वाइडबडी प्रकरणः उपसमितिको प्रतिवेदन लेख्दा नेकपाका सांसद कहाँ थिए ?



हाम्रो इकोनोमि

 

वाइडवडी विमान खरिद प्रकरण पेचिलो बन्दै जाँदा समर्थन र बिरोधमा अनेक तर्क वितर्क भैरहेका छन । यस प्रकरणमा अख्तियारले अनुसन्धान गरेर मुद्दा नै दर्ता गर्ने बेलासम्ममै धेरै भीअाइपी चोखिनेमा कुनै शंका छैन् । संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको राजेन्द्रकुमार केसी नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदन नेपाली कांग्रेसको केन्द्रीय कार्यालय वा सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा तयार पारिएको जस्तो भन्ने पनि छन ।

 

 

हुनत् प्रतिवेदनमा उल्लेख भएको भाषा र तर्क हेर्दा त्यसो भएको होइन भन्ने अवस्था पनि छैन । त्यो उपसिमितमा नेकपाका सांसद पनि सदस्य थिए ? तर ती सदस्य कहाँ थिए भन्ने र तीनले के हेरेर बसे भन्ने विषय चाहिँ पेचिलो बनेको छ । यही सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले प्रतिवेदन लेखनको बेलामा पार्टी सांसद कहाँ गएछन भनेर खोजी गरेका छन । एकदमै पूर्वाग्रही ढंगबाट प्रतिवेदन तयार हुँदा नेकपाका सांसद कहाँ थिए त ? यस्तो छ सूर्य थापाको विश्लेषणः.

 

वाइडवडी विमान खरिद प्रकरणकाे अनुसन्धान गर्न सार्वजनिक लेखा समितिअन्तर्गत गठित उपसमितिकाे प्रतिवेदन पढिसक्दा साेध्न मन लाग्याे- याे उपसमितिकाे प्रतिवेदन हाे कि संयाेजक राजेन्द्रकुमार केसीकाे व्यक्तिगत ? ठहर र निष्कर्षका पाँच बुँदा (पृष्ठ २६ र २७) मा प्रयुक्त शब्द, वाक्य गठन र भाषा एवम् जाेड र काेणले यसरी साेच्न बाध्य पार्दारहेछन् ।

 

उपसमितिमा रहेका नेकपाका सदस्यहरूलाई फ्रान्स भ्रमणमा पठाएर यस्ताे प्रतिवेदन तयार पारिएकाे हाे कि उहाँहरू ताेकिएकै काममा क्रियाशील हुनुहुन्थ्यो ? अथवा काेही पर्यटनमन्त्री हट्ने स्थिति अायाे भने मै पाे मन्त्री भइहाल्न सक्छु भन्ने मनाेदशामा सक्रिय हुनुहुन्थ्यो ?

 

अन्यथा –
१) विमान खरिदकाे निर्णय मन्त्रिपरिषदमा लैजाने व्यक्ति तत्कालीन मन्त्री नैतिक जवाफदेही मात्रै हुने ?,
२) विचाैलिया कम्पनि hi fly x ireland सँग कानुनविपरित संझाैता भएकाे कुरा नजरअन्दाज गरी पहिलाे किस्ता रकम नै पठाएकाे विषयमा पनि तत्कालीन जिम्मेवार मन्त्रीले जिम्मेवारी मात्रै लिनुपर्ने ?
३) तर अन्तिम किस्ता भुक्तानी गर्न अादेश गर्ने तत्कालीन मन्त्रीले “बद्नियतपूर्वक मिलाेमताे गरेकाे देखिँदाँ” प्रचलित कानुनबमाेजिम कारबाही गर्न सिफारिश गर्ने ?

 

यहाँनेर बाघ भनेर टाढैबाट हेर्दा बिरालाे म्याउँ गरेकाेजस्ताे भएकाे छ । उपसमितिमा यहाँनेर राजनीति भएछ र हाकाहाकी काँङग्रेस कराएछ ! नेकपाका सदस्य सांसदहरू या त दिउसै निदाएछन् या संयाेजकसँग मिलेमताे गरेर तथ्यमा पुग्नै चाहेनछन् अथवा यस प्रकरणकाे वास्तविक अध्ययन अनुसन्धान र निष्कर्षमा पुग्नेभन्दा सरकारमाथि प्रहार र राजनीतिकरणकाे अस्त्र बनाउन उद्यत संयाेजककाे प्रपंचमा बेखबर भई सहभागी बनेछन् ?

