रेशम चौधरीलाई थुनामै राख्न सर्वोच्चको आदेश



हाम्रो इकोनोमि

 

टीकापुर घटनाको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सांसद रेशम चौधरीले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।  चौधरीलाई कैलाली जिल्ला अदालतले कर्तव्य ज्यान, डाका चोरी तथा ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

 

जिल्लाको आदेशविरुद्ध चौधरी उच्च अदालत दिपायल गएका थिए । दिपायलले पनि कैलाली जिल्ला अदालतकै आदेश सदर गरेपछि ०५ असार २०७५ मा चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।  सर्वोच्चले पनि तल्लो तहका अदालतको आदेश सदर गर्दै चौधरीको रिट खारेज गरिदिएको छ ।

सोमवार ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले उच्च र जिल्ला अदालतको आदेश सदर गर्दै चौधरीको रिट खारेज गरिदिएको हो । यससँगै चौधरीले अब मुद्दाको पुर्पक्ष हुन्जेल थुनामै रहनुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...