रवि लामिछाने र निकिता पौडेल बिहे गर्दै



हाम्रो इकोनोमि

 

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल र सञ्चारकर्मी रवि लामिछाने विवाह बन्धनमा बाँधिने भएका छन् ।

उनीहरूबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध कायम थियो ।
एक साताअघि दुवैले इन्गेजमेन्ट गर्ने आफ्ना साथीभाइलाई जानकारी गराएका थिए ।

तर, त्यस बीचमा रवि कुनै काममा लागेकाले हाललाई स्थगित भएको स्रोतले बताएको छ ।

निकिता पौडेलले भने आफूले रविसँग बिहे गर्ने निर्णय नै गरिसकेको उनी निकट निर्माता निर्देशकहरूलाई बताउँदै आएकी छन् ।

निकिता गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलकी छोरी हुन् ।

उनी श्रीमान्सँग डिभोर्स भएर सात वर्षदेखि एक्लै बस्दै आएकी छन् ।

रवि लामिछाने पनि अहिले सिंगल छन् ।

गत मंसिरमा मात्र उनको अमेरिका बस्दै आएकी जेठी श्रीमती इशासँग कानुनी रूपमा डिभोर्स भएको थियो ।

रवि र इशाबीच २५ वर्षअघि बिहे भएको थियो ।

रविको जेठी श्रीमतीसँग दुईवटी छोरी छन् भने अमेरिकी युवतीसँग एक छोरा छन् ।

अमेरिकी युवतीसँग रवि ६–७ वर्षसँगै बसेका थिए ।

यो कुरा रवि आफैंले स्वीकारेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...