मन्त्री रविन्द्र अधिकारीलाई प्रधानमन्त्रीले बालुवाटार बोलाए, संसदमा बोल्नुअघि ३ घण्टा छलफल



हाम्रो इकोनोमि

 

वाइडबडी खरिद प्रकरणको भ्रष्टाचारलाई लिएर सडकदेखि सदनसम्म विरोध भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई वालुवाटार बोलाए छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले सदनमा आज वाइडबडी खरिद प्रकरणमा उठेका प्रश्नको जवाफ दिँदै छन् । जवाफ दिनुभन्दा पहिले मन्त्री अधिकारीसँग छलफल गरेका छन् ।

 

संसदमा जवाफ दिने निश्चित भएपछि शनिवार प्रधानमन्त्री ओलीले पर्यटनमन्त्रीलाई बालुवाटार बोलाएका थिए । मन्त्रीसँग तीन घण्टा छलफल गरेको स्रोतले बताएको छ । सार्वजनिक लेखा समिति अन्तर्गगतको छानविन उपसमितिले वहालवाला मन्त्री रविन्द्र अधिकारी पनि भ्रष्टाचारमा मुछिएको भन्दै कारवाहीको सिफारिस गरेको छ । तर सत्तापक्षका सांसदहरुले भने छानविन समितिको प्रतिबेदन प्रतिशोधपूर्ण भएको भन्दै विरोध गरेका छन् ।

 

सत्ता पक्ष र प्रतिपक्षबीच चुहारी चलिरहेका बेला प्रधानमन्त्री ओलीले आज संसदमा जवाफ दिने भएका छन् । संसदको पहिलो बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै छानविनको माग गरेको थियो । देउवाको माग अनुसार सरकारले छानविन समिति पनि बनाएको छ । सरकारले छानविन समिति बनाएपछि फेरी देउवाले बोली फेरेका छन् । उनले भ्रष्टाचारीलाई बचाउन सरकारले छानविन समिति बनाएको भन्दै आलोचना गरेका छन् ।

 

आज दिउँसो १ बजेदेखि संसद बस्ने भएको छ । बैठक बसेलगतै प्रधानमन्त्री ओलीले संसदमा उठेका प्रश्नको जवाफ दिने भएका छन् । संसदमा जवाफ दिन र तथ्यहरु संकलन गर्न विभिन्न पक्षसँग शनिवार बालुवाटारमा छलफल गरेका छन् ।

 

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्दै

वाइड बडी खरिद प्रकरणमा भएको भ्रष्टाचारलाई लिएर सरकारको चर्को आलोचना भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको आइतबारको बैठकलाई सम्बोधन गर्ने भएका छन् । उनले गएको विहीबार नै संसदको बैठकलाई सम्बोधन गर्ने बताइए पनि अन्तिम समयमा स्थगन गरेर आजको लागि सारिएको थियो । आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । बैठक बसेपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सहयोगी चेतन अधिकारीले  जानकारी दिए ।

 

संसदमा सम्बोधन गर्नुअघि बिमान खरिद प्रकरणका बारेमा प्रधानमन्त्री ओलीले शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई पनि बोलाएर सोधेका थिए । संसदको लेखा समिति मातहतको उपसमितिले गएको बुधबार लेखा समितिमा पेश गरेको प्रतिवेदनमा वाइड बडी खरिद प्रकरणमा ४ अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार भएको ठहर गरिएको छ ।

 

उक्त प्रतिवेदनमा अहिलेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्रीहरु जितेन्द्र नारायण देव र जीवनबहादुर शाहीलाई पनि दोषी ठहर गर्दै कारवाहीको सिफारिस गरेको हो । त्यस्तै, उक्त मन्त्रालयका तत्कालीन सचिवहरु प्रेम राई, शंकरप्रसाद अधिकारी, वहालवाला सचिव कृष्णप्रसाद देवकोटा तथा नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार लगायतलाई पनि दोषी ठहर गर्दै कारवाहीको सिफारिस गरिएको छ । सो सम्बन्धमा लेखा समितिले अन्तिम निर्णय गर्न भने बाँकी नै रहेको छ ।

 

तर, उपसमितिले प्रतिवेदन बुझाउनासाथै सरकारले पूर्व मुख्य न्यायाधीश गोविन्द पराजुलीको अध्यक्षतामा पूर्व नायब महान्यायाधिवक्ता, नरेन्द्रप्रसाद पाठक र चार्टड एकाउन्टेन्ट मदन शर्मा सदस्य रहेको छानबिन समिति गठन गरेपछि त्यसको झन् आलोचना भइरहेको छ । सो आयोगलाई ४५ दिनभित्रमा प्रतिवेदन बुझाउने कार्यादेश रहेको छ । सरकारले संसदको अधिकार हनन् गर्न खोजेको भन्दै उक्त आयोगको गठनका बारेमा सर्वत्र आलोचना भएको हो ।

 

यो अवस्था सिर्जना भइरहँदा चालु संसदको हालै शुरु भएको पछिल्लो अधिवेशनमा प्रधानमन्त्री ओलीले आज पहिलो पटक बैठकलाई सम्बोधन गर्न लागेका हुन् । वाइडबडी खरिद प्रकरणमा अनियमितता भएको भन्ने विषयमा लेखा समितिमा रहेका सत्तारुढ नेकपाकै सांसदहरुले पनि सहमति जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...