बिवाद भएपछि रेशम चौधरीको शपथ ग्रहण कार्यक्रम स्थगित



 

संविधानविदहरूले टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरीलाई सांसद पदको शपथ ग्रहण गराउन नमिल्ने बताएका छन् । चौधरीलाई विहीबार शपथ गराउन लागेको सन्दर्भमा प्रश्न गर्दा संविधानविदहरूले भने, ‘निर्वाचित भएलगत्तै शपथ गराउन के कारणले मिलेको थिएन र, अहिले परिस्थितिमा के परिवर्तन आयो जसले गर्दा शपथ खुवाइँदैछ ।

 

कैलाली १ बाट निर्वाचित भए पनि अदालतमा मुद्दा विचाराधीन रहेकाले चौधरीलाई शपथ ग्रहण गराउन नमिल्ने उनीहरूको धारणा छ । संविधानविद डा। विपीन अधिकारी अदालती प्रक्रियाबाट छुट नपाएकाले शपथ गराउन नमिल्ने बताउँछन् ।

 

‘जतिसुकै राजनीतिक परिवर्तन भए पनि अदालतमा निर्दोषिता परीक्षण भइरहेको व्यक्तिले राजनीतिक हैसियत प्रयोग गर्न सक्तैन’, डा. अधिकारीले  भने, ‘हत्या अभियोग लागेको व्यक्तिले पहिला अदालतबाट सफाई पाएकै हुनुपर्छ ।’

 

कानूनी प्रक्रियाकै कारण खुमबहादुर खड्का, जेपी गुप्ता जस्ता नेताहरू राजनीतिबाट विस्थापित भएको स्मरण गर्दै अधिकारीले भने, ‘रेशमलाल कुन माटोले बनेको छ र ? उनका लागि छुट्टै मापदण्ड लाग्ने ?’

 

नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले गम्भीर फौजदारी अपराधको अभियोग लागेका व्यक्तिलाई संसदजस्तो गरिमामय निकायको शपथ खुवाउन नमिल्ने बताए । संवैधानिक सर्वोच्चताको देश भएकाले कानूनले जे भन्छ त्यहीअनुसार काम गर्नुपर्ने खड्काको भनाइ छ ।

 

‘राजनीतिक सहमतिका नाममा यस्तो गैरकानूनी काम गर्न मिल्ने संवैधानिक प्रावधान छैन’ खड्काले  भने ‘कानून र संविधान अनुसार उहाँको शपथ गर्न मिल्दै मिल्दैन, कम्युनिस्ट शासनमा मिल्छ भने त के भनौ र ?’

 

७ भदौ २०७२ मा कैलालीको टीकापुरमा एक नाबालक सहित सात प्रहरीको हत्या भएको घट्नामा सासद चौधरीसहित २६ लाई विपक्षी बनाइएको छ । मानबहादुर बोहराको जाहेरीमा दर्ता भएको मुद्दा अभियुक्तहरू सांसद चौधरी डिल्लीबजारस्थित सदरखोर, लक्ष्मण थारुसहित २३ जना जिल्ला कारागार कैलाली र दुई नाबालक पोखरास्थित बाल सुधार गृहमा छन् । उनीहरूमाथि कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा छ ।

रेशम चौधरीको शपथ ग्रहण कार्यक्रम  सर्यो

टीकापुर हत्याकाण्डमा मुछिएका रेशम चौधरीको शपथ तीन वजेका लागि सारिएको छ ।  डिल्लीबजार सदरखोरमा रहेका रेशम चौधरीलाई जेलबाट रिहाई नगरिएका े कारण ११ः३० का लागि तोकिएको शपथ तीन बजेको लागि सारिएको बताइएको छ ।  १ बजे संसदको बैठक छ । बैठकपछि उनको सपथ हुने संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताए ।

 

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भएको प्रहरी र आन्दोलनकारीको झडमा एक बालकसहित ८ जनाको हत्या भएको थियो ।  सो घटनाको मुख्य दोषी रेशम चौधरीलाई देखाएपछि उनी फरार भएका थिए । भारतको विभिन्न ठाउँमा लुकेर बसेका उनले फरारकै अवस्था प्रतिनिधिसभा चुनाव लडेका थिए भने ३४ हजार ३४१ मतका साथ विजय भएका थिए ।

 

विजयी भएपनि निर्वाचन आयोगले उनलाई प्रमाणा पत्र दिएको थिएन । प्रमाणपत्र लिनका लागि उनले अदालतमा मुद्दा समेत दायर गरेका थिए । मुद्दा दायर भएपछि उनलाई निर्दोष भए अदालतमा हाजिर हुन अदालतले भनेको थियो । त्यसपछि उनी राजपा नेपालका नेताहरुको सल्लाहमा अदालतमा हाजिर भएका थिए ।

 

२०७४ फागुन १४ गते अदालतमा हाजिर भएका उनलाई पूर्पक्षका लागि थुनामा राखिएको थियो । थुनामा रहेका उनी त्यही अनसन शुरु गरेका थिए । अनसनमा अस्वस्थ्य भएपछि २०७४ फागुन २३ गते बुद्ध एयरबाट काठमाडौ ल्याइएको थियो ।

 

काठमाडौमा उनको उपचार वीर अस्पतालमा भइरहेको थियो । उनले त्यहाँ पनि अनसन शुरु गरेका थिए । राजपा नेपालको दवाव पछि चाँडै शपथग्रहण गराउने भन्दै प्रधानमन्त्री केपी ओलीको निर्देशनमा गृहमन्त्री रामबहादुर थापाले उनलाई जुस खुवाएर अनसन तोडाएका थिए ।

 

चौधरीले अनसन तोडेपछि शपथग्रहणमा ढिलाई भइरहेको थियो । ढिलाईका भएको भन्दै राजपा नेपालले पटक पटक प्रधानमन्त्री ओलीलाई दवाव दिँदै आएको थियो । सोही दवावका कारण प्रधानमन्त्री ओली उनलाई सपथ खुवाउन तयार भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
पाथीभरा दर्शन केवलकार निर्माण शिलान्यास कार्यक्रममा झडप

    ताप्लेजुङको फुङ्लिङ नगरपालिका- १० काफ्लेपाटीमा स्थानीयबीच झडप भैरहेको छ । पाथीभरा

म आफैं अदालत उपस्थित हुन्छु : मनाङे

    गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्च अदालतवाट

ऊर्जा राज्यमन्त्री तामाङ कै कम्पनी कालोसूचीमा

    प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन

हेटौंडा १२ मा एमालेका उम्मेदवार राजेश नगरकोटीले जित्ने बजार हल्ला

     निर्वाचन आयोगले रिक्त स्थानमा मंसीर १६ गते उपनिर्वाचन गर्ने तयारी थालेपछि