एनआईसी एसिया बैंकको ह्याकिङ प्रकरण, सिआईवी र राष्ट्र बैंकलाई मिलाउन करोडौंको चलखेल



 

एनआइसी एसिया बैंकमा १ बर्षअघि घटेको ह्याकिङ प्रकरणका धेरै नखुलेका पाटाहरु खुल्न थालेका छन् । २०७४ कार्तिकमा बैंकको सिस्टममा ह्याक गरी करोडौं रकम विदेशमा झिकिएपछि बैंकभित्र विवाद निम्त्याएको थियो । बैंक कर्मचारी तथा व्यवस्थापन पक्षको चरम लापरबाहीले ह्याकिङ भएको स्वयम् बैंकले नै तयार पारेको प्रतिवेदनमा उल्लेख थियो ।

 

स्रोतका अनुसार ह्याकिङ प्रकरणपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिन सुरु गरे । छानबिनमा बैंक दोषी देखिएपछि नेपाल राष्ट्र बैंकलाई सेटिङ मिलाई गल्ती ढाकछोप गरी आफू अनुकूल प्रतिवेदन तयार पार्न बैंक व्यवस्थापनको नेतृत्वले ठूलो रकम खर्च गरेको कुरा अहिले उठेपछि विवाद बल्झिएको हो ।

 

बैंकका अध्यक्ष तुल्सीराम अग्रवालको समूहले सिआईबी र राष्ट्र बैंकमा सेटिङ मिलाउनका लागि बोर्ड सदस्य राजेन्द्र अर्याललाई जिम्मा लगाएका थिए । तिनै सदस्यले सिआईबी र राष्ट्र बैंकलाई मिलाउने नाममा करोडौं रकम बैंकबाट निकालेको बैंक स्रोत बताउँछ ।

 

अर्याल र सीआइबीका तत्कालीन प्रमुख डीआइजी पुस्कर कार्की बालुवाटारस्थित सेतो दरबार रेष्टुरेन्टमा बसी ह्याकिङ प्रकरण मिलाउन बैंकका अध्यक्ष तुलसीराम अग्रवालहरुसँग रकम मोलमोलाई गरेका थिए । र, सीआइबीमा बयान दिइरहेका तुल्सीराम अग्रवालको समूहलाई अर्यालले प्रहरी मिलाउन भनेर १० करोडको लेनदेन गरेको स्रोत बताउँछ ।

 

त्यसमा सीआइबीका कार्कीलाई ७ करोड दिएर अरु अर्यालले चप्काएका थिए । बैंकको भर्खरै सम्पन्न साधारणसभामा उक्त खर्चको बारेमा कुरा उठेपछि अग्रवालको समूहले जवाफ दिन सकेको थिएन ।  अर्कोतिर बैंकभित्रको कमजोरीलाई लुकाउन अग्रवालको समूहले नाटकीय रुपमा भारतबाट केपीएमजी कम्पनीको टिम झिकाएर ठूलो रकम खर्च गरेको थियो । स्रोतका अनुसार केपीएमजीले बुझाएको प्रतिवेदनमा घटनामा बैंक कर्मचारी र व्यवस्थापनलाई चोख्याएर बैंकको साइबर सुरक्षामा प्रश्न उठाइएको थियो ।

 

हालका एआईजी पुष्कर कार्की सिआईबीमा प्रमुख छँदा सेटिङ मिलेपछि सोही प्रतिवेदनको आधारमा विदेशी बैंकमा रहेका ८ देशका १३ खातावालालाई विपक्षी बनाई पाटन उच्च अदालतमा सरकारवादी मुद्दा दर्ता भएको थियो । तर, बैंकको व्यवस्थापन पक्ष र कुनै पनि कर्मचारीलाई भने सामान्य बयानमात्र लिई मुद्दा नचलाई छाडिएको थियो ।

 

यसैमा कार्की र बैंक व्यवस्थापनको ठूलो स्वार्थ लुकेको र राजेन्द्र अर्याललले सेटिङ मिलाएको एनआईसी बैंक स्रोतको दावी छ ।  त्यतिखेर निष्पक्ष रुपमा छानविन हुनुपर्छ भनेर माग गर्ने केही कर्मचारीलाई बैंकले सूचना लिक हुने डरले उल्टै जागिरबाट हटाएको थियो । केपीएमजीको रिपोर्टलाई आधार मान्ने हो भने एनआइसी एशिया बैंकका कर्मचारी र व्यवस्थापनलाई सर्वसाधरणको अरबौं निक्षेपमा खेलवाड गरेको स्पष्ट देखिन्छ ।

 

उक्त ह्याकिङ प्रकरणमा मोहन रञ्जित, प्रद्युम्न नेपाली र प्रतिना प्रधानको युजर आइडी र पासवर्ड प्रयोगगरी ३१ वटा स्विफ्ट म्यासेजमार्फत् बैंकको ४६ करोड ५६ लाख ५० हजार ५ सय ५ रुपैयाँ रकमान्तर भएको थियो । एनआइसी एशिया बैंकको ह्याकिङका बारेमा सीआइबीले पुनः अनुसन्धान गरी बैंकको ब्यवस्थापनमाथि कारबाही गर्नुपर्ने आवाज पनि उठेको छ । स्रोतका अनुसार सीआइबीले निष्पक्ष रुपमा छानबिन गर्ने हो भने एनआइसी बैंकको अपराध कर्म खुल्नेछ ।

 

यतिसम्मकी बैंक ह्याकिङ हुनु केही दिनअघि नै बैंकमा प्रयोग हुने सबै इमेलहरुमा आक्रमण भएको थियो । तर, बैंकको व्यबस्थापन पक्षले समयमै सूचना पाउँदा पनि अनुसन्धान नगरी चरम लापरवाही गरेपछि व्यवस्थापन पक्ष शंकाको घेरामा परेको थियो । सिआईवीका तत्कालीन प्रमुख कार्की र बैंकका संचालक राजेन्द्र अर्यालको डिजाइनमा बैंकको व्यवस्थापन र कर्मचारीलाई अनुसन्धानको दायरामा ल्याएजस्तो गरी उल्टै उनीहरुको कमजोरी लुकाउन भूमिका खेलेका कारण घटना शंकास्पद बनेको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने

रवि लामिछानेको बयान सकियो

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान

रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने

    रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने भएका छन । 

माओवादीका केन्द्रीय सल्लाहकार शर्मा एमालेमा प्रवेश

    विराटनगरका पुराना वाम बुद्धिजीवी तथा प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्मा नेकपा माओवादी