रवि लामिछानेको बिषयमा दीपकराज गिरीले फेसबुकमै यसो लेखे



हाम्रो इकोनोमि

 

चर्चित सञ्चारकर्मी रवि लामिछानेले र उनकी पूर्वपत्नि ईशा लामिछानेको विषयमा सामाजिक सञ्जालमा वहस चल्न थालेपछि कलाकार दीपकराज गिरीले रवि लामिछानेको पक्षमा उभिएका छन् ।

दिपकराज गिरीले शुक्रबार एक स्टाट्स लेखेका छन् ।

भगवान बुद्धको सम्झना गर्दै दीपक लेख्छन् ” भगवान बुद्द ले पनि घरकी श्रीमती छोडे ,बच्चा पनि छोडे अब त्यसमा अल्मलिएर बस्ने कि बुद्दले दिएको ज्ञान , उनले समाजलाइ दिएको योगदानको कदर गर्ने?”

उनको यो स्टाटसमा मिश्रित प्रतिक्रिया आइरहेको छ ।

उनको स्टाटस शेयर गर्दै रुक्मागत शर्मा पौडेल लेख्छन् : “सबैले बुद्धले जस्तो घरकी श्रीमती छोडने?

बुद्धले त घरकी छोडे तर परकी अपनाएनन्।

हामीले त बुद्धको नाममा घरकी छोडेर पर परकी अपनाउदै गएका छौ।

बुद्धसंग हामीलाई दाज्न मिल्छ? ”

 

कसैलाइ देवत्वकरण नगरौं ।

पारिवारिक जिवन यापन गर्दा गल्ति दुवैतर्फबाट भएका होलान् ।

रवि लामिछाने १०० % सहि र इशा लामिछाने १००% गलत कदापी हुन सक्दैनन् ।

कमिकमजोरी दुवैतर्फबाट भएका छन् ।

उनीहरुले यसलाई कानुनी रुपमै टुङ्गाइसकेका छन् ।

कानुनी रुपमै अलग्गै भैसकेपछि पूर्वपत्नीले विगतका कुरा कोट्याउनु हुँदैनथ्यो त्यो उनको अहिलेको कमजोरी देखियो ।

मिडियामा आउनको लागि मेनुका पौडेलको सिको नै गरेकी हुन् भने त हाम्रो भन्नु केही छैन ।

रवि लामिछानेले पनि म नेपालमै बसेर अमेरिकामा भएका सम्पूर्ण परिवारको व्यवस्थापन गरिरहेको छु भन्नु आफैमा अव्यवहारिक कुरा हो ।

एउटा टेलिभिजन कार्यक्रम चलाउने मान्छेले नेपालमा पाएको तलबले अमेरिकामा बसेका पूर्वश्रीमति र २ जना छोरीको लालनपालन गर्न पक्कै पनि सकिदैन ।

त्यो अव्यवहारिक कुरा हो ।

 

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...