बलिउडमा फेरि अर्का महान हस्तिलाई क्यान्सर भएकाे खुलासा !!



हाम्रो इकोनोमि

 

बलिउड फिल्म निर्माता राकेश रोशनलाई क्यान्सर भएको पत्ता लागेको छ ।

उनका छोरा एवं बलिउड अभिनेता ऋतिक रोशनले यसबारे पुष्टि गरेका छन् ।

ऋतिकले सोसल मिडियामार्फत राकेशलाई Squamous Cell Carcinoma भएको जानकारी दिए ।

यसलाई बोलीचालीको भाषामा छालाको क्यान्सर भनिन्छ ।

क्यान्सरको पहिलो स्टेजमा नै रोगबारे पत्ता लागेको उनले बताए ।

यो यस्तो रोग हो जसका कारण छालामा अनावश्यक कोसिकाको वृद्धि हुनथाल्छ ।

 

ऋतिकले दुई घण्टाअघि आफ्नो इन्स्टाग्राम अकाउन्टमा बुवा राकेशसँगको जिमको तस्बिर पोष्ट गर्दै उनको निकै तारिफ गरेका छन् ।

यसमा उनले लेखेका छन्, ‘मैले आज बिहान बुवालाई व्यायामका लागि सोधें, मलाई थाहा थियो कि उनी शल्यक्रियाको दिन पनि व्यायाम गर्न छोड्ने छैनन् ।

केही हप्ताअघि मात्रै Squamous Cell Carcinoma बारे पत्ता लाग्यो ।

आज उनी आफ्नो युद्ध लड्नेछन् ।

हामी भाग्यमानी छौं कि हाम्रो परिवारले तपाईंजस्तो अग्रणी व्यक्ति पायौं ।’

राकेश रोशन आजकाल कृष ४ को तयारीमा जुटेका छन् ।

यो फिल्ममा राकेश रोशन पुनः एकपटक आफ्नो छोरासँग काम गर्नेछन् । यो फिल्मको यसअघिको सबै सिरिज निकै हिट रह्यो ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...