बम्जनको आश्रममै सञ्चलालको हत्या भएको रहस्य खुल्यो



हाम्रो इकोनोमि

 

‘तपस्वी’ भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–६ बाँडेगाउँस्थित टोड्के जंगलमा रहेको आश्रममा प्रहरीले अनुशन्धान शुरु गरेको छ । फरेन्सिक विज्ञसहित जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) आश्रम परीशरमा खोजतलास गर्दा ३ सय मीटरको दुरीमा ९ वटा नुनको प्याकेटका खोल भेटिएको सिन्धुपाल्चोक प्रहरीका प्रहरी नायव उपरीक्षक बिमलराज कँडेलले बताए । उनका अनुसार आश्रमको गतिविधी निकै शंकास्पद छ ।

 

यससँगै आश्रमबाट हराएका भनिएका सञ्चलाल वाइबाको हत्या भएको आशंका झन बढेको छ । मृत शरीरलाई छिटो गलाउन नुन प्रयोग गरीन्छ । खोल भेटिएको ठाँउमा मानव कंगाल भने भेटिएको छैन । सञ्चलालका छोरा महेन्द्रले बाबु खोजीपाऊँ भनी बिहीबार जिल्ला प्रहरीमा जाहेरी दिएका थिए। सञ्चलालकाछोराले आफ्नो बुवालाई कुटेर मारेको आरोप लगाएका छन् ।

 

अनुसन्धानको क्रममा आश्रमभित्र केही शंकास्पद वस्तुहरु भेटिएको प्रहरीले जानकारी दिएको छ । ‘शुक्रबारदेखि हामीले आश्रमभित्र अनुसन्धान थालेका छौं । केही शंकास्पाद सामग्रीहरु फेला परेको छ’ जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले भने, ‘अनुसन्धान अझै जारी छ । सञ्चलालको सोही आश्रममा हत्या गरी गाडिएको अनुमानका आधारमा अनुसन्धान अघि बढाइएको छ ।’

 

प्रहरीका अनुसार बमजनका अर्का अनुयायी सुरेश आले पनि यही आश्रमबाट हराएका थिए । त्यसैगरी आनीद्वय डोल्मो र चुन्मा पनि बाँडेगाउँकै आश्रमबाट बेपत्ता भएको उजुरीका आधारमा प्रहरीले खोजी थालेको हो । सबैभन्दा पहिले बाराको रतनपुरी जंगलमा तपस्यामा बसेका भनिएका बमजन सुरुबाटै विवादमा परेका थिए । उनीमाथि पुरुष अनुयायीलाई यातना र महिला अनुयायीलाई यौन हिंसा गरेको र ज्यानसम्म लिएको अभियोगसहितका उजुरी प्रहरीमा दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...