रेशमको शपथले महान्यायाधिवक्ता नै रुष्ट ? पूर्वमाओवादीको रहस्मय मौनता ?!!



हाम्रो इकोनोमि

 

कारागारमा रहेका रेशम चौधरीलाई सरकारले शपथ गराएपछि चौतर्फी यसको आलोचना भइरहेको छ । धेरैले शपथलाई कानूनी कोणबाट विश्लेषण गर्दै असंगत भनिरहेका छन् । स्वयं नेकपानिकट कानूनविद्हरु पनि शपथले कानूनी राज्यको उपहास गरेको निष्कर्षमा पुगेका छन् ।

 

चौधरीको शपथ यतिधेरै विवादमा परेपछि सरकारका कानूनी सल्लाहकार महान्यायाधिवक्ता अग्नि खरेलले किन आलोकाँचो सल्लाह दिए भन्ने प्रश्न पनि एउटा कोणबाट उठाइँदै छ । महान्यायाधिवक्ताले सरकारको चौतर्फी आलोचना भइरहेका बेला यस्ता गलत काम गर्नबाट रोक्नुपथ्र्यो भन्ने नेकपाकै शुभेच्छुकहरुको रहेको भनाइ छ ।

 

तर, चौधरी शपथको गुप्त डिजाइन महान्यायाधिवक्ता अग्नि खरेललाई समेत सुइँको नदिई गरिएको थियो भन्ने धेरैलाई थाहा छैन । स्रोतका अनुसार, प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष प्रचण्डले सरप्राइज दिँदै महान्यायाधिवक्तालाई समेत यो मामलामा गुमराहमा राखेका थिए । स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले सभामुखलाई निर्देशन दिइसकेपछि मात्रै रेशमको शपथबारे अग्निले थाहा पाएका थिए । उनले निकटस्थहरुसँग रेशमको शपथबारे आफूले निकै ढिलो गरी थाहा पाएको बताउने गरेका छन् ।

 

स्रोतका अनुसार, रेशमको शपथ ग्रहणबाट उनी दुवै अध्यक्षद्वयसँग रुट छन् । खरेलले आफ्नो असन्तुष्टिको पोको अध्यक्षद्वयसँग पुकाए–नफुकाएको थाहा नभए पनि निकटस्थसँग उनले यो कदम गलत भएको गुनासो गरेका छन् । जेलमा रहेका व्यक्तिलाई यसरी शपथ गराउनु उचित नभएको उनको तर्क छ ।

 

‘रेशमको शपथले स्वयं सरकारका कानूनी सल्लाहकार अग्नि खरेल नै रुष्ट हुनुहुन्छ’, स्रोतले भन्यो, ‘आफूलाई नसोधेकोमा त उहाँ असन्तुष्ट हुनुहुन्छ नै जग हँसाइ गरेकोमा पनि उहाँको फरक मत रहेको छ ।’

 

अग्निजस्तै नेकपाका अधिकांश नेता–कार्यकर्ताहरुले पार्टी अध्यक्षद्वयको यो कार्यशैली रुचाएका छैनन् । वाइडबडीले बदनामीको बोकिनसक्नुको भारी बोकाइरहेका बेला फेरि अर्को कदम चालेको भन्दै अधिकांश नेता–कार्यकर्ताको गुनासो छ । यही कारण सरकारको बचाउ गर्न अप्ठ्यारो परेको गुनासोसमेत नेकपामा बढ्न थालेको छ ।

 

पूर्वमाओवादीको रहस्मय मौनता

 

नेकपाका पूर्वमाओवादी खेमाका नेता विगतमा निकै क्रान्तिकारी मानिन्थे । राष्ट्रियता, भ्रष्टाचार, अनियमितताका विषय खोजी–खोजी आलोचना गर्न उनीहरु माहिर मानिन्थे । तर, पछिल्लो समय नेकपामा समाहित भएका पूर्वमाओवादी नेताहरुमा रहस्मय मौनता देखापर्न थालेको छ ।

 

विगतमा गलत काम–कारबाहीबारे कडा रुपमा प्रस्तुत हुने अधिकांश माओवादी नेताहरु मौन देखिन थालेका छन् भने बोल्नेहरु पनि पार्टी र सरकारको चाप्लुसी गर्न थालेका छन् ।

 

वाइडबडी तथा रेशम चौधरी प्रकरणमा पूर्वमाओवादी खेमाका अधिकांश नेताहरुले धारणा सार्वजनिक गर्न आनाकानी गरिरहेका छन् । बोल्नेहरुले सरकारको आलोचनात्मक समर्थन गर्न छाडेर छाँद हालेर समर्थन गर्न थालेका छन् । आफ्ना नेताहरुमा आएको यो परिवर्तनबाट स्वयं नेकपाकै नेता कार्यकर्ताहरु अचम्मित हुन थालेका साँघुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...