यी ५ नयाँ मोडलका कार, बजारमा आउनुअघि नै चर्चाको शिखरमा



हाम्रो इकोनोमि

 

सन् २०१९ को सुरुवातमा नै अटो बजार तताउने गरी ३ वटा नयाँ गाडी सार्वजनिक हुँदैछ । जसमा टाटाको बहुप्रतिक्षित ह्यारीयर, निशानको चर्चित किक्स र मारुती सुजुकीको सर्वाधिक सफल मध्यको एक वागेनआर यही जनवरीमा सार्वजनिक हुँदैछन् ।

 

साथै, महिन्द्राले आफ्नो सस्तो मूल्यको एसयूभी ‘एक्सयूभी–३००’ फेब्रुवरी १५ मा सार्वजनिक गर्ने घोषणा गरिसकेको छ भने हुन्डाईले यही सेग्मेन्टमा कोण नेम ‘क्यूएक्सआई’ कम्प्याक एसयूभी सार्वजनिक गर्दैछ । यी ५ वटै गाडीलाई यो वर्षको चर्चित हुने अनुमान गरिएको छ ।

 

यी सबै कारहरु नेपाली बजारमा २०१९ मा नै प्रबेश गर्ने छन् । यी कारले नेपाली वा भारतीय बजारमा कस्तो बिक्री आँकडा भेट्न सक्छन् त्यो भने थाहापाउन केही समय कुर्नुपर्ने छ ।

 

टाटा ह्यारिएर 

टाटा मोटर्सले आगामी जनवरी २३ मा टाटा ह्यारिएर सार्वजनिक गर्ने घोषणा गरेको छ । ह्यारियरको मिडिया रिभ्यू भने कम्पनीले डिसेम्बरको सूरुवातमै गरिसकेको छ । टाटाको यस प्रिमियम एसयूभीमा एफसीएको २.० लिटर मल्टिजेट आईआई डिजेल इन्जिन लगाइएको छ । यसले अधिकतम् १४० बीएचपी पावरकासाथै ३५० एनएम–टर्क उत्पादन गर्छ ।

 

यसको इन्जिनमा सिक्स–स्पीड म्यानूअल र अटोमेटिक दुबै ट्रान्समिसन अप्शन दिइएको छ । यो एसयूभीको मूल्य करिब १५ देखि २० लाख भारतीय रुपैयाँमा बिक्री–वितरण हुने अनुमान गरिएको छ ।

कम्पनीले अहिले ह्यारीयरलाई ५ सिट अप्सनमा बजारमा ल्याएको छ । यसमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र टाटाको अन्य मोडलमा उपलब्ध स्टेरिङ्ग ह्वील लगाइएको छ । ह्यारियरमा सुपर–ड्राइभ मोडसमेत उपलब्ध रहेको छ । जसमा कम्फर्ट, अटो, डायनामिक र रफ–रोड गरी चार ड्राइभिङ अप्शन उपलब्ध रहेको छ ।

 

निशान किक्स 

निशानले आफ्नो नयाँ कम्प्याक एसयूभी किक्सलाई २०१९ को जनवरी २१ मा सार्वजनिक गर्ने भएको छ । यसको लम्बाई र ह्वीलवेश पनि रेनो–डस्टरको जस्तै रहेको छ ।

फाइभ–सिट क्षमताको यस एसयूभीमा ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टमकासाथै अन्य धेरै प्रिमियम फिचरहरू रहेको जनाइएको छ । यो गाडी पेट्रोल र डिजल दुवै भर्सनमा उपलब्ध हुनेछ ।

 

पेट्रोल भर्सनमा १.५ लिटरको इन्जिन रहनेछ, जसले १०४ बीएचपी पावर प्रदान गर्नेछ भने फाइभ–स्पीडको सीभीटीसहितको म्यानूअल गियरबक्समा बजारमा आउनेछ । डिजल भर्सनमा पनि १.५ लिटरको इन्जिन रहनेछ, जसले १०८ बीएचपी पावर उत्पादन गर्नेछ । यसमा सिक्स–स्पीडको म्यानूअल ट्रान्समिसन रहनेछ ।

 

