सरकारी तलब खाएर सरकारविरुद्ध आन्दोलन गर्ने कर्मचारीलाई डण्डा बर्साउन निर्देशन



 

सरकारी तलव खाएर सरकारबिरुद्ध नै जथाभावी बोल्दै हिड्ने र सिंहदरवारमा ब्यानर बोकि आन्दोलन गर्ने कर्मचारीको अभिलेख राखी कारवाही थाल्न प्रधानमन्त्री केपी शर्मा ओलीले विभागीय मन्त्रीलाई निर्देशन दिएका छन् ।

 

सरकारले कर्मचारी समायोजन बिद्येयक ल्याउने तयारी गरेलगतै राजनीतिक आडमा बसेका कर्मचारीहरुको नेतृत्वमा सिहदरवारभित्रै आन्दोलन चलिरहेको छ । प्रधानमन्त्री कार्यालयदेखि विभिन्न कार्यालयमा उनीहरुले ब्यानर राखेर आन्दोलन गरिरहेका छन् । आन्दोलनलाई सम्वोधन गर्ने कर्मचारी नेताहरुले हैसियत नै विर्सेर सरकारमाथि अराजक अभिब्यक्ति दिन थालेका छन् ।

 

कर्मचारीको रवैयाबाट आक्रोसित बनेका प्रधानमन्त्री ओलीले खटाएको ठाउँमा नजाने र सरकारबिरद्ध गैरजिम्मेवार अभिब्यक्ति दिने कर्मचारीको अभिलेख राखी कारवाही गर्न निर्देशन दिएका छन् ।
संघीय संसदबाट मंगलबार कर्मचारी समायोजन बिद्येयक स्विकृत भएको छ ।

 

बिद्येयक स्विकृत भएपछि कार्यान्वयनको चरणमा पुगेको छ । तरपनि सिंहदरवारभित्र बर्षाैदेखि राजनीतिक दादागिरी गरिरहेका कर्मचारीहरुको मन शान्त भएको छैन । कुनैपनि कर्मचारीको बृत्ति विकासलाई कहिले पनि नरोकिने प्रतिवद्धता सरकारका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संसदको रोष्टममा प्रतिबद्धता गरिसकेका छन् । समायोजन बिद्येयकले कर्मचारीको बृत्ति विकास रोक्ने भन्दै कर्मचारीहरुले निषेधित क्षेत्र सिंहदरवारभित्रै आन्दोलन गरिरहेका छन् ।

 

कर्मचारी आन्दोलनका नाममा कांग्रेस नेता गगन थापाले निरन्तर राजनीतिक रोटी सेकिरहेका छन् । दुई तिहाइ सरकारभन्दा स्थायी सरकारभन्दै कर्मचारीका पक्षमा उभिएका छन् । कर्मचारी युनियनका पक्षमा उभिदै आएका थापाको अभिब्यक्तिले कर्मचारीको अभावका सेवा लिन नपाएका लाखौ नागरिकमा असर परिरहेको छ ।

 

मंगलबार कर्मचारी समायोजन बिद्येयक स्विकृत भएलगतै प्रधानमन्त्री ओलीले मन्त्री लालबाबु पण्डितलाई बालुवाटार बोलाएका थिए । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राखी उनले गैरकानुनी कार्य गर्ने कर्मचारीलाई कारवाहीको निर्देशन दिएका हुन् ।

 

प्रधानमन्त्री र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारबिरुद्ध अभिब्यक्ति दिने कर्मचारीलाई कारवाही गर्न निर्देशन दिएलगतै मन्त्री पण्डित मन्त्रालय पुगेका थिए । उनले उच्च तहका कर्मचारीसँग कारवाहीको तयारी थाल्न निर्देशन दिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आन्दोलनका नाममा सरकारबिरुद्ध जथाभावि बोल्ने कर्मचारीको रेकर्ड यसअघि देखि नै राखेको थियो । ब्यानर बोक्ने र सरकारबिरुद्ध गैरजिम्मेवार अभिब्यक्ति दिने कर्मचारीलाई कारवाहीको डण्डा बर्सिने भएको छ ।

 

प्रतिनिधिसभा बैठक : कर्मचारी समायोजन अध्यादेश पास

प्रतिनिधिसभाले सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश २०७५ लाई पास गरेको छ ।  मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले कर्मचारी समायोजन अध्यादेश २०७५ लाई बहुमतले पास गरेको हो ।

 

यसअघि सांसद प्रेम सुवाल र गगनकुमार थापाले कर्मचारी समायोजन अध्यादेश अस्वीकार गरियोस् भनी दर्ता गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अध्यादेश स्वीकृतका लागि राखेको प्रस्ताव बहुमतले पास भएको हो ।

 

