अझै स्वीकृत भएन दिगम्बर झाको राजीनामा



हाम्रो इकोनोमि

 

सरकारले नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई राजीनामा दिन लगाएको र उनले राजीनामा दिएको चर्चा चले पनि अहिलेसम्म झाको राजीनामा स्वीकृत भएको छैन ।

 

दूरसञ्चार प्राधिकरणको वेबसाइटमा अझै झाको नाम अध्यक्षमै देख्न सकिन्छ । स्रोतका अनुसार सरकारले झाको राजीनामा अझैसम्म स्वीकृत गरेको छैन । विहीबारको क्याबिनेटले पनि झाको राजीनामा स्वीकृत गरेन ।

 

पछिल्लो समय नेकपाभित्र झाको नियुक्तिलाई लिएर तीव्र असन्तुष्टि बढिरहेका बेला एकाएक उनको राजीनामा आएको थियो । यसै साता ६५ वर्षे उमेर हदका कारण पदबाट हट्नुपर्ने बाध्यतामा रहेका झाले प्रधानमन्त्री ओलीमाथि आलोचना बढेपछि राजीनामा दिएका थिए ।

 

सञ्चार मन्त्रालय स्रोतका अनुसार झाको राजीनामा सनाखत हुन ढिलो भएकाले अहिलेसम्म स्वीकृत नभएको हो । स्रोतले भन्यो, ‘झाको राजीनामा मन्त्रालयबाट सनाखत भइसकेको छ । तर, विहीबारको क्याबिनेटमा समयाभावका कारण प्रस्तुत हुन नपाएकाले अर्को बैठकबाट राजीनामा स्वीकृत हुन्छ । दूरञ्चार प्राधिकरणमा अध्यक्षको कार्यवाहक जिम्मेवारी बरिष्ठ निर्देशक पुरुषोत्तम खनालले सम्हालिसकेको मन्त्रालय स्रोतले  बतायो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...