जापानबाट नेपाल आउनु अघि रबि ओडले सबैलाई सम्झिदै लेखे यस्तो स्टाटस!



हाम्रो इकोनोमि

 

नेपालको अन्तराष्ट्रिय स्तरको पहिलो चर्चित रियालिटी शो ‘नेपाल आइडल सिजन २’ का बिजेता बनेका सुदुर पश्चिमका शान रवि ओड एक साता अगाडी वर्ल्ड टुर अन्तर्गत जापानमा पुगेका थिए ।

उनि फस्ट रनरअप बिक्रम बराल, सेकेन्ड रनरअप सुमित पाठक र थर्ड रनरअप अस्मिता अधिकारीको साथ जापान पुगेका हुन् ।

जापानको नागोया , फुकुओका र टोकियोको सहरका बिभिन्न ठाउँमा कार्यक्रम सम्मपन्न गरि उनि सोमबार नेपाल फर्किएका छन्।

रविले नेपाल आउनु अघि आफ्नो एक तस्विर शेयर गर्दै सबैलाई सम्झी यस्तो स्टाटस लेखेका छन्।

“एक हप्ता भन्दा बढिको बसाँईपछि आज जापान बाट पुन नेपाल फर्कंदै छु । जापान बसाई क्रममा नागोया , फुकुओका र टोकियोको सहरका बिभिन्न ठाउँमा कार्यक्रम सम्मपन्न भयो ।

सर्वप्रथम त रेस्पेक्ट एण्ड राइज तथा सम्पुर्ण कार्यक्रम आयोजकलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्नु चाहन्छु ।

साथसाथै नेपाल आईडल लाई पनि हृदयदेखि सम्झिन चाहन्छु ।

जापानको बिभिन्न सहरमा भव्यताका साथ कार्यक्रममा सम्पन्न गराइदिन आफ्नो अमुल्य समय दिई उपस्थित भैदिनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा धेरै-धेरै धन्यवाद ।

हजुरहरुको यति धेरै माया, साथ र सपोट पाउँदा एकदमै खुसी लाग्यो ।”

दर्शकहरुको सर्वाधिक भोट पाएर नेपाल आइडल सिजन २ का बिजेता बनेका रबिले दर्शकहरुको निकै माया पाउदै आएका छन् ।

रबि ओड, बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी र अमित बराल ३१ डिसेम्बर २०१८ मा जापान उडेका हुन् ।

त्यस्तै २०१९ जनवरी ७ मा नेपाल फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...