उनले अध्यादेश पूर्णत संविधानतः आएको दाबी गर्दै राष्ट्रसेवक कर्मचारीको बृद्धि विकासलाई कहि पनि बन्द नगरिएको बताए । उनले प्रस्तुती र अन्तरवस्तुका दृष्टिले अध्यादेशमाथि शंका गरिरहनु पर्ने अवस्था नरहेको जिकिर गरे ।

 

त्यसअघि अध्यादेशमाथि विरोधको सुचना दर्ता गराएका सांसद गगन थापाले बोल्दै छुट्टै पहिचान बोकेका केही विशिष्ट कर्मचारीको स्वार्थबाट प्रभावित भएर अध्यादेश ल्याईएको भन्दै फिर्ता लिन माग गरे । उनले अध्यादेश प्रस्तुत गर्ने तरिकामा मात्रै नभएर अध्यादेश भित्रका प्रावधानमा पनि समस्या देखिएको दावी गरे ।

 

कर्मचारी पठाएको ठाउमा जानैपर्छ तर सरकारले सबै कुरा मनोमानी ढंगले गर्न नपाउने जिकिर उनले गरे । उनले संविधान विपरित सरकारले स्वेच्छाचारी र विभेदकारी ढंगले अध्यादेश ल्याएको दाबी गरे ।

उनले भने, ‘निजामति सेवा ऐन २०५९ अनुसार कुनै पनि निजामति कर्मचारीको सेवा सर्तमा कुनै प्रकारको प्रतिकुल असर पर्ने भएमा लिखित रुपमा उनीहरुको मञ्जुरी लिनुपर्छ ।

 

अहिले गर्न खोजिएको सेवा सर्त बदल्ने कुरा हो त्यसैले यो स्वेच्छाचारी छ । विभेदकारी छ । किनकि समान सेवा समान सर्त भएको ठाउमा कोही श्रेणीगत कोही तहगत कोही तलमात्रै बस्नुपर्ने कोही माथि मात्रै ।’ उनले संघीयताको मर्म प्रतिकुल ल्याईएको अध्यादेशले कर्मचारीलाई थिलो थिलो र कम प्रभावकारी बनाउने काम गरेको टिप्पणी गरे ।

 

उनले भने, ‘कुनै बेलामा माननीय मन्त्रीले कर्मचारीलाई थाङ्गने भनेको सम्झन्छु । यी थाङ्गनेहरुनै हुन् । यी कारिन्दा हुन् मैले पठाएर नजाने ? भन्ने ढंगले सोच्नुभएको हो भने यो सरकार र हामी सबैका निम्ति प्रत्युत्पादक हुन्छ ।’

 

उनले अध्यादेश फिर्ता लिई संघिय निजामति सेवा ऐन बनाउन सरकारलाई सुझाव दिए ।  उनले भने, ‘बलियो राजननेता नभएर देश नबनेको भन्ने ठान्नुभएको छ भने सम्माननिय प्रधानमन्त्री ज्यु धारणा बदल्नुहोस् । यहाँ समस्या व्यक्तिको होइन, समस्या इन्सिट्युसनको हो ।’

 

सरकारका निकायलाई बलियो र प्रभावकारी बनाउन आफुहरुले आग्रह गरेको उनले स्पष्ट पारे ।  उनले लोक सेवा ऐन बनाउँदै गर्दा सरकारले आयोगलाई सरकार मातहतको विभाग बनाउन खोजेको आरोप पनि लगाए ।

 

उनले भने, ‘सरकार लोकसेवा आयोगलाई अब सरकारको एउटा विभाग बनाउन खोज्दैछ । यसरी भएका सबै संस्थालाई मारेर शान्ति सम्बृद्धि ल्याउँछु भन्ने सरकारले सोचेको हो भने केबल एउटै कुरा भन्न सकिन्छ । रामराम रामराम रामराम ?’

सांसद प्रेम सुवाल र गगनकुमार थापाले कर्मचारी समायोजन अध्यादेश २०७५ माथि विरोधको सुचना दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
पाथीभरा दर्शन केवलकार निर्माण शिलान्यास कार्यक्रममा झडप

    ताप्लेजुङको फुङ्लिङ नगरपालिका- १० काफ्लेपाटीमा स्थानीयबीच झडप भैरहेको छ । पाथीभरा

म आफैं अदालत उपस्थित हुन्छु : मनाङे

    गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्च अदालतवाट

ऊर्जा राज्यमन्त्री तामाङ कै कम्पनी कालोसूचीमा

    प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन

हेटौंडा १२ मा एमालेका उम्मेदवार राजेश नगरकोटीले जित्ने बजार हल्ला

     निर्वाचन आयोगले रिक्त स्थानमा मंसीर १६ गते उपनिर्वाचन गर्ने तयारी थालेपछि