वाइड बडी प्रकरणः कांग्रेस सभापति शेरबहादुर देउवासामू तेर्सिएका केही ज्वलन्त प्रश्नहरू



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य (तत्कालीन नेकपा एकालेको पर्यटन प्रवर्द्धन विभागका प्रमुख) सूर्य थापाले  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासामू तेर्सिएका प्रश्नहरू सार्वजनिक गरेका छन । संसदको रोष्ट्रममा उभिएर आफैँले छानविनको माग गरेका देउवाले अहिले छानविन आयोग भ्रष्टाचार ढाकछोपका लागि भएको भन्दै सार्वजनिक रूपमै आशंका व्यक्त गरेका थिए । देउवाको त्यो आशंकापछि नेकपा नेता थापाले देउवासामू केही प्रश्न उठाएका छन ।

 

थापाले उठाएका प्रश्नहरू यस्ता छन:
१) संसदकाे राेष्ट्रमबाट वाइड बडी प्रकरणकाे छानविन गर्न यहाँले आफै माग गर्नुभयाे, मन्त्री परिषदले न्यायिक छानविन अायाेग गठन गरिसक्याे । अनि तपाईं नै भ्रष्ट्राचार ढाकछाेप गर्न सरकारले आयाेग बनाएकाे भाषण गर्न थाल्नुभयाे, किन हाेला ?

 

२) तपाईले जीवनबहादुर शाहीलाई पर्यटन मन्त्रीबाट खानेपानी तथा सरसफाई मन्त्रीमा पठाएकाे झलझली सम्झिरहेकाे छु, किन थियाे हाेला ? उहाँलाई पन्छाएर वाइडबडीकाे खास डिल गर्ने महाेदय काे थियाे हाेला ?

 

३) अहिले तपाईकै पार्टीमा रहनुभएका तत्कालीन मन्त्रीहरूका पालामा वाइडबडी काण्डकाे खाल्डाे खनिएकाे थियाे । पछि त्यसमा काे काे हुस्सुहरू परे? काे काे पुरिन्छन् र उम्किन्छन ? हेर्दै जाऔंला, तर लहराे तान्दै जाँदा पहराे कतातिर गर्जिने छ ?बजारमा त व्यापक सनसनी छ। आफू काँक्राे खाएर बियाँ अरूकाे गालामा टाँस्ने प्रपञ्च गर्नतिर नलाग्ने हाे कि ?

 

४) वाइडबडीकाे डिल गर्ने स्थानीय एजेन्ट काे हाे ? चिन्नुहुन्छ कि ? यहाँकाे …राणासँग के साइनाे सम्बन्ध खासमा के रहेकाे छ ? जनताले ने खाेजिदिनुपर्ने हाे कि ? 

 

५) हवाई माफियामा काे काे सक्रिय र चलायमान छन? बाेइङ् र एयरबसका यहाँ एजेन्ट काे काे छन् ? कुनकुन एयरलाइन्सका जहाज नेपालमा उडान भइरहेका छन् र तिनका जिएसए काे काे छन् र ती कसरी भएका थिए ? कुनकुन निजी हवाई कम्पनी रर व्यक्ति वाइडबडी ल्याउनै नदिएर नेपाल एयरलाइन्सलाई जहाजबिहीन बनाउँदै धरासायी पार्न उद्दत थिए र छन ? खासमा यसाे गरेर मात्रै तिनले कल्पित मुनाफा आर्जन गरिरहन सक्छन भन्ने बुझेरै गरेका छैनन् र ?

 

६) सार्वजनिक लेखा समितिकाे उपसमितिले तयार गरेकाे प्रतिवेदनमा तथ्य ताेडमराेड गरेर मुख्य जवाफदेही व्यक्तिहरूलाई ढाकछाेप गर्ने तथा कम जवाफदेही वा बाध्य र निर्दाेष व्यक्तिलाई डामेर बदनाम गर्ने चलखेलकाे मुख्य शिखण्डी खाेजी गर्ने हाे कि ?

७) नेपाल एयरलाइन्सलाई माफीयामुक्त गरेर राष्ट्रिय ध्वजाबाहकका रूपमा संसारभर संचालन गर्न साच्चै तयार हुनुहुन्छ ?

 

८) यहाँलाई लाग्दैन- सुगत कंसाकारमाथि कानुनबमाेजिम कारबाही चलाए पुग्छ ! अनि, किन याे बर्बर र असभ्य हर्कत त ?? उपसमितिले लेखासमितिमा प्रतिवेदन प्रस्तुत नगरी गैरजिम्मेवार ढंगले हल्लाखल्ला गरेकाे दुष्परिणाम याे हाेइन ? संयाेजक राजेन्द्रकुमार केसीका गल्तीकाे जवाफदेही अन्ततः हुने काे हाे ?

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...