 

जहाज लिने, विचाैलिया राेज्ने, पहिलाे किस्ता पठाउने र डुंगामा बसेर नदीकाे मझधारसमेत पार गर्नेहरुलाई उन्मुक्तिकाे भाषा र अाशय, किनभने उहाँहरू दुबैजना नेपाली काँङग्रेसमा हुनुहुन्छ, अनि मझदार पार गरेपछि डुंगा दुर्घटनामा नपारी पल्लाे किनारमा सकुशल उतार्ने बहालवाला (कम्युनिष्ट) मन्त्रीले सारा दाेष खेपेर कारबाही पाे भाेग्नुपर्ने ?

 

८ अर्ब रकम विचाैलियालाई दिइसकेकाे अवस्थामा बनेकाे नयाँ मन्त्रीले बाँकी रकम नपठाई राेकेकाे भए दुईवटै जहाज अाउने नै थिएनन् । अनि – एक्लै दाेष बाँकी रकम नपठाउने मन्त्रीलाई मात्रै थाेपरिने निश्चित हुन्थ्याे ।

 

यसमा अघिल्ला दुई जिम्मेवारलाई ८० र पछिल्लालाई २० प्रतिशत हिस्सा जवाफदेही बनाएकाे भए, मिडियाकाे बुम फालेर झर्किएकाे र संसदीय समितिमा झूठ बाेलेबापत १० प्रतिशत थप गरेर पनि ७०: ३० प्रतिशत हिस्सा जपाफदेही बनाउने गरी सिफारिश गरेकाेसम्म भए उचित हुन्थ्यो हाेला !

 

यसमा अन्तिम किस्ता पठाउँदा हाेइन, १००० घण्टा उडिसकेकाे, १२ टन ताैल कम रहेकाे सेकेण्डह्याण्ड जहाज प्रचलित कानुन र सार्वजनिक खरिद ऐनविपरित खरिद गर्न विचाैलिया खाेज्ने, संझाैता गर्ने र अर्बाै रकम पठाउनेहरूकाे मिलेमताे र बदनियत स्पष्ट देखिन्छ । यस सन्दर्भमा सार्वजनिक लेखा समितिकाे ध्यानाकर्षण हुनु अावश्यक देखिन्छ ।

 

बहालवाला मन्त्रीकाे त मिडियासँग रिसाएर प्रस्तुत हुने, संसदीय समितिमा झुठमुठ बाेल्ने, विषयकाे गहिराइमा पुग्न नचाहने, जसरी हुन्छ २ वटा जहाज छिटाे ल्याएर एक सय दिनकाे उपलब्धिमा देखाउने माेह र भावुकताले बढी काम गरेकाे स्पष्ट छ । कंसाकारकाे चक्रब्यूह ताेडेर नयाँ जहाज ल्याउनुपर्ने र सेकेण्डह्याण्ड खरिदकाे विचाैलिया दलदलबाट उम्किनसम्म नखाेज्नु वा प्रयासै नगर्नु उहाँबाट गरिएकाे अपेक्षाविपरित कामचाहिँ भएकाे छ । याे बदनियत र मिलेमताे हाेइन कि ?

 

छानविनलाई सहयाेग पुग्ने गरि लेखा समितिकाे अन्तिम निर्णयपश्चात् मन्त्री पदबाट राजीनामा दिन, अाफ्नै पूर्व घाेषणा कार्यान्वयन गरि राजनीतिबाट सन्यास लिन र विभागीय मन्त्रीकाे हैसियतमा नैतिक जिम्मेवारीबाेध गर्न त मन्त्रीकाे स्वविवेक र स्वतन्त्र निर्णय गर्ने अधिकार सुरक्षित नै छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...