आज पुस १८ गते बुधबारको राशिफल पढौ, माता मनकामनाको दर्शन गर्दे भेटी स्वरुप एक सेयर गरौं



हाम्रो इकोनोमि

 

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सामान्य काममा धन र श्रम खर्चनुपर्ला। समस्याप्रति गम्भीर नबन्दा दुस्ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। बिग्रिएको काम सच्याउन दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मिहिनेतले मात्र काम बन्नेछ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला।

 

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार प्राप्त होला। तारिफयोग्य काम सम्पादन हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह

शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो 

आफ्ना सूचना बाहिरिनाले समस्या आउला। कामप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान्। पेटको खराबीले कमजोर भइनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। उपलब्धिविहीन काममा समय बित्नेछ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे

समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ। आफ्नाले समयमा सहयोग नगर्दा अवसर फुत्किएला। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा दिएको वचनले समेत आफैंलाई अप्ठ्यारो पार्नेछ।

 

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो 

काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्।

 

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते 

आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। बलजफ्ती गर्ने बानीले आफैंलाई अप्ठ्यारोमा पार्न सक्छ। ईर्ष्या गर्नेहरूबाट सजग रहनुपर्ला। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला।

 

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ९

आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउन सक्छन्। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूको करकापले विशेष निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ। तापनि मिहिनेतले पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। आफ्ना कमजोरी बाहिरिन सक्छन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला।

 

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे 

कसमयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।

 

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि 

आयआर्जनका स्रोत बढ्नेछन्। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल(अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द 

गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँटले कीर्तिमानी दिलाउनेछ। साथीभाइको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। व्यापारमा निकै फाइदा हुनेछ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि 

जिम्मेवारी प्राप्त भए पनि तत्काल लाभ नहुन सक्छ। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। धेरै फाइदा नभए पनि भाग्यले केही अवसर थमाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला। अरूको विश्वास गर्दा धोका हुन सक्छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...