१६ दिनदेखि बेपत्ता वडाध्यक्ष अझै भेटिएनन्, आफन्तको गुनासो- प्रहरीले चासो दिएन



हाम्रो इकोनोमि

 

१६ दिनदेखि हराइरहेका जनप्रतिनिधिको खोजीमा प्रहरी प्रशासन र सरकारले चासो नदिएको गुनासो आफन्तले गरेका छन् । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ का वडाध्यक्ष ४१ वर्षीय विष्णुप्रसाद भुसाल ( विनोद) गत पुस २ हराएका थिए । लगत्तै आफन्तले प्रहरी प्रशासनलाई खबर गरे पनि उनको अवस्थाबारे केही पत्ता लागेको छैन ।

 

आफन्तले खोजी कार्य तीव्र नभएको भन्दै तदारुकता देखाउन माग गरेका छन् । आफन्तले बुटवलमा पत्रकार सम्मेलन गरी स्थानीयसँगै संघ, प्रदेश तथा प्रहरीसँग खोजीका लागि आग्रह गरेका हुन् । विष्णुका दाजु जीवलाल भुसालले जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले हराएका जनप्रतिनिधिको खोजतलासमा गम्भीरता नदेखाएको गुनासो गरे ।

 

भुसाल पुस २ गते वडा कार्यालयकै मोटरसाइकलमा गोरुसिंगे हिँडेका भुसाल पुस ३ गते साँझबाट सम्पर्कविहीन भएका थिए । पुस ४ गते वडाकै एकजनाले फोन गर्दा भुसालको मोबाइल एक गाडीका चालक सन्तोष भुसालले उठाएका थिए । गाडीचालकले मोबाइल गाडीमा छुटेको तर मान्छे गोरुसिंगेमै ओर्लेको जानकारी गराए पनि त्यसपछिको अवस्थाबारे कुनै जानकारी हुन नसकेको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका प्रमुख डीएसपी नवराज मल्लले बताए ।

 

उनको खोजतलासका लागि सम्बन्धित निकायमा हुलिया र फोटोसहित पत्राचार गरिएको जानकारी पनि उनले दिए ।विष्णुका दाजु जीवलालका अनुसार गाउँमै फर्निचर उद्योगसमेत सञ्चालन गरिरहेका उनको घरपरिवार, साथीभाइ कसैसँग कुनै विवाद, झगडा थिएन । उनी स्थानीय चुनावअघि तत्कालीन माओवादी केन्द्रमा थिए । चुनावका बेला तत्कालीन एमालेमा प्रवेश गरेर जितेका थिए ।

 

राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानन्यायाधीश राणालाई शपथ

 

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश राणालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, सर्वोच्च अदालतका न्यायाधीशलगायतको उपस्थिति रहेको थियो ।

राणालाई मङ्गलबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन गरिएको थियो । उमेरहदका कारण प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले मङ्गलबारबाट अवकाश लिएपछि नेपालको २९औँ प्रधानन्यायाधीशको कार्यभार सम्हाल्ने अवसर राणालाई मिलेको हो ।

पिता युवराजशम्शेर र माता उमा राज्यलक्ष्मीका सन्तानका रुपमा विसं २०१४ मङ्सिर २८ गते काठमाडौँको कालिकास्थानमा उहाँको जन्म भएको थियो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गर्नुभएका राणाले विसं २०३६ मङ्सिर ६ गतेदेखि अधिवक्ताको प्रमाणपत्र प्राप्त गरी विसं २०५२ चैतसम्म कानून व्यवसायीका रुपमा काम गर्नुभयो ।

न्यायपरिषद्को सिफारिशमा विसं २०५३ वैशाखदेखि पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशका रुपमा काम शुरु गर्नुभएका राणाले विसं २०५२ चैतमा अतिरिक्त न्यायाधीशको नियुक्ति लिएर विसं २०६१ चैत ३० स्थायी न्यायाधीशका रुपमा पुनरावेदन अदालतमा र विसं २०६५ असोज ७ गतेदखि विशेष अदालतमा काम गर्नुभयो । त्यसक्रममा पुनरावेदन अदालत दीपायल, राजविराज, बुटवलमा कायममुकायम मुख्य न्यायाधीशको काम गर्ने अवसर पाउनुभएको थियो ।

विसं २०७१ जेठ १३ गते सर्वोच्च अदालतमा स्थायी न्यायाधीशका रुपमा नियुक्त हुनुभएको थियो । उहाँले आजै सर्वोच्च अदालतमा पुगी पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । उहाँको चार वर्षको कार्यकाल रहनेछ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...