नेकपाका नेता सुर्य थापाले रेशम चौधरीलाई दिए यस्तो बधाई



हाम्रो इकोनोमि

 

नेकपाका नेता सुर्य थापाले रेशम चौधरीलाई फेसबुक मार्फत बधाई दिएका छन । उनले माननीय रेशम चौधरीलाई ३३ कोटी देवताहरूको यस बसोबास्थलमा हार्दिक बधाई भनेका छन ।

हेर्नुहोस नेता थापाको बधाई

माननीय रेशम चाैधरीलाई ३३ काेटी देवताहरूकाे यस बसाेबास्थलमा हार्दिक बधाई :

प्रतिनिधिसभाका सभामुखले संविधान र कानुनबमाेजिम नै यहाँलाई पद तथा गाेपनियताकाे सफथ गराउनुभएकाे विश्वास छ । उम्मेदवारी दिंदा निर्वाचन आयोगले कानुनबमाेजिम नै याेग्य स्वीकार गरेर दर्ता गरेकाे थियाे हाेला ! मतदाताले कानुनबमाेजिम दर्ता भएर अन्तिम नामावली सार्वजनिक तथा मतपत्रमा दिएकै चुनावचिन्हमा ३४ हजारभन्दा बढी मत दिएर विजयी गराएका हाेलान् । विजयी भएकाे परिणाम कानुनबमाेजिम गणना र घाेषणा भएकाे नै हाेला । अदालतले पनि यहाँले गरेकाे कामकै सप्रमाण जेल चलान गरेकाे हाेला ।

 

निर्वाचित सांसद जेलमा रहेकाे अवस्था हुनाले १ बर्षपछि भए पनि जेलबाट सिहदरबार ल्याई सभामुखले कृपापूर्वक सपथ गराउनुभएकाे हाेला । यस्ताे घमाइलाे यथार्थ हुँदाहुँदै यहाँकाे जहिलेसुकै विराेध र भर्त्सना गर्नेहरू याे धर्तीका भार हुन् ।

 

आफु टिकट पाउन, लिन र निर्वाचित हुनसम्म नसक्ने, एउटा साेझाे थारूकाे छाेराले गरेकाे कमाल देखिसहन नचाहने, डाह र जलनले ग्रस्त जाेसुकै व्यक्तिहरूकाे विराेधले केही लछार्पाटाे लाउनसक्नेवाला छैन !? तिर्खा लाग्याे पानी खाएँ, मैले के बिराएँ भन्ने गीत सुन्नु नि विराेध गरेर समय खेर फाल्नुभन्दा ! तर विराेधले केही हुदैन । सरकारले चाह्याे, सभामुखले सपथ गराउनु भयाे, मैले सपथ गरें !

 

आन्दोलनमा मान्छे कहाँ मरेका छैनन् ? युद्दमा निर्दाेषकाे ज्यान कहिले गएन ? पटमूर्खहरू निर्दाेषकाे संझना गरेर अनावश्यक रूवावासी गरिरहेछन ! एक जननिर्वाचित सांसदलाई कारागारमुक्त गर्न माग गरेकाे बरू न्यायाेचित, सही र सामयिक कदम हुन्थ्याे, हगि ???

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...