पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई कालोमोसो दल्ने वैद्य माओवादीको यस्तो छ धम्की



हाम्रो इकोनोमि

 

वाइडबडी जहाज खरिदमा अनियमितता संलग्न रहेको भन्दै युवाहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई कालोमोसो दल्ने चेतावनी दिएका छन्। मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट उनीहरुले सार्वजनिक स्थानमै मन्त्रीलाई कालोमोसो दल्ने गरी तयारी भइरहेको समेत जानकारी दिएका छन्।

 

यसअघि उनीहरुले नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कार्यकक्षमै गएर कालोमोसो दलेका थिए। अब मन्त्रीको पालो आउने उनीहरुको भनाई थियो।

 

वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गर्ने लाई कारवाहीको माग गर्दै सोमवार राजधानीमा क्रान्तिकारी माओवादीले गरेका प्रदर्शनमा युवाहरुको अबको निशाना मन्त्री अधिकारी भएको बताए।

 

क्रान्तिकारी माओवादीका नेताहरुले पार्टीको नीति अनुरुप भ्रष्टाचारीलाई कारवाही अगाडि बढाएको स्पष्ट पारे। नेता सुरेश श्रेष्ठले वाइडबडी प्रकरणमा भ्रष्टाचारमा मुछिएका मन्त्री अधिकारीलाई सार्वजनिक कार्यक्रममै कालो झण्डा देखाएर कालोमोसो दल्ने चेतावनी दिए।

 

यसअघि कंसाकारलाई कालोमोसो दलेको स्मरण गर्दै भ्रष्टाचारीलाई नछाड्ने उनको भनाई थियो। नेता श्रेष्ठले कंसाकारलाई कालोमोसो दलेको अभियोगमा पक्राउ परेका क्रान्तिकारी युवा लिगका केन्द्रीय सचिवालय सदस्य सुरेश तामाङ रिहा गर्न समेत माग गरे। तामाङलाई अदालतबाट सात दिनको म्याद थप गरी प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेको छ।

 

अर्काे नेता क्रान्तिकारी माओवादीका ३ नं प्रदेश सेक्रेटरी दिनेश शर्माले पार्टीको नीति अनुरुप कंसाकारलाई कारवाही गरिएको र अब भ्रष्टहरुमाथि तीव्र गतिमा कारवाही अगाडि बढाइने नेपालपानाले जनाएको छ ।

गोपाल खड्काको ७ करोड लुकाउने अमिता को हुन् ?

नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काले सात करोड भन्दा धेरै अरुको नाममा लुकाएको अख्तियारले फेला पारेको छ । भ्रष्टाचार मुद्दाबाट जोगिन उनले अमिता लामा सोदेम्बाको नाममा सात करोड ५४ लाख रुपैयाँ बराबरको सम्पति राखेका थिए ।

अमितलाई ‘धर्मछोरी’ जस्तै सानैदेखि पालेर राखेका थिए । आफैंले उनको बिहे गरिदिएका थिए । उनको नाममा खड्काले हात्तीगौँडास्थित सिजी हिल्स हाउजिङभित्र तीन करोड २५ लाखमा घर खरिद गरेका छन् । बुढानीलकण्ठमै ४० लाखमा आठ आना जग्गा खरिद गरेका थिए ।

 

त्यस्तै, ८४ लाखमा बा.१६ च ८४८४ नम्बरको गाडी लामाको नाममा खरिद गरिदिएका थिए । लामाको नाममा एनएमबी र सिजिटन बैंकमा खोलेको खाता खड्काले नै चलाउने गरेकोसमेत अनुसन्धानमा खुलेको प्रवक्ता दंगालले बताए । लामालाई पनि अख्तियारले बोलाएर बयान लिएको थियो । एउटै घरमा बस्ने भएकाले विश्वास गरेर आफ्नो नाममा सम्पत्ति राखिदिएको उनले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक बन्द

    रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको...

टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन...

तिब्बतबाट आएको भिषण बाढीको असर मुग्लिङसम्म

    तिब्बतबाट आएको भोटेकोशी नदीको भिषणा बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै...

रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...