रेशम चौधरीलाई थुनामै राख्न सर्वोच्चको आदेश



हाम्रो इकोनोमि

 

टीकापुर घटनाको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सांसद रेशम चौधरीले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।  चौधरीलाई कैलाली जिल्ला अदालतले कर्तव्य ज्यान, डाका चोरी तथा ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

 

जिल्लाको आदेशविरुद्ध चौधरी उच्च अदालत दिपायल गएका थिए । दिपायलले पनि कैलाली जिल्ला अदालतकै आदेश सदर गरेपछि ०५ असार २०७५ मा चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।  सर्वोच्चले पनि तल्लो तहका अदालतको आदेश सदर गर्दै चौधरीको रिट खारेज गरिदिएको छ ।

सोमवार ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले उच्च र जिल्ला अदालतको आदेश सदर गर्दै चौधरीको रिट खारेज गरिदिएको हो । यससँगै चौधरीले अब मुद्दाको पुर्पक्ष हुन्जेल थुनामै रहनुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...