यसको भारतीय बजारको मूल्य ९ लाख ५० हजार देखि १५ लाखसम्म हुने अनुमान गरिएको छ । यसलाई नेपालमा पायोनियर मोटर्सले जनवरीमा नै सार्वजनिक गर्ने बताएको छ ।

 

मारुती सुजुकी वागेन–आर 

मारुती सुजुकीले आफ्नो थर्ड जेनेरेशनको वागेन–आर सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यस गाडीलाई सन् २०१९ को जनवरीमै सार्वजनिक गर्ने जनाएको हो । वागेन–आरमा फर्स्ट जेनेरेशन मोडलमा प्रयोग गरिएजस्तै बक्सी डिजाइनको प्रयोग गरेको छ । नयाँ वागेन–आर पहिलेको तुलनामा केही ठूलो हुनेछ । यसको सी–पिल्लर र बी–पिल्लरमा ब्ल्याक–कलर दिइएको छ भने रियर–इन्डमा एक्समेस–ट्री स्टाइलको टेललाइट दिइएको छ ।

नयाँ मारुती वागेन–आर सेकेन्ड जेनेरेशनको मोडेलभन्दा बढी सुरक्षित रहेको अनुमान गरिएको छ । मारुती वागेन–आरमा भारतीय इमिसन मापदन्ड बीएस–६ अनुसारको इन्जिन दिइएको छ । यसमा लगाइएको इन्जिनले ६७ बीएचपी पावर र ९० एनएम–टर्क उत्पादन गर्छ । यसमा फाइभ–स्पीड म्यानूअल गियरबक्स दिइएको छ ।

 

महिन्द्रा एक्सयूभी–३००

महिन्द्राले बहु–प्रतिक्षित कम्प्याक्ट एसयूभी एक्सयूभी–३०० फेब्रुअरी १५, २०१९ मा सार्वजनिक गर्दैछ । स्याङ्योङ टिभोली प्लेटफर्ममा निर्माण भएको यस एसयूभीमा यू–सेपमा एलईडी सिग्नेचर हेडल्याम्प दिइएको छ भने सिक्स–सल्ट–टुटे–ग्रिललगायत थुप्रै फिचरले नयाँ एसयूभीलाई एग्रेसिभ बनाएको छ ।

 

एक्सयूभी–३०० मा थ्री–स्पोक स्टेरिङ्ग ह्वील दिइएको छ । पुस बटम स्टार्ट, १७–इन्च अलोय–ह्वील, प्रोजेक्टर हेडल्याम्प, स्पोइलर, अटोमेटिक हेडल्याम्प, अटोमेटिक वाइपरलगायतका फिचरले यो एसयूभीलाई निकै आकर्षक बनाएको छ ।

 

कम्पनीले यसमा १.५ लिटर फोर–सिलिन्डर डिजेल इन्जिन दिएको छ, जसले १२२.६४ पीएस पावर र ३०० एनएम–टर्क प्रदान गर्नेछ । साथै, एक्स्यूभी–३०० मा १.२ लिटर टर्बो–चार्ज्ड पेट्रोल इन्जिन दिइएको छ । जसले १३५.९६ पीएस पावर उत्पादन गर्नेछ ।

 

हुन्डाई क्यूएक्सआई

हुन्डाईले नयाँ कम्प्याक्ट एसयूभी उत्पादन कोण–नेम ‘क्यूएक्सआई’ सार्वजनिक गर्ने तयारी अन्तिमतिर पुगेको जनाएको छ । कम्पनीले २०१९ को मार्च अन्त्यसम्ममा यसलाई बजारमा उतार्ने योजना बनाएको छ ।

 

कार्लिनो कन्सेप्टमा निर्माण भएको यो एसयूभी निकै आकर्षक डिजाइनमा बनेको कम्पनीले दाबी गरेको छ । यसको फूटस्टेपमा अन्य मोडलहरुको डिजाइन प्रयोग गरिएको छ । हुन्डाईको नयाँ जेनेरेशनको यो मोडल सान्ता–फे र कोनाजस्तै देखिन्छ ।

नयाँ टर्बोचार्ज्ड पेट्रोल इन्जिन र १.४ लिटर डिजेल इन्जिनमा आउने यो कम्प्याक एसयूभीले ब्रेजालाई कडा टक्कर दिने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...