व्यापारीसँग जबर्जस्ती चन्द अशुल्ने विप्लव नेकपाका ३ कार्यकर्ता पक्राउ



हाम्रो इकोनोमि

 

काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा बस्ने व्यापारीसँग चन्दा माग्ने नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ३ जना कार्यकर्ता पक्राउ परेका छन् ।

 

महानगरीय अपराध महाशाखाले व्यापारीहरुसँग चन्दा माग्ने र नदिए भौतिक कारबाहीको चेतावनी दिने विप्लव नेकपाका ३ जनालाई पक्राउ गरेको हो ।  विशेष सूचनाका आधारमा प्रहरीले तीनै जनलाई बिहीवार बेलुका काठमाडौंको थापाथलीबाट पक्राउ परेको हो ।

 

पक्राउ पर्नेमा दैलेख घर भइ विप्लव नेतृत्वको नेकपानिकट क्रान्तीकार ट्रेड युनियनका केन्द्रीय सदस्य, लोकेन्द्र राज थापा, दैलेख नै घर भइ क्रान्तीकारी ट्रेड युनियनको हाइड्रो तथा खानी शाखाको केन्द्रीय महासचिव केशव बहादुर बुढा तथा गोरखा घर भइ क्रान्तीकार ट्रेड युनियनको हाइड्रो तथा खानी शाखाको केन्द्रीय उपाध्यक्ष विकाश थापा छन् ।

 

पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...