प्रधानमन्त्रीको एक घण्टा सम्बोधनमा वाइडबडी र रेशम चौधरीबारे किन बोलेनन् (LIVE)



हाम्रो इकोनोमि

 

आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले करिब एक घण्टा सम्बोधन गरे । सरकारका कामकारबाही र त्यसमा उठेका प्रश्नबारे जवाफ दिएका उनी यसै हप्ता सरकार जोडिएको दुई महत्वपूर्ण विषयमा भने मौन रहे ।

 

प्रधानमन्त्री ओली वाइडबडी विमान खरिद प्रकरण र कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीको सपथबारे मौन बसेका हुन् । लेखा समिति अन्तर्गतको उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारी र गृहसचिव प्रेम राईलगायतलाई कारबाही गर्न सिफारिस गरेको छ । तर, सरकारले त्यसमा प्रश्न उठाउँदै न्यायिक जाँचबुझ आयोग बनाएको छ ।

 

उपसमितिको प्रतिवेदनबारे लेखा समितिले निर्णय गर्न नपाउँदै सरकारले छुट्टै आयोग बनाएको र अख्तियारलाई बाइपास गरेको भने विपक्षी दलका नेता शेरबहादुर देउवाले समेत प्रश्न उठाएका थिए । तर, प्रधानमन्त्री यसबारे मौन रहे ।

 

यस्तै फौजदारी मुद्धाका अभियुक्त रेशम चौधरीलाई सपथ गराएको भन्दै सरकारको आलोचना भएको थियो । यसमा सपथ खुवाउने ठीक बेठीक मात्र होइन, अहिले सपथ खुवाउनु थियो भने एक वर्षसम्म किन रोकियो भन्ने प्रश्न छ । तर, प्रधानमन्त्री यस विषयमा पनि प्रवेश गरेनन् । उनले सम्बोधनका क्रममा आफू कुनै तर्कहरु र रंगीविरंगी प्रश्नमा नअल्झिने भन्दै आफ्नो भनाइ राखेका थिए ।

 

प्रधानमन्त्रीले भने, ‘म कुनै तर्कहरुमा अल्झिरहन चाहन, त्यसैले आज यस सम्मानित सदनमा उठेका वा उठाइएका रंगीविरंगी प्रश्नलाई संबोधन गर्न भन्दा पनि यस आर्थिक वर्षका नीति कार्यक्रम र बजेट कार्यान्वयनको स्थििति बारेमा संक्षिप्तमा चर्चा गर्न चाहन्छु ।’

 

 

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...