जापानबाट नेपाल आउनु अघि रबि ओडले सबैलाई सम्झिदै लेखे यस्तो स्टाटस!



हाम्रो इकोनोमि

 

नेपालको अन्तराष्ट्रिय स्तरको पहिलो चर्चित रियालिटी शो ‘नेपाल आइडल सिजन २’ का बिजेता बनेका सुदुर पश्चिमका शान रवि ओड एक साता अगाडी वर्ल्ड टुर अन्तर्गत जापानमा पुगेका थिए ।

उनि फस्ट रनरअप बिक्रम बराल, सेकेन्ड रनरअप सुमित पाठक र थर्ड रनरअप अस्मिता अधिकारीको साथ जापान पुगेका हुन् ।

जापानको नागोया , फुकुओका र टोकियोको सहरका बिभिन्न ठाउँमा कार्यक्रम सम्मपन्न गरि उनि सोमबार नेपाल फर्किएका छन्।

रविले नेपाल आउनु अघि आफ्नो एक तस्विर शेयर गर्दै सबैलाई सम्झी यस्तो स्टाटस लेखेका छन्।

“एक हप्ता भन्दा बढिको बसाँईपछि आज जापान बाट पुन नेपाल फर्कंदै छु । जापान बसाई क्रममा नागोया , फुकुओका र टोकियोको सहरका बिभिन्न ठाउँमा कार्यक्रम सम्मपन्न भयो ।

सर्वप्रथम त रेस्पेक्ट एण्ड राइज तथा सम्पुर्ण कार्यक्रम आयोजकलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्नु चाहन्छु ।

साथसाथै नेपाल आईडल लाई पनि हृदयदेखि सम्झिन चाहन्छु ।

जापानको बिभिन्न सहरमा भव्यताका साथ कार्यक्रममा सम्पन्न गराइदिन आफ्नो अमुल्य समय दिई उपस्थित भैदिनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा धेरै-धेरै धन्यवाद ।

हजुरहरुको यति धेरै माया, साथ र सपोट पाउँदा एकदमै खुसी लाग्यो ।”

दर्शकहरुको सर्वाधिक भोट पाएर नेपाल आइडल सिजन २ का बिजेता बनेका रबिले दर्शकहरुको निकै माया पाउदै आएका छन् ।

रबि ओड, बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी र अमित बराल ३१ डिसेम्बर २०१८ मा जापान उडेका हुन् ।

त्यस्तै २०१९ जनवरी ७ मा नेपाल फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...