मलेसियन सरकारले भन्यो मलेसियाको रोजगारी खुल्न अझै २ महिना लाग्छ



हाम्रो इकोनोमि

 

विदेशी कामदार, त्यसमा पनि विशेषगरी नेपाली कामदारहरुको आपूर्ति सम्बन्धमा पूर्ण रिपोर्ट दुई महिनामा तयार हुने मलेसियाका एक मन्त्रीले बताएका छन् ।  मानव संशाधन सहायक मन्त्री दतुक ओमरले रिपोर्ट अझै छलफलको चरणमा रहेको बताएका छन् । साथै उनले रिपोर्टबारे कुनै पनि निर्णय स्वतन्त्र रुपमा गठित विदेशी कामदार समितिमा भर पर्ने बताए ।

 

‘विदेशी कामदारसम्बद्धमा कुनै पनि सल्लाह तथा नीति समितिको रिफारिस अनुरुप हुनेछ,’ उनले क्वालामपुरमा रहेको ‘औधोगिक तालिम इन्स्टिच्युट’को भ्रमणको क्रममा भने । उनी त्यहाँ सन् २०१९ सेमेस्टरमा विद्यार्थीहरुको भर्ना सम्बद्धमा निगरानी गर्न गएका थिए ।

 

‘रिपोर्ट तयार भएपछि यो मुद्धा समाधान हुनेछ । तर यो बीचमा उब्जने विदेशी कामदारसम्बन्ध अन्य कुनै मुद्धा समाधान गर्नमा लागि सरकार प्रतिबद्ध छ ।’ अघिल्लो वर्षको मेमा नेपालको सरकारले आफ्नो देशबाट मलेसिया जाने श्रमिकहरुमाथि धेरै शुल्क लिएको भन्दै अस्थाई रुपमा मलेसिया कामदार पठाउन रोकेको थियो । उक्त शुल्क मलेसियाका अघिल्लो सरकारले खटाएको नीजि कम्पनीहरुले उठाइरहेका थियो ।

 

त्यसपछि नेपाल सरकारले नेपालभित्र रहेर धेरै मूल्य उठाइरहेका विभिन्न संस्थाहरुमा छापा मार्ने तथा अन्य कारबाही अघि बढाएको थियो ।  त्यो समयमा नेपाली कामदारहरु मलेसिया पठाउन रोकिएको थियो । नेपाली कम्पनीहरु सरकारी अनुसन्धानमा रहेकाले कामदारहरुले ती कम्पनीहरुमार्फत भिसाको प्रोसेस गर्न सकेका थिएनन् ।

 

मालपोतका लेखा अघिकृत पौने २ करोड हिनामिना गरेर फरार

जिल्ला मालपोत कार्यालय चितवनका लेखा अधिकृत रिठ्ठे दर्जी एक करोड ७१ लाख रकम हिनामिना गरेर फरार भएका छन् ।मालपोत कार्यालय भरतपुरका प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मंसिर २५ गतेदेखि नै सम्पर्कविहीन भएको जानकारी दिए ।

 

आन्तरिक लेखा परीक्षणका क्रममा रकम बेरूजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएका हुन् । गत आर्थिक बर्षको लेखा परीक्षण गर्दा उनको नाममा बेरुजु देखिएको थियो । दर्जीले जग्गा रजिष्ट्रेशनको रकम बैंकमा दाखिला नगरी आफैंले प्रयोग गरेका थिए ।

 

मालपोत कार्यालय भरतपुरमा दैनिक २ करोड ५० लाख रकम राजश्व स्वरुप उठ्ने गर्दछ ।मंसिर ६ गते आलेपले रकम दाखिलाको पत्र पठाएपछि सोही दिन मालपोत कार्यालयले दर्जीको नाममा एक हप्ताभित्र रकम दाखिला गर्न पत्र काटेको थियो । पाँच पटकसम्म पत्र काटेर पनि दर्जीले टेरेनन् ।

 

मंसिर २० गते आन्तरिक लेखा परीक्षकले २४ घण्टा भित्र नै रकम दाखिला गर्न पत्र दियो । तर दर्जीले कार्यालयमा आएर सबै पैसा आफैँले खर्च गरेको र तिर्न नसकेको खण्डमा कानुनअनुसार जस्तोसुकै कारबाही भोग्न पनि तयार छु भनेर सनाखत गरेर गएको कार्यालय प्रमुख लालकृष्ण पौडेलले जानकारी दिए ।

 

दर्जी २५ गतेबाट फरार भए पनि त्यसको जानकारी विभागलाई समेत गराइसकिएको छ । दर्जीका सबैै बैंक खाता रोक्का गर्न लगाइएको छ । फोनमा सम्पर्क नभए पनि मालपोतका कर्मचारीहरु दर्जीको घरमा नै गएका थिए । दर्जीले सरकारी मोटरसाइकल र मोवाइल घरमा नै राखेर वेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।

 

मालपोतका लेखा अधिकृत हरिहर शर्मा तिवारीले दर्जीले डुबाएर गएको बताए । भरतपुर १० मा रहेको सप्तगण्डकी डिपार्टमेन्ट स्टोर्समा स्टोरमा दर्जीको पनि साझेदारी रहेको खुलेको लेखा अधिकृत शर्माले बताए ।

 

जनताबाट आएको राजस्व रकम हिनामिना गरेर फरार भएपछि दर्जीको नाममा रहेको भरतपुर १० ‘ग’ को कित्ता नं ६२९ को १६ धुर जग्गा मालपोत ऐन २४ को दफा ७ बमोजिम रोक्का गरिएको छ । अख्तियारमा समेत आवश्यक कारर्वाहीका लागि लेखी पठाइएको छ ।

 

दर्जीको सम्पत्तिबारे थप अनुसन्धान भइरहेको कार्यालय प्रमुख शर्माले बताए । तर प्रहरीलाई भने अहिलेसम्म जानकारी गराइएको छैन । यसअघि गएको जेठमा मालपोत कार्यालयबाटै कार्यालय सहायक शंकरप्रसाद धिताल २५ हजार घूससहित रंगेहात पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...