व्यापारीसँग जबर्जस्ती चन्द अशुल्ने विप्लव नेकपाका ३ कार्यकर्ता पक्राउ



हाम्रो इकोनोमि

 

काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा बस्ने व्यापारीसँग चन्दा माग्ने नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ३ जना कार्यकर्ता पक्राउ परेका छन् ।

 

महानगरीय अपराध महाशाखाले व्यापारीहरुसँग चन्दा माग्ने र नदिए भौतिक कारबाहीको चेतावनी दिने विप्लव नेकपाका ३ जनालाई पक्राउ गरेको हो ।  विशेष सूचनाका आधारमा प्रहरीले तीनै जनलाई बिहीवार बेलुका काठमाडौंको थापाथलीबाट पक्राउ परेको हो ।

 

पक्राउ पर्नेमा दैलेख घर भइ विप्लव नेतृत्वको नेकपानिकट क्रान्तीकार ट्रेड युनियनका केन्द्रीय सदस्य, लोकेन्द्र राज थापा, दैलेख नै घर भइ क्रान्तीकारी ट्रेड युनियनको हाइड्रो तथा खानी शाखाको केन्द्रीय महासचिव केशव बहादुर बुढा तथा गोरखा घर भइ क्रान्तीकार ट्रेड युनियनको हाइड्रो तथा खानी शाखाको केन्द्रीय उपाध्यक्ष विकाश थापा छन् ।

 

पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...