डा. केसीले आफ्नै स्तर स्खलित गरेः सांसद भट्टराई



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद योगेश भट्टराईले डा. केसीले आफ्नै स्तर स्खलित गरेको टिप्पणी गरेका छन् ।आफूसँग भएका सहमति विपरीत शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पास गरेपछि डा. केसी आक्रोसित भएका छन् ।

 

केसीले भट्टराईसहित नेकपाका केही सांसदको नाम लिएर जनतामारा भएको र माफियालाई पोसेको आरोप लगाएकाेमा भट्टराईले असन्तुष्टि जनाएका छन्  । साेमबार बसेकाे बैठकमा अाफुहरूमाथि जुन शब्दहरु केसीले प्रयोग गरेका छन्  त्याे शब्दले केसीलार्इनै जिन्दगीभर लखेट्ने,  पछिसम्म गिज्याउँने र यो शब्दको भारीले केसीकै टाउको थिचिरहने भट्टराईले बताएका छन् ।

 

आफ्ना शब्दहरुलाई सही ढंगले प्रयोग गर्दा डा. केसीको पनि इज्जत हुने भट्टराईले बताएका छन् । डा. केसीको व्यक्तिगत इमान्दारितामा प्रश्न गर्न नचाहेको भन्दै उनले सानातिना कुरामा हात हालेर आफ्नो प्रतिष्ठा नगुमाउन सुझावसमेत दिए ।

 

भट्टराईले चिकित्सा शिक्षा विधेयक संसदको सम्पत्ति भएको भन्दै उनले त्यसमा थपघट गर्ने उसको अधिकार भएको बताए । ‘संसदको आफ्ना सार्वभौमसत्ता हुन्छ । सरकारले भनेको कमा फुलस्टप पनि चलाउन नपाउने भन्ने हुँदैन’ उनले भने, चलाउने पाउनुपर्छ भन्ने नाममा अविवेकी निर्णय पनि गर्दैन ।’

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...