राजिनामा पछी लक्कीले भनिन राजदूत हुन केपी ओलीलाई तीन करोड बुझाए



हाम्रो इकोनोमि

 

मानव तस्करीको आरोप लागेर विवादमा परेकी अस्ट्रेलिया लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । परराष्ट्र मन्त्रालयले गरेको छानबिनका आधारमा सरकारले शेर्पालाई राजीनामा दिन दबाब दिएको थियो । यसैक्रममा शेर्पाले मंगलवार परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाएको स्रोतले जानकारी दियो ।

 

मानव तस्करी र श्रम शोषणको आरोप लागेसँगै परराष्ट्र मन्त्रालयले शेर्पालाई नेपाल बोलाएर स्पष्टीकरण सोधेको थियो । उनको लिखित जवाफ चित्त नबुझेपछि परराष्ट्रले छानबिन समितिनै बनाएको थियो । शेर्पामाथि उनकै पूर्वसहयोगी तथा सवारी चालक वाङ्छु शेर्पाले श्रम शोषण र मानव तस्करीमा संलग्न भएको आरोप लगाएका थिए ।

 

सोलुखुम्बुका वाङ्छुलाई शेर्पाले नै सहयोगीका रूपमा अस्ट्रेलिया लगेको भएपनि पछि उनैले शेर्पाको कर्तुत पर्दाफास गरिदिएका थिए । वाङ्छुले राजदूतको सहयोगी बन्न आफूले ३३ लाख रुपैयाँ बुझाएको दाबी समेत गरेका छन् । लक्कीले राजदुत बन्न तीन करोड केपी ओलीलाई बुझाएको निकटवर्ती संग बताउने गरेकी छिन।

मानव बेचबिखनको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्त

सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो। पूर्वचालक वाङ्छु शेर्पाले लक्कीलाई मानव बेचबिखनको आरोप लगाएपछि उनी विवादमा परेकी थिइन्।

 

विवादमाथि छानबिन गर्दै परराष्ट्र मन्त्रालयले शेर्पालाई राजदूत कायमै राख्न उचित नहुने ठहर गरेको थियो। परराष्ट्रको ठहरपछि शेर्पालाई राजीनामा दिन निर्देशन दिएपनि उनले अटेरी गरेपछि उनी बर्खास्तमा परेकी हुन्। राजदूत विवादमा परेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तापक्षीय सांसदहरुले छानबिनको माग गरेका थिए।

 

मन्त्रिपरिषद् बैठकले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ। साेमबार बसेकाे  बैठकले मानव बेचविखन प्रकरणमा मुछिएकी राजदूत शेर्पालाई पदबाट बर्खास्त गर्ने निर्णय गरेकाे हाे।

 

पूर्वचालक वाङ्छु शेर्पाले लक्कीलाई मानव बेचबिखनको आरोप लगाएपछि उनी विवादमा परेकी थिइन् । विवादमाथि छानबिन गर्दै परराष्ट्र मन्त्रालयले शेर्पालाई राजदूत कायमै राख्न उचित नहुने ठहर गरेको थियो । परराष्ट्रको ठहरपछि शेर्पालाई राजीनामा दिन निर्देशन दिएपनि उनले अटेरी गरेपछि उनी बर्खास्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...