प्रदेश १ सरकारले किन्यो ४ करोडको गाडी



हाम्रो इकोनोमि

 

प्रदेश १ सरकारले करिब ४ करोड रुपैयाँ खर्चेर सवारी साधन खरिद गरेको छ । भीआईपी र भीभीआईपीको सवारी व्यवस्थापनका लागि प्रदेश १ सरकारले निशान पेट्रोल ब्राण्डको दुई गाडी खरिद गरेको हो ।

 

चालू आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्थाअनुसार, २ करोड ७ लाख ५० हजार र १ करोड ७९ लाख ५० हजार रुपैयाँमा सुविधा सम्पन्न दुई सवारी खरिद गरेको प्रदेश १ सरकारले जनाएको छ ।

 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयलका शाखा अधिकृत एवं गाडी खरिद इकाई समितिका संयोजक मनोज कार्कीले स्पेसिफिकेशन तोकेर ई–बिडिङबाट गाडी खरिद गरेको जानकारी दिए ।  उनले भने, ‘प्रदेश सरकारले छुट्याएको बजेटको परिधिमा रहेर नँया गाडी खरिद गरिएको छ, खरिद गरिएको सवारी साधन भीआईपी र भीभीआईपीको सवारी व्यवस्थापनमा प्रयोग हुनेछ ।’

 

प्रदेश सरकार बनेलगत्तै प्रदेशको सुरक्षा हेर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालय र मोरङका प्रमुख जिल्ला अधिकारीलाई भीआईपीका लागि सुविधायुक्त र सुरक्षित गाडीको जोहो गर्न हम्मेहम्मे पर्दै आएको थियो । विभिन्न कार्यालयका सवारी साधन यसमा लागि प्रयोग गर्ने गरिएको थियो । नयाँ गाडी खरिदसँगै प्रदेश सरकारलाई सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...