राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हटाइए, नयाँ प्रमुखमा गणेश अधिकारी नियुक्त



हाम्रो इकोनोमि

 

सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपराज रेग्मीलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको ठाउँमा एआइजी गणेश अधिकारीलाई नियुक्त गरेको छ ।

 

बैठकले विभाग सञ्चालनसम्बन्धी विशेष सेवा नियमावलीमा रहेको प्रमुखको पदावधिसम्बन्धी प्रावधान संशोधन गरेर रेग्मीलाई हटाएको हो । नियमावलीमा प्रमुखको पदावधि चार वर्ष हुने व्यवस्था थियो । यसलाई संशोधन गरी तीन वर्ष बनाइएको छ । चारवर्षे पदावधि हुँदा रेग्मी १४ जेठसम्म कायम रहन्थे । नवनियुक्त प्रमुख अधिकारीले सोमबार बेलुका नै पदभार ग्रहण गरेका छन् ।

 

प्रमुख फेर्ने तयारीबारे गृह मन्त्रालयकै अधिकारीहरूलाईसमेत जानकारी थिएन । रेग्मी सोमबार सुरक्षासम्बन्धी छलफलमा गृहमै थिए । केही महिनायता विभागका प्रमुख रेग्मीलाई हटाएर अधिकारीलाई प्रमुख बनाउन लबिङ भएको थियो । प्रमुख नियुक्त भएका अधिकारीले अबको तीन वर्ष विभागको नेतृत्व सम्हाल्नेछन् ।

 

३० वर्षे सेवाहद पनि हट्यो 
सरकारले राष्ट्रिय अनुसन्धान विभागमा रहेको ३० वर्षे सेवाहदको प्रावधान पनि हटाएको छ । अब पदावधि र उमेरहदका कारण मात्र विभागका कर्मचारीले अवकाश पाउनेछन् । एक मन्त्रीका अनुसार केही दरबन्दी पनि हेरफेर गरिएको छ । एआइजीको दरबन्दी दुई बनाइएको छ । यसअघि तीन थियो । त्यस्तै, प्रमुखको पदावधि तीन वर्ष, एआइजीको चार वर्ष तथा डिआइजीको पाँच वर्ष बनाइएको छ । गृह मन्त्रालय मातहत रहेको विभागलाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत राख्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...