अझै स्वीकृत भएन दिगम्बर झाको राजीनामा



हाम्रो इकोनोमि

 

सरकारले नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई राजीनामा दिन लगाएको र उनले राजीनामा दिएको चर्चा चले पनि अहिलेसम्म झाको राजीनामा स्वीकृत भएको छैन ।

 

दूरसञ्चार प्राधिकरणको वेबसाइटमा अझै झाको नाम अध्यक्षमै देख्न सकिन्छ । स्रोतका अनुसार सरकारले झाको राजीनामा अझैसम्म स्वीकृत गरेको छैन । विहीबारको क्याबिनेटले पनि झाको राजीनामा स्वीकृत गरेन ।

 

पछिल्लो समय नेकपाभित्र झाको नियुक्तिलाई लिएर तीव्र असन्तुष्टि बढिरहेका बेला एकाएक उनको राजीनामा आएको थियो । यसै साता ६५ वर्षे उमेर हदका कारण पदबाट हट्नुपर्ने बाध्यतामा रहेका झाले प्रधानमन्त्री ओलीमाथि आलोचना बढेपछि राजीनामा दिएका थिए ।

 

सञ्चार मन्त्रालय स्रोतका अनुसार झाको राजीनामा सनाखत हुन ढिलो भएकाले अहिलेसम्म स्वीकृत नभएको हो । स्रोतले भन्यो, ‘झाको राजीनामा मन्त्रालयबाट सनाखत भइसकेको छ । तर, विहीबारको क्याबिनेटमा समयाभावका कारण प्रस्तुत हुन नपाएकाले अर्को बैठकबाट राजीनामा स्वीकृत हुन्छ । दूरञ्चार प्राधिकरणमा अध्यक्षको कार्यवाहक जिम्मेवारी बरिष्ठ निर्देशक पुरुषोत्तम खनालले सम्हालिसकेको मन्त्रालय स्रोतले  बतायो ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...