सर्वोच्चमा मुद्दा विचाराधीन रहेका दीपक मनाङ्गेको सपथ ग्रहण आज



हाम्रो इकोनोमि

 

स्वतन्त्र सांसद एवं गुण्डा नाइके भनेर चिनिएका दीपक मनाङ्गेले आज सपथ ग्रहण गर्दैछन् । मनाङ्ग जिल्लाबाट प्रदेशसभामा निर्वाचित मनाङ्गे सपथ लिनका लागि आइतबार बिहानै पोखरा आउने तयारीमा रहेको जनाइएको छ ।

ज्यान मार्ने उद्योगमा मुद्दा खेपिरहेका मनाङ्गेको मुद्दा किनारा अझै लागेको छैन । उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ ।

हाल थुना बाहिर रहेकाले मनाङ्गेले प्रदेश सांसदका रूपमा सपथ लिन पाउनुपर्ने माग गर्दै एक साताअघि प्रदेशसभामा निवेदन दिएका थिए ।

मनाङ्गे तत्कालीन पुनरावेदन अदालतबाट दोषी ठहर भएका तर सर्वोच्चबाट फैसला आई नसकेकाले सपथ लिन पाउनुपर्ने तर्क उनका पक्षमा रहेकाहरूले गर्दै आएका थिए।

गण्डकी प्रदेशको कार्यव्यवस्था समितिको बैठक बोलाइएकाले आइतबार उनको सपथ हुनसक्ने भए पनि खुलाइएको भने छैन ।

जेलमै रहेर पनि राष्ट्रिय जनता पार्टी राजपा नेपालका कैलाली १ का प्रतिनिधिसभा सांसद रेशमलाल चौधरीले सपथ लिएपछि मनाङ्गेलाई पनि सपथ लिने बाटो खुलेको हो।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा जेल सजाय भोगिरहेका चौधरीले सपथ लिएसंगै निलम्बनमा रहेका प्रदेश सांसद मनाङ्गेको पनि सपथको चर्चा चलेको थियो ।

मनाङ्गेले तत्कालीन एमालेको समर्थनमा चुनाव जितेका थिए । उनलाई पहिले एमालेले नै टिकट दिए पनि विवाद भएपछि स्वतन्त्र उम्मेदवार बनाइएको थियो । अहिले भने सिंगो नेकपा बनेको छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...