ठगी ५७ करोड, धरौटी चार लाख, फिल्म निर्मातासहित २० जना फरार 



 

५७ करोड रुपैयाँ बैंकिङ ठगीका आरोपी सामान्य धरौटीमा छुटेका छन् । तत्कालीन किस्ट बैंकका कर्मचारी तथा ऋणीहरूलाई उच्च अदालत पाटनले न्यूनतम धरौटीमा छाड्ने आदेश दिएको हो ।

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकका तत्कालीन कर्मचारी बालनरसिंह घर्ती र प्रगुन श्रेष्ठ तथा ऋणीहरू कुलप्रसाद पोखरेल, प्रमोदकुमार देव र अजयकुमार देवलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । उनीहरू गत साता न्यूनतम धरौटीमा छुटेका हुन् ।

 

घर्तीविरुद्ध ५७ करोड ४४ लाख आठ हजार चार सय ४८ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको थियो । उनी चार लाख धरौटीमा छुटेका छन् । १६ करोड ७४ लाख २० हजार बिगो दाबीसहित मुद्दा दायर गरिएका ऋणी पोखरेल ५ लाख धरौटी राखेर छुटेका छन् । यस्तै, १६ करोड ८२ लाख ६५ हजार बिगो दाबी गरी मुद्दा दायर गरिएका ऋणीहरू प्रमोदकुमार पाँच लाख र अजयकुमार तीन लाख धरौटीमा छुटेका छन् ।

 

किस्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) कमलप्र्रसाद ज्ञवालीको नेतृत्वमा बैंकमा अनियमितता भएको थियो । ज्ञवाली दुई महिनाअघि पक्राउ परेपछि सिआइबीले पुरानो घटनाको अनुसन्धान गरी २६ जनाविरुद्ध मुद्दा चलाएको थियो । तीमध्ये पक्राउ गरी ५७ करोड जरिवाना र १० वर्षसम्म कैद सजायको माग दाबी गरिएको मुद्दाका आरोपीहरू न्यूनतम धरौटीमा छुटेका हुन् ।
फिल्म निर्मातासहित २० जना फरार 
सो अनियमिततामा प्रहरीले २६ जनालाई प्रतिवादी बनाएकोमा २० जना अझै फरार छन् । मुद्दा दायर हुनेमा बैंकका कर्मचारी, ऋणी, जमानीकर्ता र धितो मूल्यांकनकर्ता छन् । तत्कालीन सिइओ कमल ज्ञवाली जेलमै छन् । बैंकका तत्कालीन कम्पनीसचिव बालकुमार पाण्डे तथा कर्मचारीहरू विमल सापकोटा, सुनयन श्रेष्ठविरुद्ध मुद्दा लागेको छ ।

 

गलत मूल्यांकन गर्ने रोशन इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक कोमानन्द अधिकारीलाई पनि प्रतिवादी बनाइएको छ । यसअघिका किस्ट बैंकका कर्जा अनियमिततासम्बन्धी मुद्दामा पनि उनकै संलग्नता थियो ।

 

जमानीकर्ता बसेर कर्जा दुरुपयोग गर्ने मधुसुदन सिलवाल र उनीकी श्रीमती गीता पुरी सिलवालविरुद्ध पनि मुद्दा चलेको छ । एक समयका चर्चित फिल्म निर्माता सिलवाल सिद्धार्थ डेभलपमेन्ट बैंकको अनियमिततामा पनि कमल ज्ञवालीसँगै मुछिएका थिए । त्यस्तै, बैंकका कर्मचारीहरू नन्दराज जोशी, रामधन श्रेष्ठ, ईश्वर गुरुङ, सुमित अर्याल, प्रकाशकुमार सिंह, प्रकाश खतिवडालाई पनि मुद्दा चलाइएको छ । उनीहरू सबै फरार छन् ।

 

 यसरी भएको थियो अनियमितता 
१. श्रेया ट्रेडिङ कन्सर्न, जय शम्भु इन्टरप्राइजेज, रोशन राइस मिल र अशोकप्रभा शीतभण्डारको नाममा अनियमित रूपमा कर्जा प्रवाह भएको थियो । दिनेशकुमार मिश्र, बबिता मिश्र र रूपादेवी भट्ट सञ्चालक रहेको श्रेया ट्रेडिङलाई ०६७ चैतमा पाँच करोड कर्जा प्रवाह भएको थियो । ब्याजसहितको कर्जा नौ करोड ५७ लाख २१ हजार पुगेको थियो । सुनसरीको झुम्कास्थित नौ कट्ठा जग्गा कम्पनीमा रहेको स्टकका आधारमा सो कर्जा प्रवाह भएको थियो ।

