२०१९ मा आउँदै छन्, यी सानदार स्कुटर



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय स्कुटरको माग निकै बढ्दै गएको छ । नेपाली बजारमा स्कुटरको बजार हिस्सा करिब ३० प्रतिशत रहेको छ भने भारतमा करिब ३३ प्रतिशत रहेको छ ।

 

विशेषतः युवापुस्तामा १२५ सीसी सेग्मेन्टका स्कुटरप्रतिको आकर्षण बढ्दो छ । बजारको बढ्दो मागलाई ध्यानमा राख्दै विभिन्न कम्पनीले नयाँ मोडलका स्कुटर बजारमा ल्याइरहेका छन् । २०१९ मा पनि कम्पनीहरुले भारतीय बजारलाई आधार बनाएर उत्कृष्ट स्कुटर ल्याउने तयारी गरेका छन् ।

 

ओकिनावा आईप्रेज 


इलेक्ट्रीक टु–ह्वीलर कम्पनी ओकिनावा अटोटेकले जनवरीमा इलेक्ट्रीक स्कुटर आईप्रेज सार्वजनिक गर्ने तयारी गरेको छ । यसमा उपलब्ध लिथियम आयन ब्याट्रीलाई दुई घन्टाको समयावधिमा फूल चार्ज गर्न सकिन्छ भने फूलचार्जमा १६० देखि १८० किलोमिटरसम्म चलाउन सकिन्छ ।

यसको टपस्पीड क्षमता ७५ किलोमिटर प्रतिघन्टा रहेको कम्पनीले जनाएको छ ।

 

हिरो मेस्ट्रो एज–१२५ 


हिरो मोटोकर्पले २०१८ मा आयोजित अटो एक्स्पोमा १२५ सीसी सेग्मेन्टका स्कुटर निर्माण गर्ने घोषणा गरेको थियो । सोही योजना बमोजिम निर्माण गरिएको मेस्ट्रो एज–१२५ सार्प बढीको कारण युवाको रोजाईमा पर्ने अपेक्षा गरिएको छ । यो स्कुटरमा आईथ्रीएस स्टार्टअप सिस्टम, यूएसभी चार्जिङ्ग प्वाइन्ट, सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र साइड स्ट्यान्ड इन्डिकेटरलगायतका विशेषता दिइएका छन् ।

यसमा उपलब्ध १२५ सीसीको सिङ्गल सिलिन्डर इन्जिनले ८.७ बीएचपी पावरकासाथै १०.२ एनएम–टर्क उत्पादन गर्छ ।

 

अप्रिलिया स्ट्रोम–१२५

अप्रिलियाको नयाँ स्कुटर स्ट्रोम–१२५ आगामी जुन महिनामा सार्वजनिक हुनेछ । यसमा अलोय–ह्वील तथा स्ट्यान्डर्ड कम्बाइन्ड ब्रेकिङ्ग सिस्टम दिइएको छ । यसको आकार अप्रिलियाको एसआर–१२५ सँग मिल्दाजुल्दो रहेको कम्पनीले जनाएको छ । यसमा उपलब्ध इन्जिनले ९.४ बीएपची पावरकासाथै ९.९ एनएम–टर्क उत्पादन गर्छ ।

 

यूएम चिल–१५० 


भारतीय बजारमा मौजुद यूएम मोटरसाइकलले यो वर्ष नयाँ स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले बजारमा ल्याउने भएको रेट्रो स्टाइलिङ्ग स्कुटरमा उपलब्ध १५० सीसी इन्जिनले उत्कृष्ट पावर प्रदान गर्नेछ ।

 

टीभीएस जूपिटर–१२५ 


टीभीएसको निकै चर्चित स्कुटर जूपिटर–१२५ भर्सनमा बजारमा आउने भएको छ । नयाँ जूपिटर फ्यूल इन्जेक्टेड इन्जिन युक्त मोडल हो । यसमा उपलब्ध इन्जिन बीएस ६ मापदन्डअनुसार हुनेछ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...