बेनेलीले नेपाल ल्यायो सस्तो बाइक ‘टीएनटी-१५’, यस्तो छ मूल्य



 

काठमाडौं । केटीएम इन्टरनेशनल ट्रेडिङले नेपाली बजारमा बेनेलीको सबैभन्दा सस्तो बाइक टीएनटी-१५० सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले नयाँ मोडलको यो बाइकलाई दुई भेरियन्टमा  सार्वजनिक गर्ने जनाएको छ ।

 

इटालीयन चर्चित बाइक बेनेली टीएनटी-१५ किन्न चाहने ग्राहकले अबको केही दिनभित्रै यो बाइक किन्न सक्नेछन् । यसको आधिकारीक बिक्री यही जनवरीमा गर्ने केटीएम इन्टरनेशनलले जानकारी दिएको छ ।

 

मूल्यका हिसाबले सस्तो रहेको यो बाइक फिचरका हिसावले फुल लोडेड रहेको छ । बाइकमा अल डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ भने दुवै चक्कामा डिस्क ब्रेक दिइएको छ ।

नेपाली बजारमा टीएनटी-१५ रातो, कालो र सेतो गरी तीन कलर भेरियन्टमा उपलब्ध हुने छ । यस बाइकको तौल १४० केजी रहेको छ ।

 

बेनेली टीएनटी-१५ मा १४८ सीसी, एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले ८५०० आरपीएममा १२.०६ बीएचपी पावर उत्पादन गर्छ । यस बाइकको इन्जिनमा ५-स्पीड म्यानुयल गियरबक्स जडान गरिएको छ । बाइकमा १६ लिटर क्षमताको फ्यूल ट्यांक दिइएको छ ।

 

यस बाइकको टप स्पीड क्षमता १३० किलोमिटर प्रतिघन्टा रहेको छ भने यसले ४५ देखि ५० किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । यसको नेपाली बजारमा मूल्य २ लाख ३० हजार रुपैयाँ तोकिएको छ ।

 

साथै, कम्पनीले टीएनटी-१५० आईपनि सार्वजनिक गर्न लागेको छ । यी दुबै बाइकलाई एकै दिन सार्वजनिक गर्ने कम्पनी स्रोतले मेरोअटोलाई बतायो । १४९.५ सीसी क्षमताको यो बाइकले १४ बीएचपी पावर उत्पादन गर्छ । यसको नेपाली बजारमा मूल्य ३ लाख २० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

 

यी हुन्, २०१९ मा भारतमा उत्पादन हुने इलेक्ट्रीक कार

अन्तर्राष्ट्रिय अटोमोबाइल क्षेत्रको ध्यान यतिबेला विद्युतीय सवारी साधनको उत्पादनमा केन्द्रित भएको छ । क्रमिक रुपमा विस्तार भैरहेको नेपाली बजारमा समेत विद्युतीय सवारी साधनको माग बढिरहेको देखिन्छ ।

 

अटोमोबाइल्स क्षेत्रमा निक्कै अब्बल बनेको भारत संसारकै चारवटा ठूला कार उत्पादक तथा प्रयोगकर्ता भएको देश हो । अहिले यी सबै कम्पनीहरु नयाँ योजनाका साथ, इलेक्ट्रीक कार उत्पादनमा केन्द्रित भएका छन् ।

नयाँ वर्ष २०१९को सुरुवातसँगै अटोकम्पनीहरुले नयाँ उत्पादनको योजना बनाइसकेका छन् । भारत सरकारले सन् २०२० अप्रिल एकबाट नयाँ इमिशन मापदन्ड तथा २०१९ अप्रिल एकबाट नयाँ सुरक्षा नीति कार्यन्वयन गर्ने तयारी गरेसँगै कम्पनीले आफ्नो उत्पादनलाई शिराबाट अगाडि बढ्ने लक्ष्य लिएका छन् ।

यो वर्ष बजारमा आउने ह्याचब्याक, सेडान, एसयुभी तथा प्रिमियम मोडल यस प्रकार रहेका छन् ।

 

रेनो क्वीड इभी 

रेनो कम्पनीले चिनीयाँ बजारका लागि निर्माण गरिरहेको क्वीड इभी भारतीय र नेपाली बजारमा समेत बिक्री वितरण गर्ने भएको छ । कम्पनीले यही वर्षबाट बिक्री सुरु गर्ने भएको यो ह्याचब्याक कम्पनीकोे निक्कै प्रतिक्षित कार हो ।

 

महिन्द्रा केयुभी १००

महिन्द्राले यही वर्ष इलेक्ट्रीक कार केयुभी १०० बजारमा ल्याउने तयारी गरेको छ । महिन्द्रा ईटुओ तथा ई–भेरिटो पश्चात् कम्पनीले यो मोडल बजारमा ल्याउने भएको हो । कम्पनीले यो मोडललाई २०१८ मा आयोजित अटो एक्स्पोमा समेत प्रदर्शन गरेको थियो  ।

 

महिन्द्रा एक्सयुभी ५०० ईभी 

महिन्द्राले सार्वजनिक गर्ने भएको अर्काे इभी एक्सयुभी ५०० पनि यही वर्ष बजारमा आउने छ । एसयूभी सेग्मेन्टमा महिन्द्रको पहिलो इलेक्ट्रीक गाडी बन्ने यो निकै प्रिमियम गाडी हुनेछ ।

 

टाटा टियागो इभी

साथै टाटा मोटर्सले चर्चित ह्याचब्याक टियागोको इलेक्ट्रीक भर्सन सार्वजनिक गर्ने तयारी गरेको छ । यसमा ८५ किलोवाटको इलेक्ट्रीक मोटर लगाइएको छ, यसले २०० एनएम टर्क जेनेरेट गर्नेछ । यसको टप स्पीड क्षमता १३५ किलोमिटर प्रतिघन्टा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्