सपथलगत्तै रेशम चौधरी डिल्लीबजार कारागार चलान



हाम्रो इकोनोमि

 

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम कुमार चौधरीलाई सपथलगत्तै डिल्लीबजारस्थित सदर खोर लगिएको छ ।  टीकापुर हत्याकाण्डमा हाल डिल्लीबजारस्थित सदरखोरमा पुर्पक्षका लागि जेलमा रहेका चौधरीलाई राजपा नेपालको दवावमा पद तथा गोपनियताको सपथ दिलाइएको हो ।

 

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख कृष्ण बहादु्र महराले चौधरीलाई पद तथा गोपनियताको सपथ दिलाएका थिए । सपथसँगै संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले चौधरीलाई सांसदको गोलो लगाइदिएका थिए ।   थारु भाषामा सपथ लिएका चौधरीलाई सपथकै लागि डिल्लीबजारस्थित सदर खोरबाट सिंहदरबार पुर्याइएको थियो ।  सपथपछि सभामुख महराले सांसद चौधरीलाई फूलमाया लगाइदिए भने त्यहाँ पुगेका राजपाका नेताहरुले पनि उनलाई बधाई दिँदै फूलमाला लगाइदिए ।

 

२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ७ जना प्रहरीसहित ८ जनाको ज्यान गएको थियो। सो घटनामा संलग्न भएको भन्दै चौधरीविरूद्ध मुद्दा लागेको थियो। घटनापछि फरार रहेका चौधरीले  सार्वजनिक नभइकनै प्रतिनिधि सभामा उम्मेद्वारी दिई विजयी हासिल गरेका थिए ।  तर उनले निर्वाचित भए पनि सपथ लिन पाएका थिएनन्। गत असारमा उनले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए । त्यसपछि पुपक्र्षका लागि जेल चलान भएका हुन् ।

 

सपथपछि रेशम चौधरीले भने : माला र खादा लगाएर फेरि जेल जानुपर्ने ?

सांसद रेशम चौधरीले सपथ खुवाएपछि सांसदलाई जेल पठाउन मिल्छ कि मिल्दैन भनी प्रश्न गरेका छन् । बिहीबार संसद सचिवालयमा सभामुख कृष्णबहादुर महरासँग सपथ लिएपछि उनले सपथ खुवाएपछि सांसदलाई कारागार पठाउन मिल्छ कि मिल्दैन भन्ने प्रश्न गरेक हुन् ।

 

‘यो लोगो सांसदको लोगो हो । एकजना सांसदलाई सपथ खुवाएर कारागारमा पठाउन मिल्छ कि मिल्दैन ?’ उनले भने ‘यो लोगोको सम्मान के हो ? यो लोगो हामी सम्पूर्ण प्रतिनिधि र राष्ट्रियसभामा सहभागी हुने सदस्यको कत्तिको इज्जत राख्छ राज्यले बोल्ला, संसदले बोल्ला ।’

 

आफू माला र खादा लगाएर फेरि जेल जानुपर्ने भन्दै उनले प्रश्न गरे । ‘मैले लगाएको लोगोको प्रतिष्ठा कति रहन्छ कति रहन्न ?’ नेपाली कानूनमा कुनै पनि व्यक्तिलाई साढे ३ वर्षसम्म पुर्पक्षका लागि थुनामा राख्न नपाइने भए पनि आफूहरु जेलमा बसिरहेको भन्दै चौधरीले यो मुद्दा छिटो भन्दा छिटो टुंग्याउन आग्रह गरे । आफूले द्वन्द्व नचाहेको भन्दै उनले जनताले न्याय नपाएसम्म समृद्धि नआउने बताए । ‘शान्ति नभई समृद्धि बन्न सक्दैन । समृद्धि बनाउन जनतालाई न्याय दिनुपर्छ’ उनले भने ।

 

प्रवासमा पकौडा खाएर बस्नुभन्दा आफ्नै देशको दालभात तरकारी मन परेर जेल बस्न आएको उनले बताए । ‘मलाइ मेरै देशको दालभात तरकारी मन प यो र जेलमा बन्द भएँ । जेलमा पनि सर्वसाधारण कैदीको जीवनयापन गरिरहेको छ’ उनले भने ।

 

सपथ ग्रहणपछि रेशम चौधरीलाई रिहा गर्न उपेन्द्र यादवले ओलीलाई दिए यस्तो दवाब

 

उपप्रधानमन्त्री एवं स्थास्थ्यमन्त्री उपेन्द्र यादवले सांसद रेशम चौधरीलाई जेलमुक्त गर्नुपर्ने बताएका छन् । आफूलगायत सबैतिरबाट पहल भएपछि चौधरीलाई  सपथ ग्रहण गराउने सहमति भएको उपप्रधानमन्त्री यादवले जानकारी दिए ।

 

हाल जेलमा रहेका सांसद चौधरीमाथि लागेको मुद्दा राजनीतिक भएकाले उनलाई रिहा गरेर राजनीतिक समझदारीका आधारमा हल गरिनुपर्ने मन्त्री यादवले बताए । यादवले भने- ‘यो राजनीतिक मुद्दा हो । राजनीतिक मुद्दामा थुनेर हुँदैन, राजनीतिक समझदारीबाट अगाडि बढ्नुपर्छ ।’

 

जेलमा रहेका बेला चुनाव लड्नसमेत पाइने बताउँदै मन्त्री यादवले जेलमा रहेका बेला सपथ ग्रहण गर्न कानूनले नछेक्ने प्रतिक्रिया दिए । उपप्रधानमन्त्री यादवले  भने- ‘जेलमा हुँदाखेरि उम्मेदवारी दिन मिल्छ, सपथ ग्रहण गर्न किन मिल्दैन ? यो कानूनमा अमिल्दो विषय होइन । जेलमा बसेर चुनाव लड्न मिल्छ भने चुनाव जितेपछि जेलमा बसेर सपथ लिन मिल्छ।’

 

संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले अगाडि भने, ‘सपथ ग्रहण जहाँ गराए पनि हुन्छ ।  तर, सपथ ग्रहणपछि संसदमा उपस्थित नगराई जेलमै लैजानुपर्ने कारणचाहिँ किन ? यो प्रश्नमा उपप्रधानमन्त्री यादवको जवाफ छ, ‘यो त गृहमन्त्रालयलाई थाहा हुन्छ । प्लान उसैको हो ।’

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...