कार्यकक्षमै कुटिए वन मन्त्री



हाम्रो इकोनोमि

 

जनयुद्ध लड्दा घाईते भएको अपाङ्ग परिचय पत्रको व्यवस्था, स्वास्थ्य उपचार सुविधा जिविकोपार्जन भत्ता लगायतका माग शिविर मंसिर २६ गते देखि अनसन गरेका छ जना घाईते पूर्व लडाकु र सरकार बीच पुस नौ गते गृहमन्त्रालयमा चार बूँदे सहमति भयो । यो सहमतिको समाचार व्यापकताका साथ प्रचार भइरहेको छ ।

 

तर, यो सहमति भए लगतै एक पूर्व लडाकुले कार्यकक्षमै मन्त्रीमाथि हातपात गरेको समाचार भने भित्र भित्रै लुकाइएको घटना प्रकाशले फेला पारेको छ । यसरी आफ्नै सहकर्मी पूर्व लडाकुको कुटाई खाने मन्त्री हुन शक्तिबहादुर बस्नेत हुन । वन तथा वातावरण मन्त्री बस्नेलताई जाजरकोटका आफ्नै कार्यकर्ताले सिंहदरवारस्थित मन्त्रालयको कार्यकक्षमै हातपात गरेका थिए ।

 

समाचार अनुसार वनमन्त्री बस्नेतको गृह जिल्ला जाजरकोटका पूर्व लडाकु आर्थिक सहयोग माग्न वन मन्त्रालयमा पुगेका थिए । त्यस बखत ती कार्यकर्ताले मन्त्रीलाई भनेका थिए । जिन्दगीका उर्वर वसन्तहरु युद्धमा लडेर विताईयो । तपाईँहरुले भने झैं क्रान्ती सफल भयो । अहिले तपाइँहरु मन्त्री हुनुभएको छ । म अहिले गम्भीर बिरामी छु । काठमाडौंमा कसैसंग आश्रय लिएर बसिरहेको छु । म संग उपचार गर्ने पैसा पनि छैन ।

 

त्यसैले मलाई उपचार गर्न सहयोग गरिदिनु प¥यो । पूर्व लडाकुले गुनासो गरिरहँदा मन्त्री बस्नेत अहिले गृहले रकम नदिने गरेको । आफुले पनि दिन नसक्ने भन्दै रुखो व्यवहार देखाएका थिए । त्यसपछि ती लडाकुले तपाइँहरु मन्त्री हुनुहुन्छ, श्रीमती सत्या पहाडी पनि सांसद हुनुहुन्छ ।

 

क्वाटरमा बसेर घरभाडा बुझ्ने गरेको समाचार आएको छ । तपाइँहरुलाई यस्तो अवस्थामा हामीले युद्ध लडेर पु¥याएको हो । त्यसैले व्यक्तिगत रुपमै भएपनि तपाइँले सहयोग गर्नु पर्छ । यसपछि मन्त्रीले के जवाफ दिए एक्कासी ती जाजरकोटे कार्यकर्ताले मन्त्रीमाथि जाइलागे । स्रोतका अनुसार ती कार्यकर्ताले त्यसवेला मन्त्रीमाथि हात छोडेका थिए ।

 

त्यसपछि तिनलाई प्रहरीले समातेर मन्त्रीको कार्यकक्षबाट बाहिर निकालेका थिए । तर आफ्नै कार्यकर्ताको हातबाट कुटाई खाएको विषयले झन आफ्नै वेइज्जत हुने भयले होला मन्त्रीले घटना बाहिर नलैजान सचिवालयमा उर्दी जारी गरेका थिए । यसपछि घटना वन मन्त्रालयमै सामसुम भएको थियो । प्रकाशले मन्त्रीमाथि हातपात गर्ने पूर्व लडाकुसंग कुराकानी गर्ने प्रयत्न जारी राखेको छ ।

 

उनलाई के दवाव छ कुन्नी यस बारेमा बोल्न मानिरहेका छैनन् । जनयुद्धताका माओवादी लडाकुका कमिसार रहेका बस्नेत माओवादीका धेरै फाईदा लिने नेतामा पर्छन । श्रीमती र आफू पालैपालो मन्त्री हुने सूचीमा बस्नेतको नाम पनि दर्ज छ । उनकी छोरी हाल उनले भाषणमा भन्ने गरेको साम्राज्यवालीको नाइके अमेरीकामा उच्चशिक्षा लिईरहेकी छिन ।

 

अर्कै खेल
उता वन मन्त्रालयमा भित्रभित्र ठूलो खिचडी पकाउन थालिएको छ । यो खिचडी पकाउन ब्यस्त छन् । यति एयरलाईन्सका संचालक आङ छिरिङ शेर्पालाई अघि सारेर पर्यटन मन्त्री पड्काउन खोज्ने दोलखाका सांसद पार्वत गुरुङ । गुरुङको नेतृत्वमा अहिले वन स्थानीय तहलाई हस्तान्तरण गर्ने योजना बनाउन ‘लविङ’ शुरु भएको छ ।

 

जडिबुटी व्यावसायमा चासो राख्ने गुरुङको अगुवाईमा वन किन स्थानीय तहलाई हस्तान्तरण गर्नुका पछाडि गम्भीर अर्थ रहेको समाचार स्रोत बताउँछ । वनलाई प्रदेशबाट झिकेर स्थानीय तहमा लैजाने वातावरण निमार्णका लागि सांसद गुरुङको टोलीले हिजो वन मन्त्री बस्नेतसंग भेटवार्ता गरिसकेको छ । उनीहरुले वन ऐन २०७५ को विधेयक संसोधनको माग गरेका छन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली निकटष्थ गुरुङ सरकार पुनः गठन भएका वखत सम्भावित मन्त्रीको सूचीमा समेत छन् ।

 

त्यसो त वन मन्त्री बस्नेत अहिले मन्त्रालयमा आफै पीडित बनेको गुनासो गरिरहेका छन । ओली वंश गुठीका महासचिव रहेकै हैसियतमा सचिव विश्वनाथ ओलीले सोझौ प्रधानमन्त्री संग डिल गर्ने गरेका कारण मन्त्री बस्नेतले पीडा अनुभव गरिरहेको बताईन्छ । उनले यस बारेमा पार्टी अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डसंग गुनासो गरेपनि सुनुवाई पाएका छैन ।

प्रकाश खबरबाट साभार

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...