‘म रविकी गर्लफ्रेण्ड होइन, अनावश्यक हल्ला फैलाइयो’ :निकिता पौडेल



हाम्रो इकोनोमि

 

डिभोर्स पछी अझै बढी चर्चामा आएका चर्चित पत्रकार रवी लामिछाने र चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलले आफुहरु राम्रो साथी मात्र भएको बताएका छन् । उनीहरुले शुक्रवार एक्कासी मिडियामा आफुहरुको विवाह भएको भन्ने खबरहरु बाहिरिएपछी कुरा गर्दै भने, ‘हामीहरु राम्रो साथि मात्रै हौँ ।

 

’‘वहाँको पनि भर्खरै डिभोर्स भएको र मेरो पनि डिभोर्स भएको केही महिना मात्र भएका कारण यो हल्ला बाहिरिएको हो । अर्को कुरा हामी एकै अपार्टमेन्टमा बस्छौँ । फ्लोर फरक छ । छिमेकी भएपछी देख भेट नहुने कुरा भएन ।

 

तल माथी हुँदा देख भेट हुन्छ नहुने होइन । हाम्रो राम्रोसंग चिनजान भएको भर्खरै १-२ महिना मात्र भयो होला । पहिला पत्रकार रवी लामिछाने भनेर चिन्थेँ अहिले हामी राम्रो साथि हौँ । रवी जीको भलो नचाहनेहरुले उहाँलाई नराम्रो देखाउन यो कुराहरु गरेका हुन् जस्तो मलाई लाग्छ’, अध्यक्ष पौडेलले भनिन् ।

 

हुन त रवी जीको चर्चा धेरै भएर पनि होला यी कुराहरु आएको । नत्र डिभोर्स मेरो पनि भएको छ । खै त मेरो डिभोर्सको चर्चा भएन किन रवी जिको मात्र भयो त ? किनकी उहाँको बारेमा केही लेख्दा त्यो चर्चा बनिदिन्छ ।

 

त्यही चर्चाको लागि पनि त्यस्तो समाचारहरु आएका हुन्’, निकिताले थपिन् । रवी जिको पुर्व पत्नीलाई आफुले अहिले सम्म केही नभनेको र उनी को हुन् भनेर नचिनेको पौडेलको भनाई थियो । पौडेलले भनिन्,’नाम थाहा थियो तर उहाँसँग मेरो देख भेट या कुरा कानी भएको छैन ।

 

यता लामिछानेको भनाई पनि निकिताको भन्दा फरक थिएन । उनले ती समाचारहरु देख्ने बित्तिकै फेसबुकमा लामो स्टाटस पोस्ट गरेका छन् । उनले आफ्नो जीवन कै सबै भन्दा तल्लो स्तरको पहिलो र अन्तिम स्टाटस भन्दै आफ्नो बिगतका बारे मा स्टाटसमा लेखेका छन् ।

 

कुराकानीमा उनले भने, ‘निकिता जी र म राम्रो साथी हौँ । हामि निकै नजिक छौँ । बिहे नै भएको भन्ने कुरा त कि निकिता जी ले भन्नु पर्यो कि मैले । हामी दुवैले भनेका छैनौँ । मलाई चाहनेहरु, मेरो शुभचिन्तकहरुको ध्यान डाइभर्ट गर्नका लागि नियोजित ढंगबाट ती समाचारहरु आएका हुन् ।

 

यदी बिहे नै गर्ने हो भने भनेरै गर्छौँ । लुकाउन आवश्यक केही छैन । म सार्वजनिक व्यक्ति हुँ आफ्नै काममा ब्यस्त छु । मैले बाँकी मेरो कुराहरु मेरो फेसबुक स्टाटसमा लेखेको छु । त्यही नै सत्य हो ।’

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...