नेकपाका नेता सुर्य थापाले रेशम चौधरीलाई दिए यस्तो बधाई



हाम्रो इकोनोमि

 

नेकपाका नेता सुर्य थापाले रेशम चौधरीलाई फेसबुक मार्फत बधाई दिएका छन । उनले माननीय रेशम चौधरीलाई ३३ कोटी देवताहरूको यस बसोबास्थलमा हार्दिक बधाई भनेका छन ।

हेर्नुहोस नेता थापाको बधाई

माननीय रेशम चाैधरीलाई ३३ काेटी देवताहरूकाे यस बसाेबास्थलमा हार्दिक बधाई :

प्रतिनिधिसभाका सभामुखले संविधान र कानुनबमाेजिम नै यहाँलाई पद तथा गाेपनियताकाे सफथ गराउनुभएकाे विश्वास छ । उम्मेदवारी दिंदा निर्वाचन आयोगले कानुनबमाेजिम नै याेग्य स्वीकार गरेर दर्ता गरेकाे थियाे हाेला ! मतदाताले कानुनबमाेजिम दर्ता भएर अन्तिम नामावली सार्वजनिक तथा मतपत्रमा दिएकै चुनावचिन्हमा ३४ हजारभन्दा बढी मत दिएर विजयी गराएका हाेलान् । विजयी भएकाे परिणाम कानुनबमाेजिम गणना र घाेषणा भएकाे नै हाेला । अदालतले पनि यहाँले गरेकाे कामकै सप्रमाण जेल चलान गरेकाे हाेला ।

 

निर्वाचित सांसद जेलमा रहेकाे अवस्था हुनाले १ बर्षपछि भए पनि जेलबाट सिहदरबार ल्याई सभामुखले कृपापूर्वक सपथ गराउनुभएकाे हाेला । यस्ताे घमाइलाे यथार्थ हुँदाहुँदै यहाँकाे जहिलेसुकै विराेध र भर्त्सना गर्नेहरू याे धर्तीका भार हुन् ।

 

आफु टिकट पाउन, लिन र निर्वाचित हुनसम्म नसक्ने, एउटा साेझाे थारूकाे छाेराले गरेकाे कमाल देखिसहन नचाहने, डाह र जलनले ग्रस्त जाेसुकै व्यक्तिहरूकाे विराेधले केही लछार्पाटाे लाउनसक्नेवाला छैन !? तिर्खा लाग्याे पानी खाएँ, मैले के बिराएँ भन्ने गीत सुन्नु नि विराेध गरेर समय खेर फाल्नुभन्दा ! तर विराेधले केही हुदैन । सरकारले चाह्याे, सभामुखले सपथ गराउनु भयाे, मैले सपथ गरें !

 

आन्दोलनमा मान्छे कहाँ मरेका छैनन् ? युद्दमा निर्दाेषकाे ज्यान कहिले गएन ? पटमूर्खहरू निर्दाेषकाे संझना गरेर अनावश्यक रूवावासी गरिरहेछन ! एक जननिर्वाचित सांसदलाई कारागारमुक्त गर्न माग गरेकाे बरू न्यायाेचित, सही र सामयिक कदम हुन्थ्याे, हगि ???

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...