक्स सामना

हामी अहिले कसैसँग ऋण लिने अवस्थामा छैनौं : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण सफल रहने बताएका छन्