नेपालमा ठूलादरका भारु नोटको प्रतिबन्ध हटाउने तयारी, एक महिना पनि टिकेन निर्णय



हाम्रो इकोनोमि

 

नेपालमा भारतीय ठूला दरका नोट नचलाउने निर्णय गरेको एक महिनापछि आफ्नै निर्णयबाट पछि हट्ने प्रक्रियामा नेपाल अघि बढेको छ ।

 

नेपालसँग भएका पुराना भारतीय ठूला दरका नोट चलाउन भारत सरकारले चासो नदिएको भन्दै नेपालमा ठूला दरका नयाँ नोट प्रतिबन्ध गर्ने निर्णय मन्त्रिरिषदले गत मंसिर २४ गतेगरेको थियो ।

 

यता, नेपाल राष्ट्र बैंकले रिजर्व बैंक अफ इण्डियालाई  (आरबीआइ)  ठूला नोट सटहीको प्रस्ताव गरेर शुक्रबार (पुस २०) पत्र पठाएको छ । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख भिष्मराज ढुंगानाले गत शुक्रबार गर्भनर मार्फत आरबीआइलाई पत्र पठाएको जानकारी दिए ।  उनका अनुसार राष्ट्र बैंकले आफूहरुसँग भएको पुराना ठूला नोट सँगै नयाँ नोटपनि साट्ने व्यवस्था मिलाइयोस् भन्दै पत्राचार गरेको छ ।

 

उनका अनुसार राष्ट्र बैंकमा अहिले ७ करोड ८५ लाख पूराना भारतीय नोट रहेको छ । अनौपचारिक क्षेत्रमा यस्तो रकम अझै बढी रहेको बताइँदै आएको छ ।

 

मंसिर २४ गतेको मन्त्रिपरिषको निर्णयले भन्दा पनि भारतले लिएको अमौद्रिकरण नीतिकै बेलादेखि ठूला दरका नोट नेपालमा प्रतिबन्ध रहेको तर त्यसबीचमा निक्लेको २ सयको नयाँ नोट पनि नचलाउनु भनेर मन्त्रिपरिषद्ले निर्णय गरेको ढुंगाना बताउँछन् ।

 

नेपाल आयातमुखी अर्थतन्त्र भएको र अधिंकाश व्यापार भारतसँगै निर्भर रहेकाले ठुला नोट प्रतिबन्ध गर्दा त्यसको प्रत्यक्ष असर नेपाललाइ नै पर्ने विज्ञहरु बताउँछन् ।

 

भारत सरकारले कालोधनलाई निरुत्साहित गर्न सन २०१६ नोभेम्बरदेखि ५ सय र हजार दरका पुराना नोट विस्थापित गरी २ सय, ५ सय र २ हजारका नयाँ नोट प्रचलनमा ल्याएको थियो । सोही बेलादेखि नेपालमा रहेका पुराना नोट साटिएका छैनन् ।

 

बल भारतकै कोर्टमाः नयाँ नोटमात्र साट्छ वा पुराना नोट पनि साट्छ 

नेपाल राष्ट्र बैंकले भारु साटिदिन भनेपनि साट्ने/नसाट्ने भारत सरकारकै अधिकारको कुरा हो । कार्यकारी निर्देशक ढुंगाना आफुहरुले गर्नुपर्ने पहल गरेको तर बाँकी सबै भारतकै हातमा भएको बताउँछन् । उनले भने, ‘बल अब भारतकै केर्टमाा छ । नोटमात्र साटेर पुराना नोट साटिदिन्न पनि भन्न सक्छ । हामीले समानान्तर रुपमा अघि बढौँ भन्ने प्रस्ताव गरेका छौँ । आरबीआइले भारत सरकारलाई यसबारे जानकारी गराएपछि भारतीय सरकारले के भन्छ त्यसैलाई कुर्नुको विकल्प छैन ।’

 

नेपालमा ठूला दरका भारु प्रतिबन्धले भारतसमेत तरंगित 

भारतीय मिडियालाई आधार मान्ने हो भने पुस २ गते ‘द टाइम्स अफ इण्डिया’ ले नेपालको निर्णयले भारतका पर्यटक नेपाल जान निरुत्साहित हुने  र भारतमा काम गरिरहेको श्रमिकलाई पनि आफ्नो कमाइ नेपाल लैजान असहज हुने आशयको समाचार प्रकाशित गरेको थियो ।

 

कतिपय भारतीय सञ्चार माध्यमले नेपाल र भारतको सम्बन्ध राम्रो नभएको कारणले नै नेपालले भारुमा रोक लगाएको भन्दै प्राथमिकताका साथ समाचार समेत प्रकाशन तथा प्रशारण गर्न भ्याएका थिए ।

 

यता, भारतको प्रमुख प्रतिपक्षी दल मानिएको कंग्रेस आइका नेता तथा पूर्व संघीय मन्त्री सकील अहमदले नरेन्द्र मोदी सरकारको दम्भका कारण नेपाल भारु नोट प्रतबन्ध गर्ने अवस्थामा पुगेको भन्दै मोदीको विरोध गरे ।

 

१९ पुसमा भारतीय संसदको माथिल्लो सदन राज्यसभामा नेपाल सरकारको निर्णयमाथि प्रश्न समेत उठ्यो । भारतीय सञ्चार माध्यमका अनुसार सांसद रवि प्रकाश बर्मा र निरज शेखले नेपाल सरकारले भारु नोटमाथि प्रतिबन्ध लगाउनुको कारण र यसबारे भारत सरकारको धारणा मागेका थिए । नेपाल सरकारले भारुमा लगाएको प्रतिबन्धको विषय भारतमा निकै चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...