 

कर्जाका लागि आसामीहरूको झुटो विवरण पेस भएको छानबिनमा खुलेको थियो । सो जग्गालाई मिलेमतोमा रोशन इन्जिनियरिङ कन्सल्टेन्सीले तीन करोड ३० लाख ७० हजारको मूल्यांकन गरेको थियो । तर, लिलामीको क्रममा अधिकतम ३० लाखको बोलपत्र परेको थियो । श्रेया ट्रेडिङ कन्सर्नका सञ्चालकहरू हाल फरार छन् । केही विदेश पुगिसकेको स्रोत बताउँछ ।

 

२. काभ्रेका ज्ञानप्रसाद बस्ताकोटी सञ्चालक रहेको जय शम्भु इन्टरप्राइजेजलाई नौ करोड ५० लाख रुपैयाँ ओभरड्राफ्टका रूपमा कर्जा दिइएको थियो । ब्याजसहित सो कर्जा १४ करोड ३० लाख पुगेको थियो । सुनसरीको एकम्बामा रहेको जग्गा र दाङको नारायणपुरको जग्गा धितो राखेर सो कर्जा प्रवाह भएको थियो । जग्गाको नौ करोड मूल्यांकन गरिएको थियो । जब कि जग्गाको वास्तविक मूल्यांकनअनुसार ६९ लाख ३९ लाख मात्र मूल्य थियो । मिलेमतोमा ऋण नतिर्ने उद्देश्यले नै कर्जा प्रवाह गरिएको थियो । ऋणी बस्ताकोटी विदेश पुगिसकेका छन् ।

 

३. कुलप्रसाद पोखरेल सञ्चालक रहेको रोशन राइस मिललाई १२ करोड ८० लाख कर्जा प्रवाह भएकोमा ब्यासहित १६ करोड ७४ लाख पुगेको थियो । सो राइस मिलको अत्याधिक मूल्यांकन गरी कर्जा प्रवाह भएको थियो । सबै धितोको वास्तविक मूल्यांकमा ७६ लाख मात्र रहेकोमा करिब १८ करोड मूल्यांकन गरेर कर्जा दिइएको थियो । पक्राउ परेका ऋणी कुलप्रसादले आफ्नो नाममा कर्जा प्रवाह भए पनि कमल ज्ञवाली र उनका साथी मधुसुदन सिलवालले त्यसको प्रयोग गरेको बताएका छन् ।

 

४. प्रमोदकुमार देव, अजयकुमार देव र अशोककुमार देव सञ्चालक रहेको अशोकप्रभा शीतभण्डारलाई ११ करोड ६५ लाख कर्जा प्रवाह भएको थियो । ब्याजसमेत जोडेर पछि १६ करोड ८२ लाख पुगेको थियो । ०६७ असोजमा सो कम्पनीको नाममा कर्जा प्रवाह भएको थियो । जग्गाको मात्र १३ करोड मूल्यांकन गरी कर्जा प्रवाह भएको थियो । पुनः मूल्यांकन गर्दा सो जग्गाको वास्तविक मूल्य दुई करोड ६३ लाख भएको खुलेको थियो ।

 

यी चारैवटा कर्जा तत्कालीन सिइओ ज्ञवाली र बैंकका कर्मचारी मिलेर भएको थियो । कर्जाको अधिकांश रकम कार्यालय समयबाहिर साँझ ७–८ बजेको बीचमा भएको थियो । ज्ञवालीले आफूमातहतका कर्मचारीलाई पदीय प्रभावमा पारी कर्जा प्रवाहमा संलग्न गराएको बैंकको आन्तरिक छानबिन प्रतिवेदनमा उल्लेख छ ।

 

यसअघि पनि ज्ञवालीलाई कर्जा अनियमिततामा अदालतले दुईवटा बैंकिङ मुद्दामा दोषी ठहर गरेको थियो । छानबिन सुरु भएलगत्तै भागेका उनलाई महानगरीय अपराध महाशाखाले दुई महिनाअघि भारतबाट पक्राउ गरी ल्याएको थियो । भारतमा उनी जोगीको भेषमा भेटिएका थिए । उनकै अनियमितताका कारण किस्ट बैंक धराशायी भएपछि प्रभु बैंकले खरिद गरिसकेको छ । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने

रवि लामिछानेको बयान सकियो

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान

रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने

    रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने भएका छन । 

माओवादीका केन्द्रीय सल्लाहकार शर्मा एमालेमा प्रवेश

    विराटनगरका पुराना वाम बुद्धिजीवी तथा प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्मा नेकपा माओवादी