प्रदेश १ सरकारले किन्यो ४ करोडको गाडी



हाम्रो इकोनोमि

 

प्रदेश १ सरकारले करिब ४ करोड रुपैयाँ खर्चेर सवारी साधन खरिद गरेको छ । भीआईपी र भीभीआईपीको सवारी व्यवस्थापनका लागि प्रदेश १ सरकारले निशान पेट्रोल ब्राण्डको दुई गाडी खरिद गरेको हो ।

 

चालू आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्थाअनुसार, २ करोड ७ लाख ५० हजार र १ करोड ७९ लाख ५० हजार रुपैयाँमा सुविधा सम्पन्न दुई सवारी खरिद गरेको प्रदेश १ सरकारले जनाएको छ ।

 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयलका शाखा अधिकृत एवं गाडी खरिद इकाई समितिका संयोजक मनोज कार्कीले स्पेसिफिकेशन तोकेर ई–बिडिङबाट गाडी खरिद गरेको जानकारी दिए ।  उनले भने, ‘प्रदेश सरकारले छुट्याएको बजेटको परिधिमा रहेर नँया गाडी खरिद गरिएको छ, खरिद गरिएको सवारी साधन भीआईपी र भीभीआईपीको सवारी व्यवस्थापनमा प्रयोग हुनेछ ।’

 

प्रदेश सरकार बनेलगत्तै प्रदेशको सुरक्षा हेर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालय र मोरङका प्रमुख जिल्ला अधिकारीलाई भीआईपीका लागि सुविधायुक्त र सुरक्षित गाडीको जोहो गर्न हम्मेहम्मे पर्दै आएको थियो । विभिन्न कार्यालयका सवारी साधन यसमा लागि प्रयोग गर्ने गरिएको थियो । नयाँ गाडी खरिदसँगै प्रदेश सरकारलाई सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...