वाइडबडी प्रकरणको नालीबेली – यस्तो छ बहालवाला मन्त्री र दुई पूर्वमन्त्रीको पृष्ठभूमि



 

 नेपाल वायुसेवा निगमका लागि वाइडबडी विमान खरिदमा अनियमितता भएको ठहर गर्दै स‌ंसद्को सार्वजनिक लेखा समितअन्तर्गत गठित छानबिन उपसमितिले बहालवाला मन्त्री र दुई पूर्वमन्त्री समेतलाई कारवाहीको सिफारिस गरेको छ ।

अनियमिततामा बहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी तथा पूर्वमन्त्रीद्वय जितेन्द्रनारायण देव र जीवनबहादुर शाहीको संलग्नता देखिएको उपसमितिको ठहर छ ।

 

‘महालेखा परीक्षकको ५५औं वार्षिक प्रतिवेदनमा विमान खरिद प्रक्रिया कानूनसम्मत् नभएको प्रष्ट उल्लेख हुँदाहुँदै मन्त्री अधिकारीले छानबिन नगरी जानीजानी अन्तिम किस्ता रकम भुक्तानी गर्न आदेश दिएको तथा समितिमा आएर महालेखासँगको परामर्शमा रकम भुक्तानी दिएको भनी ढाँटेको उपसमितिको ठहर छ ।

 

‘रकम भुक्तानी गर्न बदनीयतपूर्वक मिलेमतो गरेको देखिँदा जिम्मेवारीबाट पन्छिन नमिल्ने देखिँदा प्रचलित कानूनबमोजिम कारवाही गर्न निर्देशन दिन समितिलाई सिफारिस गर्दछौं,’ प्रतिवेदनमा भनिएको छ ।नेपाली कांग्रेसका सांसद् राजेन्द्र केसी संयोजकत्वको उपसमितिले बुधवार समितिमा बुझाएको ५२ पेज लामो प्रतिवेदनमा पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई पनि कारवाहीको सिफारिस गरेको छ ।

 

दुवैले अनियमितताको नैतिक जिम्मेवारी लिनुपर्ने देखिएको भन्दै उपसमितिले उनीहरूलाई पनि कानूनसम्मत् कारवाहीका लागि निर्देशन दिन सिफारिस गरेको छ ।निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मुख्य दोषी ठहर्‍याइएको प्रतिवेदनमा विमान खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार भएको उल्लेख छ ।

 

यस्तो छ बहालवाला र पूर्वमन्त्रीको पृष्ठभूमि

रविन्द्र अधिकारी प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारका बहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री हुन् । २०६४ सालयताका तीनवटै निर्वाचनमा अधिकारी कास्कीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । अधिकारी २०६५ देखि ०६८ सम्म लेखा समितिको सदस्य थिए । २०७० सालको संविधानसभा निर्वाचनपछि उनी संसदको विकास समितिको सभापति बनेका थिए ।

 

यस्तै विगतमा नेकपा एमालेको राजनीति गरेका जितेन्द्रदेव मधेश आन्दोलनपछि तत्कालीन मधेशी जनअधिकार फोरममा लागेका थिए । फोरम फुटेपछि उनी विजयकुमार गच्छदारको लोकतान्त्रिक फोरममा सामेल भए । शेरबहादुर देउवा नेतृत्वको पूर्वबर्ती सरकारमा देव पर्यटन मन्त्री थिए । गच्छदारको पार्टी कांग्रेसमा समायोजनपछि देव पनि कांग्रेस प्रवेश गरे । उनी अहिले राष्ट्रियसभा सांसद हुन् ।

 

यसैगरी अमेरिकामा पाइलट पढेका जीवनबहादुर शाही कर्णाली प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता छन् । २०७० सालको चुनावमा हुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद शाही प्रचण्ड प्रधानमन्त्री रहेको समयमा पर्यटनमन्त्री थिए ।

 

रविन्द्र अधिकारीको मन्त्रीपद खोस्दै प्रधानमन्त्री ओली, यी हुन् नयाँ पर्यटनमन्त्री

नेपाल वायुसेवा निगमका लागि किनिएको दुुईवटा वाईडबडी जहाजमा घोटाला गरेका संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री रविन्द्र अधिकारी बर्खास्तीमा पर्ने भएका छन । (ने.क.पा.) का अध्यक्ष एवं प्रधानमन्त्री के.पी शर्मा ओलीले अधिकारीलाई मन्त्रीपदबाट हटाएर योगेश भट्टराईलाई नियुुक्त गर्न दबाब खेपिरहेको  एक उच्चपदस्थ नेताले जानकारी दिए ।

 

तत्कालीन बाम गठबन्धनलाई भोट माग्न ताप्लेजुङ गएका बेला ओलीले भट्टराईलाई जिताए मन्त्रीपद दिने बताएका थिए । तर उनले ताप्लेजुङका मतदातासामु गरेको प्रतिवद्धता सरकार गठनका बेला बिर्सिएका थिए । (ने.क.पा.) का युवानेता भट्टराई ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन ।

 

वाईडवडी खरिदमा भएको घोटालाबारे अनुसन्धान गर्न संसदको सार्वजनिक लेखा समितिले एक उपसमिति नै गठन गरेको छ । मंगलबार राती अबेरसम्म बसेको उपसमितिको बैठकले ३८ पृष्ठको प्रतिवेदन तयार गर्दै विमान खरिद प्रकरणमा ४ अर्ब २५ करोड रुपैयाँ भ्रष्टाचार भएको उल्लेख गरेको छ ।

 

मन्त्री रविन्द्र अधिकारीसहित सचिव कृष्णप्रसाद देवकोटा, तत्कालीन पर्यटन सचिव प्रेम राइ र शंकर अधिकारी, पूर्वमन्त्री जितेन्द्र नारायण देव र जीवनबहादुर शाहीमाथि कारबाही अघि बढाउन समेत समितिले सिफारिस गरेको छ ।

 

यसैगरी, एनएसीका प्रबन्ध निर्देशक सुगतरत्न कंशाकारलाइ जिम्मेवारीबाट तत्काल निलम्बन गरि कारबाही प्रकृया अघि बढाउन संसदीय उपसमितिले सिफारिस गरेको छ । विमान खरिद घोटालामा कंशाकारको संलग्नताबारे थप अनुसन्धान गर्न उनलाइ अख्तियार पठाइने भएको छ । सांसद राजेन्द्र के.सी. नेतृत्वको उपसमितिले तयार गरेको प्रतिवेदन आज लेखा समितिमा पेश हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्