वाइडबडी प्रकरणः पर्यटनमन्त्री अधिकारीलाई सुनपानी छर्किने यस्तो छ गोप्य योजना



 

वाइडबडी विमान खरिदमा गृह सचिव प्रेमकुमार राई निर्दोष पाइएपछि संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिको प्रतिवेदन सच्चिने भएको छ । राई पर्यटन सचिव हुँदा उनले नयाँ विमान खरिदका लागि अध्ययन गर्न उपसमिति गठन गरेका थिए ।

 

पर्यटन मन्त्रालयका अनुसार राईले २ वैशाख २०७३ सालमा नयाँ विमान खरिदका लागि अध्ययन समिति गठन गरेपछि उनको अन्यत्र सरुवा भएको थियो । लेखा समितिका सचिव रोजनाथ पाण्डेले राईको पालामा नयाँ जहाज खरिदकै लागि उपसमिति गठन गरिएकाले राई निर्दोष पाइएको बताए ।

 

सचिव पाण्डेले राईको पालामा नयाँ जहाज खरिदकै निणर््ाय देखिएकाले समिति सभापतिको रायअनुसार यस विषयलाई गम्भीरतापूर्वक सच्याउने निर्णय भएको जानकारी दिए । सो निर्णयअनुसार गृह सचिव राई पूर्ण रूपमा निर्दोष साबित हुने भएका हुन् ।सरकारकै अधिकारीका अनुुसार अहिलेका बहालवाला ६० जना सचिवमध्ये गृह सचिव राई सम्भवतः सबैभन्दा इमानदार र निर्भीक सचिवका रूपमा परिचित छन् ।

 

जब उपसमितिको प्रतिवेदन सार्वजनिक हुँदा वाइड बडी खरिद प्रक्रियामा भएको अनियमिततामा तत्कालीन पर्यटन सचिव र हालका गृह सचिव राईको नाम देखियो । त्यसपछि सरकारी अधिकारी र अधिकांश राजनीतिक दलका नेता नै आश्चर्यमा परे । सबैको प्रश्न तेर्सिन थाल्यो, ‘निर्दोषको किन हुर्मत लिने काम भयो ?’ कतिपय सरकारी अधिकारीले तत्काल प्रतिक्रिया दिए, ‘यो हुनै सक्दैन ।

 

सबैभन्दा इमानदार सचिव जो छ, उसैलाई भ्रष्टचारी साबित गरेर के गर्न खोजिएको हो ?’ बिहीबार र शुक्रबार सिंहदरबारभित्र आमकर्मचारीमा एक प्रकारको निराशा र हतासपन देखिन पुगेको थियो । राईजस्ता निर्भीक र निःस्वार्थी सचिवलाई हतास बनाउन खोज्नु सुशासनको हुर्मत लिनु भएको भन्दै कर्मचारीहरूमा आक्रोश पनि त्यतिकै देखिन पुगेको थियो ।

 

यसअघि अख्तियारका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीले पनि तत्कालीन सचिव शरदचन्द्र पौडेललाई यसरी नै दोषी करार गर्दा निजामती क्षेत्रमा त्यस्तै आश्चर्य व्यक्त गरिएको थियो । पौडेल समकालीन सचिवमध्ये इमानदारमा गनिन्थे । त्यसबाट पौडेलले धेरै मानसिक यातना भोग्नुप¥यो तर पछि उनले सर्वोच्च अदालतबाट सफाइ पाए । हचुवामै राईलाई आरोप लगाइए पनि गृह सचिव राई भने विचलित देखिएनन् ।

 

उनी आफू निर्दोष साबित हुनेमा ढुक्क थिए । दुई दिनमा उनलाई शुभचिन्तकहरूको सयौं फोन आयो । जवाफ दिँदा दिँदै उनी हैरान भए । ‘मलाई कुनै चिन्ता छैन तर तपार्इंहरू जस्ता कैयौं शुभचिन्तकको प्रश्नको उत्तर दिँदा दिँदै थकित जस्तो बन्न पुगेको छु,’ राईले शुक्रबार  भने ।

 

राईलाई नजिकबाट चिन्ने जोसुकैले पनि उनले कुनै गलत काम ग¥यो भनेर पत्याउनै सक्दैनन् । ‘मैले कहिल्यै पनि इमानदारिता गुमाउन चाहिनँ, गलत कामको कहिल्यै साक्षी बस्न सकिनँ,’ राइले भने, ‘तर, अहिले अनाहकमा भ्रष्टचारको आरोप लगाइँदा कताकता निकै चित्त दुखेर आएको छ ।’ उनको गुनासो छ । केही सहकर्मीहरूले उनलाई भेटेर उनीविरुद्धको आरोपको सामूहिक प्रतिरोध गर्न आफूहरू तयार रहेको बताएका थिए तर राईले सहकर्मीहरूलाई तातो रिस गर्न नहुने र आफू हतास नभएकाले चिन्ता नलिन आग्रह गरेका थिए ।

 

राई १८ माघ २०७२ देखि २७ भदौ २०७३ सम्म पर्यटन मन्त्रालयका सचिव थिए । उनी सचिव रहँदा उनले विमान खरिदबारे कुनै महवपूर्ण निर्णय गरेको देखिएको छैन् । तर, उनको पालामा नयाँ जहाज खरिदका लागि उपसमिति गठन गर्ने निर्णय मात्रै भएको थियो ।

 

राईले पर्यटन सचिव हुँदा २ वैशाख २०७३ सालमा विमान खरिदका लागि उपसमिति गठन गरेका थिए । लेखा समितिका एक सदस्यका अनुसार राईको पालामा खरिद प्रक्रिया अगाडि बढाउने निर्णय भएको भन्ने गलत सूचना आएकाले गलत निर्णय हुन पुगेकाले सच्याइने भएको हो । ‘त्रृटिवश त्यस्तो हुन पुगेछ, अहिले हेर्दा राईले त्यतिबेला नयाँ जहाज खरिदकै लागि उपसमिति गठन गरेका रहेछन्,’ लेखा समितिका ती सदस्यले भने ।

 

पर्यटन सचिव राईले २ वैशाख २०७३ सालमा नयाँ विमान नै ल्याउनुपर्ने तर्कसहित त्यसका लागि आवश्यक अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय गरेका थिए । त्यसपछि राईको अन्यत्र सरुवा भयो । ‘राई सम्भवतः पर्यटन सचिवका रूपमा रहिरहेको भए सेकेन्ड ह्यान्ड विमान खरिदको प्रक्रिया अगाडि बढ्नै पाउँदैनथ्यो,’ पर्यटन मन्त्रालयका एक सहसचिवले राजधानीलाई भने, ‘जो इमानदार छ, उसैलाई फसाउन खोजियो । यसले गर्दा हामीलाई पनि काम गर्ने जाँगर नै मरेर आयो ।’ राई भने विहीबार र शुक्रबार पनि अबेरसम्मै मन्त्रालयको काममा डटेर खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्