रवि लामिछाने र निकिता पौडेल बिहे गर्दै



हाम्रो इकोनोमि

 

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल र सञ्चारकर्मी रवि लामिछाने विवाह बन्धनमा बाँधिने भएका छन् ।

उनीहरूबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध कायम थियो ।
एक साताअघि दुवैले इन्गेजमेन्ट गर्ने आफ्ना साथीभाइलाई जानकारी गराएका थिए ।

तर, त्यस बीचमा रवि कुनै काममा लागेकाले हाललाई स्थगित भएको स्रोतले बताएको छ ।

निकिता पौडेलले भने आफूले रविसँग बिहे गर्ने निर्णय नै गरिसकेको उनी निकट निर्माता निर्देशकहरूलाई बताउँदै आएकी छन् ।

निकिता गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलकी छोरी हुन् ।

उनी श्रीमान्सँग डिभोर्स भएर सात वर्षदेखि एक्लै बस्दै आएकी छन् ।

रवि लामिछाने पनि अहिले सिंगल छन् ।

गत मंसिरमा मात्र उनको अमेरिका बस्दै आएकी जेठी श्रीमती इशासँग कानुनी रूपमा डिभोर्स भएको थियो ।

रवि र इशाबीच २५ वर्षअघि बिहे भएको थियो ।

रविको जेठी श्रीमतीसँग दुईवटी छोरी छन् भने अमेरिकी युवतीसँग एक छोरा छन् ।

अमेरिकी युवतीसँग रवि ६–७ वर्षसँगै बसेका थिए ।

यो कुरा रवि आफैंले स्वीकारेका छन् ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...