रेशम चौधरीलाई सपथका लागि लगियो सिंहदरबार



हाम्रो इकोनोमि

 

कैलाली टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई सपथग्रहणका लागि सदरखोर डिल्लीबजारबाट सिंहदरवार लगिएको छ ।  उनलाई बिहानै ११ः ३० वजे शपथ गराउने कार्यक्रम थियो तर जेलको कानुनी प्रकृया पुरा नभएको कारण ३ बजेका लागि सारिएको थियो ।

 

चौधरीलाई कारगारबाट निकाल्दा उनको स्वागतका लागि श्रीमती रन्जिता चौधरी श्रेष्ठ, आफन्तजन र राजपाका कार्यकर्ताहरुले फुलमाला लगाएर स्वागत गरेका थिए । चौधरीले निर्वाचित भएको प्रमाणपत्र समेत पाएका छन् ।

 

यसअघि उनले संसदको प्रमाणपत्र पाएका थिएनन् । प्रमाणपत्रका लागि उनकी श्रीमती रञ्जिताले बारम्बार आयोगमा दबाब दिँदै आएकी थिइन् । प्रमाणपत्र लिनका लागि उनले अदालतमा मुद्दा समेत दायर गरेका थिए ।

 

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भएको प्रहरी र आन्दोलनकारीको झडमा एक बालकसहित ८ जनाको हत्या भएको थियो ।  सो घटनाको मुख्य दोषी रेशम चौधरीलाई देखाएपछि उनी फरार भएका थिए । भारतका विभिन्न ठाउँमा लुकेर बसेका उनले फरारकै अवस्था प्रतिनिधिसभा चुनाव लडेका थिए भने ३४ हजार ३४१ मतका साथ विजय भएका थिए ।

 

२०७४ फागुन १४ गते अदालतमा हाजिर भएका उनलाई पूर्पक्षका लागि थुनामा राखिएको थियो । थुनामा रहेका उनी त्यही अनसन शुरु गरेका थिए । अनसनमा अस्वस्थ्य भएपछि २०७४ फागुन २३ गते बुद्ध एयरबाट काठमाडौ ल्याइएको थियो ।

 

काठमाडौमा उनको उपचार वीर अस्पतालमा भइरहेको थियो । उनले त्यहाँ पनि अनसन शुरु गरेका थिए । राजपा नेपालको दवाव पछि चाँडै शपथग्रहण गराउने भन्दै प्रधानमन्त्री केपी ओलीको निर्देशनमा गृहमन्त्री रामबहादुर थापाले उनलाई जुस खुवाएर अनसन तोडाएका थिए ।

 

चौधरीले अनसन तोडेपछि शपथग्रहणमा ढिलाई भइरहेको थियो । ढिलाईका भएको भन्दै राजपा नेपालले पटक पटक प्रधानमन्त्री ओलीलाई दवाव दिँदै आएको थियो । सोही दवावका कारण प्रधानमन्त्री ओली उनलाई सपथ खुवाउन तयार भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...