बाबु आमाको मृत्युु पछि बालबच्चाको विचल्ली !! भात खाने चामल नहुँदा छिमेकीको भरमा !!!



 

मोरङको सुनवर्सी नगरपालिका ७ कुडेलीमा बस्दै आएका फागुलाल राजबंशीका तीन बच्चाको बिचल्ली भएको छ । २०७० चैत्र ३० गते सेतो लामखुट्टेको टोकाईबाट विरामी परेका राजबंशीको पैसाको अभावमा उपचार हुन नसकेर ५० बर्षकै उमेरमा भयो ।

 

बुबाको मृत्यु भए पछि आमा सन्तोषी राजबंशीको काखमा हुर्किका थिए , १४ बर्षका जेठो छोरा दिपक राजबंशी, ७ बर्षका राजिव राजबंशी र ५ बर्षका रोशन राजवंशी ।तर यो आमाको ममता पनि टिकिरहन सकेन । तर दैवको लिला ती अवोध बालकहरुलाई आमाको काख पनि छुट्यो । सन्तोषीकोपनि सेतो लामखुट्टेको टोकाईबाट उपचार हुन नसकेर ज्यान गयो ।

 

पैसा अभावका समयमा उपचार गर्न लैजाने कोही नभएपछि उनको मृत्यु भएको स्थानीय बताउँछन् । साउन २४ गते सिकिस्त विरामी भएकी उनलाई उपचारका लागि रंगेलीकोे टाईम्स अस्पतालमा लगिएको थियो ।

 

त्यहाँ उपचार हुन नसक्ने भन्दै सन्तोषीलाई बिराट नगर रेफर गरिएकोमा उनको बिराटनगर स्थित नोवेल अस्पतालमा उपचार गराउने क्रममा ज्यान गएको हो ।अहिले यो परिवारसँग स–साना छोराहरु टुहुरा अबस्थामा छन् ।

 

उनीहरु हरेक दिन आमालाई खोज्दै आँसुका धारा बगाउँछन् । मृतक सन्तोषी की ७० व र्षिय आमा कृष्णावती राजवंशीले ति नातिहरुको रेखदेख गर्दै आएकी छिन् ।

 

उनले गहभरी आँसुपार्दै भनिन, ‘जब रात ढल्दै जान्छ अनि नातीहरु मेरो आमा खै भन्दै आफुलाई सोध्न थाल्छन र रुन थाल्छन् ।’ राति निन्द्रामा समेत उठेर आमा खै भन्दै रुने कराउने गरेको उनले सुनाईन् ।अहिले यो घरमा भातखाने चामल समेत नहुदा बाल कहरु छिमेकीको भरमा रहेको स्थानीय कार्तिक दासले बताए ।

 

उनीहरुको घरमा सुत्नकालागि एउटा मात्र खाट रहेकोले रातीको समयमा बाहिरको बरण्डामा सुत्न बाध्य भएको उनले बताए । दिपक राजबंशीले बुबाको मृत्यु भए पछि घरको आर्थिक स्थिति कमजोर भएकोले आमालाई सहयोग गर्दै आएका थिए।

 

कक्षा आठसम्मको पढाई गर्दै गरेका उनले गाउँ घरमै मजदुरी गरेर आमा र भाइहरुलाई पालन पोषणमा सहयोग गर्दै आएको बताए ।तर अहिले सहारा भएकी आमाको पनि मृत्यु भएपछि केही सोच्नै नसकेको सुनाए ।उनले आमाको उपचारकालागि स्थानीय गणेश प्रसाद राजवंशीसँग २० हजार रुपैयाँ ऋण लिएर उपचार गराएका थिए ।

 

उनले भने, ‘अब ऋण कसरी तिर्नु ? भाइ राजिवको पनि शरिरमा खटिरा आएको छ, उपचारगर्न लग्न सकेको छैन ।आमाको मृत्यु भए पछि ५ बर्षका रोशन र ७ बर्षका राजिव विधालय समेत जान छाडेका छन । सन्तोषीको काजक्रिया गर्नकोलागि चन्दा संकलन गरेर गाउँलेले रकम जुटाई दिएका छन ।

 

नेपालले बेच्याे ६ महिनामा साढे १० करोडको बिजुली

 

गएको वैशाखयता नेपालले करीब २ करोड किलोवाट आवर (युनिट) विद्युत् भारत निर्यात गरेको छ । अप्रिलदेखि नोभेम्बर २०१८ भित्रमा नेपाल विद्युत् प्राधिकरणले भारतका विद्युत् व्यापारीलाई कुल १ करोड ८८ लाख ७४ हजार युनिट विद्युत् विक्री गरेको हो । प्रतियुनिट ५ रुपैयाँ ५५ पैसाका दरले विद्युत् विक्री गरिएको हो ।

 

नेपालमा विद्युत्को खपत अत्यन्तै न्यून हुने रातको समयको विद्युत् निर्यात गरी उक्त रकम आम्दानी गर्न सफल भएको प्राधिकरणका प्रवक्ता एवम् विद्युत् व्यापार प्रमुख प्रबल अधिकारीले जानकारी दिए ।

 

विद्युत् विक्रीबाट कुल रू. १० करोड ४७ लाख ५० हजार ७ सय आम्दानी भएको प्राधिकरणले जानकारी दिएको छ । ‘राति १०–११ बजेपछि हामीकहाँ विद्युत् खपत एकदमै कम हुन्छ भने भारतमा राति पनि चल्ने उद्योगको विद्युत् माग उच्च हुन्छ,’ उनले भ ने, ‘त्यसैले उताबाट माग भएमा हामीलाई बढी हुने विद्युत् हामीले खेर जान दिनु साटो विक्री गर्ने गरेका छौं ।

 

’सन् २०१४ मा नेपाल र भारतबीच सम्पन्न विद्युत् व्यापार सम्झौता (पीटीए) ले नेपालले भारतलाई विद्युत् बेच्ने औपचारिक ढोका खोल्ने वातावरण बना एको थियो । तर, व्यावहारिक रूपमा भने धेरै अघिदेखि नै नेपालबाट विद्युत् निर्यात भइरहेको प्रवक्ता अधिकारी बताउँछन् ।

 

हालसम्म नेपालले भारतको विहार प्रान्तमा विद्युत् निर्यात गरेको तथ्यांक छ । प्राधिकरणले भारतको नर्थ विहार पावर डिस्ट्रिब्युशन कम्पनीलाई कटैया–कुशाहा र कटैया–दुहबी विन्दुबाट विद्युत् उपलब्ध गराएको छ । उक्त विन्दुबाहेक परासी वितरण अन्तर्गतबाट पनि विद्युत् निर्यात गरिएको छ ।उक्त विन्दुबाट २०७३ जेठदेखि २०७५ वैशाखसम्ममा कुल ५८ लाख ९४ हजार युनिट विद्युत् निर्यात गरिएको छ । औसतमा १० रुपैयाँ ८६ पैसा प्रतियुनिटका दरले बेचिएको उक्त विद्युत्का लागि नेपालले रू. ६ करोड ४० लाख ७ ह जार प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी

दल फुटाउने काममा लागेको छैन : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठो

वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

    वाणिज्य बैंकहरुले माघ महिनाका लागि  नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने