कांग्रेसलाई प्रधानमन्त्रीको सुझाव : धमिलो पानीमा माछा मार्ने रहर नगर्दा हुन्छ (LIVE)



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेसलाई धमिलो पानीमा माछा पार्ने रहर नगर्न सुझाव दिएका छन् । सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याउँदा किन ल्याएको ? कर्मचारीको वृत्तिविकास रोक्न मिल्छ ? जस्ता प्रश्न आएको भन्दै उनले भने, ‘स्वेच्छिक अवकासमा जाँदा अनावश्यक ५०÷६० अर्ब व्ययभार बोक्नुपर्थ्यो ।’

 

नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको कर्मचारी समायोजन ऐन कार्यान्वयन गरेको भए उमेर भएका राष्ट्रसेवकलाई पेन्सनर बनाएर दक्षता गुमाउनुपर्ने पनि बताए ।

आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधिकारिक ट्रेड युनियनसँग भएको सहमतिअनुसार नै कर्मचारी समायोजन अघि बढेको बताए ।

यसमा चित्त दुखाउनु नपर्ने उनले बताए । कर्मचारी आन्दोलनतर्फ संकेत गर्दै उनले भने, ‘पानीलाई धमिलो पार्ने र धमिलो पानीमा माछा मार्ने रहर नगर्नु नै उपयुक्त हुन्छ ।’

 

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...