भ्रष्टाचारी नेतासँग अख्तियार पराजित, १० बर्षदेखि कुनै नेतामाथि छानविन र मुद्दा चलेन्



 

दुई महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवैभन्दा बढि भ्रष्टाचार राजनीतिक क्षेत्रमा हुने गरेको तथ्यांक सार्वजनिक गरेको थियो । तर अख्तियारले विगत १० बर्षदेखि कुनैपनि राजनीतिक दलका नेतामाथि भ्रष्टाचारको मुद्दा चलाउन सकेको छैन । मुद्दा त के कुनै पनि राजनीतिक दलका नेतामाथी भ्रष्टाचारको अनुसन्धान समेत थालेको छैन ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सवैभन्दा बढि राजनीतिक दलका नेतामाथि भ्रष्टाचारका उजुरी परेका छन् । तरपनि अख्तियारले एकजना नेतामाथि छानविन थालेको छैन । राजनीतिक भ्रष्टाचारसँग स्वतन्त्र र शक्तिशाली निकाय अख्तियार पराजित भएको छ । यो बर्ष लगभग ३ सय भ्रष्टाचारका मुद्दा अख्तियारले विशेष अदालतमा पुर्याएको छ । विशेष अदालतमा पुर्याइएको सवै मुद्दा कर्मचारीमाथि केन्द्रित छन् ।

 

सुडान घोटाला, आयल निगम जग्गा खरिद प्रकरणदेखि वाइडबडी खरिद प्रकरणसम्म अख्तियारले राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिँदै कर्मचारीलाई मात्र दोषि ठहर गरेको छ । ‘ठूलो भ्रष्टाचार राजनीतिक आडमै हुन्छ, तर नेता जोगिन्छन्, कर्मचारी भ्रष्टाचारी बन्छन्’, काननुविद् भीमार्जुन आचार्यले भने ‘अख्तियार लगभाग राजनीतिक भ्रष्टाचारमा निकम्बा सावित भइसकेको छ ।’

 

करिव १५ बर्षअघि तत्कालिन नेपाली कांग्रेसका तीन नेतामाथि भ्रष्टाचारको मुद्दा दायर भएको थियो । जेपी गुप्ता र खुमबहादुर खड्का भ्रष्टाचारी सावित भएभने गोविन्दराज जोशीको मुद्दा सर्वाेच्च अदालतमा बर्षाैदेखि विचाराधिन छ । त्यसपछि कुनैपनि राजनीतिक दलका नेतामाथि भ्रष्टाचारको मुद्दा चलाइएको छैन ।

 

केही बर्ष पहिले तत्कालिन अख्तियार प्रमुख लोकमान सिंह कार्कीले ४५ जनाभन्दा बढि पूर्वमन्त्री र सांसदलाई पत्र काटेका थिए । कार्कीले पत्र काटेलगतै उनीबिरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याइएको थियो । यही त्रास हाल अख्तियारमा रहेको छ । महाअभियोग लगाएर राजनीतिक नेतृत्वले आफुहरुलाई हटाउन सक्ने भएपनि अख्तियारका आयुक्तहरु राजनीतिक भ्रष्टाचारीलाई उन्मुक्ति दिन थालेका छन् ।

 

भ्रष्टाचारको मुद्दा खेपिरहेका राष्ट्रसेवक उच्च कर्मचारीभन्दा सार्वजनिक पद धारण गरेका केही नेताको जीवन शैली भड्किलो छ । नेताले भ्रष्टाचार गरी अकुत सम्पति कमाएको सार्वजनिकरुपमा नागरिककालाई थाहा हुँदा पनि अख्तियारले आँखमा पट्टी बाँध्ने गरेको छ ।

 

‘राजनीतिक नेताका पछाडी कार्यकर्ताको भीड हुन्छ’, पूर्वप्रशासक भोजराज पोखरेलले भने ‘नेताका पछि अरिंगालको भीड हुन्छ, अख्तियारले चलाए अरिंगाल खनिन्छ, तर कर्मचारीका पछाडी कुनै भीड हुँदैन, त्यही भएर उनीहरु कारवाहीमा पर्दछन् ।

 

गोपाल खड्काको ७ करोड लुकाउने अमिता को हुन् ?

नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काले सात करोड भन्दा धेरै अरुको नाममा लुकाएको अख्तियारले फेला पारेको छ । भ्रष्टाचार मुद्दाबाट जोगिन उनले अमिता लामा सोदेम्बाको नाममा सात करोड ५४ लाख रुपैयाँ बराबरको सम्पति राखेका थिए ।

 

अमितलाई ‘धर्मछोरी’ जस्तै सानैदेखि पालेर राखेका थिए । आफैंले उनको बिहे गरिदिएका थिए । उनको नाममा खड्काले हात्तीगौँडास्थित सिजी हिल्स हाउजिङभित्र तीन करोड २५ लाखमा घर खरिद गरेका छन् । बुढानीलकण्ठमै ४० लाखमा आठ आना जग्गा खरिद गरेका थिए ।

 

त्यस्तै, ८४ लाखमा बा.१६ च ८४८४ नम्बरको गाडी लामाको नाममा खरिद गरिदिएका थिए । लामाको नाममा एनएमबी र सिजिटन बैंकमा खोलेको खाता खड्काले नै चलाउने गरेकोसमेत अनुसन्धानमा खुलेको प्रवक्ता दंगालले बताए । लामालाई पनि अख्तियारले बोलाएर बयान लिएको थियो । एउटै घरमा बस्ने भएकाले विश्वास गरेर आफ्नो नाममा सम्पत्ति राखिदिएको उनले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
पोखराबाट भैरहवा उड्यो जहाज, लास्ट सिटमा रवि

     सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

सरकारमा नहुनु माओवादीको छटपटी : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)को विरोध र आन्दोलन सरकारमा

सांसद दीपक मनाङे काठमाडौंबाट पक्राउ

    सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा कसूर ठहर भएका गण्डकी प्रदेशका प्रदेशसभा

४२ स्थानमा मुख्य निर्वाचन अधिकृत तोकिए

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको